Friday, December 23, 2022

चक्रघट्टाका युवा युवतीलाई नमुना युवा संसद अभ्यास गराइयो


चक्रघट्टाका युवा युवतीलाई  नमुना युवा संसद अभ्यास गराइयो 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस ८ 

   सर्लाहीको चक्रघट्टा गाउँपालिकामा ४ दिने नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

    चक्रघट्टा गाउँपालिकाले  आयोजना गरेको उक्त  कार्यक्रममा पालिका अन्तर्गतका ९ वटै वडाका ४८ जना युवायुवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई गाउँ सभा कसरी गर्ने, बजेटहरु कसरी बनाउने, युवाका लागि पालिकाले के कस्ता कार्यक्रमहरु गर्ने  भन्ने बारेका प्रशिक्षण दिइएको थियो । सहभागीहरुलाई काठमाडौबाट आएका प्रशिक्षक रंजन पौडेल र रंजना नेपालले प्रशिक्षण दिएका थिए। 

   शुक्रवार भएको समापन कार्यक्रममा पालिका अध्यक्ष कृष्ण कुमार यादव, उपाध्यक्ष मीना देवी राय, प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव, वडाध्यक्ष दिनेश कुमार साह, नागेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment