Friday, December 23, 2022

चक्रघट्टाका युवा युवतीलाई नमुना युवा संसद अभ्यास गराइयो


चक्रघट्टाका युवा युवतीलाई  नमुना युवा संसद अभ्यास गराइयो 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस ८ 

   सर्लाहीको चक्रघट्टा गाउँपालिकामा ४ दिने नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

    चक्रघट्टा गाउँपालिकाले  आयोजना गरेको उक्त  कार्यक्रममा पालिका अन्तर्गतका ९ वटै वडाका ४८ जना युवायुवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई गाउँ सभा कसरी गर्ने, बजेटहरु कसरी बनाउने, युवाका लागि पालिकाले के कस्ता कार्यक्रमहरु गर्ने  भन्ने बारेका प्रशिक्षण दिइएको थियो । सहभागीहरुलाई काठमाडौबाट आएका प्रशिक्षक रंजन पौडेल र रंजना नेपालले प्रशिक्षण दिएका थिए। 

   शुक्रवार भएको समापन कार्यक्रममा पालिका अध्यक्ष कृष्ण कुमार यादव, उपाध्यक्ष मीना देवी राय, प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव, वडाध्यक्ष दिनेश कुमार साह, नागेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

Thursday, December 22, 2022

ग्रामीण नारी उत्थान संघ हरिपुरको वार्षिक समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न ,साडे ६ करोड भन्दा बढी आम्दानी

 

ग्रामीण नारी उत्थान संघ हरिपुरको वार्षिक समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न ,साडे ६ करोड भन्दा बढी आम्दानी



लोकतन्त्र समाचारदाता----

सर्लाही,पुस ७ गते

   सर्लाहीको हरिपुर नगरपालिका वडा न-२ स्थित रहेको ग्रामीण नारी उत्थान संघ(RWUA)को वार्षिक समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    संस्थाका उपाध्यक्ष विष्णु प्रसाद चालिसेको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख  कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा बिहीबार कार्यक्रम सम्पन्न भएको हो।  उक्त कार्यक्रममा संस्थाले विभिन्न परियोजनाहरुबाट एक वर्ष भित्र गरेको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुको साथै आगामी योजना र कार्यक्रम प्रतिको सुझाव संकलन गरेको थियो।

   संस्थाले गत आर्थिक वर्षमा सम्मुन्नति परियोजनाबाट ५ करोड ६३ लाख ४५ हजार २११ रुपैया ६८ पैसा आम्दानी गरेको छ भने ५ करोड ५५ लाख ७४२ रुपैया खर्च भएको छ।त्यसैगरी SIDAपरियोजनाबाट २२ लाख लाख ९४ हजार ५९९ रुपैया ७० पैसा आम्दानी गरेको छ भने २२ लाख १४ हजार १७१ रुपैया खर्च भएको थियो यसैगरी पहुँच परियोजनाबाट संस्थाको ६९ लाख १७ हजार ९०० रुपैया आम्दानी भएको छ भने ६६ लाख ३० हजार ८३४ रुपैया खर्च भएको छ।संस्थाले  २०२२ को डिसेम्बर २१ तारिखसम्म जम्मा ६ करोड ५५ लाख ५७ हजार ७११ रुपैया ३८ पैसा आम्दानी गरेको संस्थाका उपाध्यक्ष चालिसेले जानकारी दिनुभएको छ।

  बिहिवार संस्थाको सभा हलमा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथि पुर्व सांसद एवं संस्थाका सल्लाहकार रामचन्द्र चौधरी ,सहायक  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी,इश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ , शिक्षा शाखा प्रमुख हरि प्रसाद दाहाल तथा ग्रामीण नारी उत्थान संघका प्रतिनिधिहरु,हरिपुर नपा का वडा अध्यक्षहरु,पत्रकार लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    गैर नाफामुलक सामाजिक  विकास उन्मुख संस्थाको रुपमा रहेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै गरीब, महिला,फरक क्षमता भएका व्यक्ति, बालबालिका र बैदेशिक रोजगारमा लागेका यूवाहरुका लागि समेत सचेतनामुलक, आयमुलक, सिपमुलक, क्षमता विकास, सरसफाई, भौतिक पूर्वाधार निर्माण, लैगिंक शिक्षा, प्राथमिक शिक्षा जस्ता कार्यक्रम संचालन गरी समाजीक रुपान्तरण गर्दै आएको उपाध्यक्ष चालिसेले बताउनुभयो। कार्यक्रमको संचालन पत्रकार प्रकाश मैनालीले गरेका थिए।


Wednesday, December 21, 2022

रिषभ डाइग्नोष्टिक सेन्टर / मलंगवा -८ (सर्लाही)

 रिषभ डाइग्नोष्टिक सेन्टर                   मलंगवा -८   (सर्लाही)                                                 यहाँ Thyroid,HIV,HBsAG,सुगर,विर्य, छाला,गर्भ परिक्षण लगायत सम्पूर्ण किसिमको जाँच अत्याधुनिक मेसिन द्वारा गरिन्छ 


       राकेश कुमार यादव           (Medical lab Technology)

    📱9746591558

प्रादेशिक अस्पताल मलंगवा देखि पुर्व तर्फ 

डिसहोममा भारतीय टेलिभिजन ‘स्टार´को ३२ वटा च्यानल बन्द,बक्यौता तिर्न बाँकी

 डिसहोममा भारतीय टेलिभिजन  ‘स्टार´को ३२ वटा च्यानल बन्द,बक्यौता तिर्न बाँकी



लोकतन्त्र समाचारदाता---

काठमाडौ,पुस ६

 लामो समयसम्म बक्यौता नतिरेपछि भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा आफ्ना ३२ वटा च्यानलहरुको सेवा बन्द गरेको छ । 

  लामो समयदेखि बक्यौता नतिरेको र पटक-पटक ताकेता गर्दा समेत  महिनौंदेखिको रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै स्टार टेलिभिजनले पुस ३ गते रातीदेखि डिसहोम बाट स्टार प्याकेजका सबै च्यानलको सेवा बन्द गरिदिएको हो ।

   नेपालमा स्टार प्याकेज अन्तर्गत ३२ वटा च्यानलहरु प्रसारण हुँदै आएका छन् । जसमध्ये स्टार, स्टार स्पोर्टस, स्टार गोल्ड लगायतका च्यानलहरु नेपाली दर्शकमाझ सबैभन्दा लोकप्रिय रहेका छन् ।

   सिग्नल काटिएपछि डिस मिडियाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको छ, जसमा आफूले ३ करोड ६ लाख भारतीय रुपैयां स्टार इण्डिया प्रा.लिलाई भुक्तानी गर्न बांकी रहेको स्वीकार गरेको छ । पुस १५ गते भित्र रकम भुक्तानीको समय मागेको भए पनि विना सूचना सिग्नल काटेर भारतीय टीभी कम्पनीले दादागिरी देखाएको भन्दै विदेशी च्यानललाई गरिने भुक्तानीसम्बन्धी नीति परिवर्तन गर्न  डिसहोमले माग गरेको छ ।

  स्टार र डिस मिडिया नेटवर्कवीच भुक्तानीमात्र नभएर अन्य विषयमा पनि केही समयदेखि विवाद चल्दै आएको बताइन्छ । जसका कारण स्टार लाइन काट्नेसम्मको अवस्थामा पुगेको हो ।नेपालमा स्टारसहित सोनी, कलर्स लगायतका च्यानलहरुको प्याकेज बिक्री हुँदै आएको छ, जसबापत भारतीय च्यानलहरुले वर्षमा अर्बौं रुपैयाँ नेपालबाट लगिरहेका छन् ।

  डिस मिडिया नेटवर्कले यसैवर्षको अन्त्यसम्ममा सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने तयारी गरिरहेको छ । तर, पछिल्ला केही महिनायता बिभिन्न बिदेशी कन्टेन्ट निर्मातासँग उसको भुक्तानीसम्बन्धी बिबाद चर्किरहेको छ ।


पालिका स्तरमा नीतिगत संवाद तथा पैरवी कार्यक्रम सम्पन्न

 


पालिका स्तरमा नीतिगत संवाद तथा पैरवी कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ६

     युरेपियन युनियन र युकेएडको आर्थिक सहयोग तथा भिएसओको नेतृत्वमा कौडेना गाउँपालिका सँगको समन्वयमा जनजागरण युवा क्लब बारा (JJYC)द्वारा संचालित "सहयात्रा"परियोजना अन्तर्गत स्थानीय तहमा गाउँपालिका स्तरमा नीतिगत संवाद तथा पैरवी कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

  शिक्षा क्षेत्रमा नीतिगत सम्वाद तथा पैरवी गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक मनोज यादवले जानकारी दिनुभयो।

  कार्यक्रमका प्रमुख अतिथि एवं कौडेना गाउँपालिकाका उपाध्यक्ष नगीना देवीले JJYC ले संचालन गरेको सहयात्रा परियोजना  प्रभावकारी रहेको र यसका लागि  गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । 

     जनजागरण युवा क्लबका उपाध्यक्ष राजदेव साहको अध्यक्षतामा तथा कौडेना गापाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव र भिएसओ नेपालका जिल्ला परियोजना अधिकृत जगदिप बण्ठाको विशिष्ट अतिथीमा सम्पन्न भएको कार्यक्रममा सो गापा अन्तर्गतका विभिन्न शाखाका शाखा प्रमुख,वडाअध्यक्ष लगायतका अतिथीहरुले आआफ्नो धारणा राखेका थिए।

  मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रमको संचालन प्रेरणाका मंगल साहले गरेका थिए भने विषयवस्तु वारे प्रस्तुतिकरण जनजागरण युवा क्लबका कार्यक्रम व्यवस्थापक मनोज यादवले गरेका थिए ।

युवा समाजसेवी धिरोजको जन्मदिन बालगृहका बालबालिकाहरु सँग

 युवा समाजसेवी धिरोजको जन्मदिन बालगृहका बालबालिकाहरु सँग 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ६

     सर्लाहीका युवा समाजसेवी एवं सरसफाई अभियन्ता धिरोज रायको जन्मदिन बालगृहमा आश्रित बालबालिकाहरुको बिच बितेको छ। 

   रायले मंगलवार परेको आफ्नो जन्मदिनको अवसरमा मलंगवा नगरपालिका वडा न-९ स्थित बालगृहमा आश्रित बालबालिकाहरुलाई मिष्ठान भोजन गराएका छन् ।उनले प्रदेश सांसद कौशल किशोर राय, जिल्ला समन्वय समितीका प्रमुख कौशल किशोर सिंह लगाएतका अतिथीहरुको उपस्थितिमा  एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्मदिन मनाएका हुन्।

   अभिभावक विहिन बालबालिकाहरुलाई एकछाक भएपनि भोजन गराउन पाउँदा आफुलाई सन्तुष्टि मिलेको रायले बताए ।

मलंगवामा जनजागरण युवा क्लब बाराको संवाद तथा पैरवी कार्यक्रम सम्पन्न

 


मलंगवामा जनजागरण युवा क्लब बाराको संवाद तथा पैरवी कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ६

     युरेपियन युनियन र युकेएडको आर्थिक सहयोग तथा भिएसओको नेतृत्वमा मलंगवा नगरपालिका सँगको समन्वयमा जनजागरण युवा क्लब बारा (JJYC)द्वारा संचालित "सहयात्रा"परियोजना अन्तर्गत स्थानीय तहमा पालिका स्तरमा नीतिगत संवाद तथा पैरवी कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

  शिक्षा क्षेत्रमा नीतिगत सम्वाद तथा पैरवी गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक मनोज यादवले जानकारी दिनुभयो।

  मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमको प्रमुख आतिथ्यता, क्लबका उपाध्यक्ष राजदेव साहको अध्यक्षता तथा भिएसओ नेपालका जिल्ला परियोजना अधिकृत जगदिप बण्ठाको विशिष्ट अतिथीमा सम्पन्न भएको कार्यक्रममा मलंगवा नपा अन्तर्गतका विभिन्न शाखाका शाखा प्रमुख,वडाअध्यक्ष लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो।उपस्थित अतिथिहरुले कार्यक्रमको विषयबस्तु माथि  आआफ्नो धारणा राख्दै छलफल गरेका थिए।

  मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रमको संचालन प्रेरणाका मंगल साहले गरेका थिए भने विषयवस्तु वारे प्रस्तुतिकरण जनजागरण युवा क्लबका कार्यक्रम व्यवस्थापक यादवले गरेका थिए ।