Wednesday, August 2, 2023

मलंगवा नगरपालिकाको सबै वडाका पशुहरुमा‘लम्पी स्किन’ विरुद्धको खोप लगाइंदै

 


मलंगवा नगरपालिकाको सबै वडाका पशुहरुमा‘लम्पी स्किन’ विरुद्धको खोप लगाइंदै

  

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १७

      मलंगवा नगरपालिकामा गाईभैसिमा लाग्ने रोग ‘लम्पी स्किन’ (छालामा गिर्खा आउने रोग) विरुद्ध खोप लगाउन थालिएको छ ।

  गाईवस्तुहरु लम्पी स्किन रोगबाट प्रभावित हुन थालेपछि पशु सेवा शाखाको आयोजनामा मलंगवा नगरपालिका अन्तर्गतको १२ वटै वडामा खोप लगाउन शुरु गरेकाे हो ।

   नेपालमा यो रोग २०७७ सालमा सुनसरी जिल्लामा देखा परेको थियो ।यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्‍याल सिँगान बग्ने जस्ता लक्षण देखिने पशु चिकित्सक बताउँछन् ।

   यो महामारीका रुपमा फैलिँदै जाने सम्भावना भएकोले यसलाई निरोगी पशुहरुमा फैलिन नदिन १२ वटै वडामा शिविरको आयोजना गरि  नि:शुल्क रुपमा खोप लगाउन थालेको  नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ।

No comments:

Post a Comment