Wednesday, December 21, 2022

पालिका स्तरमा नीतिगत संवाद तथा पैरवी कार्यक्रम सम्पन्न

 


पालिका स्तरमा नीतिगत संवाद तथा पैरवी कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ६

     युरेपियन युनियन र युकेएडको आर्थिक सहयोग तथा भिएसओको नेतृत्वमा कौडेना गाउँपालिका सँगको समन्वयमा जनजागरण युवा क्लब बारा (JJYC)द्वारा संचालित "सहयात्रा"परियोजना अन्तर्गत स्थानीय तहमा गाउँपालिका स्तरमा नीतिगत संवाद तथा पैरवी कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

  शिक्षा क्षेत्रमा नीतिगत सम्वाद तथा पैरवी गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक मनोज यादवले जानकारी दिनुभयो।

  कार्यक्रमका प्रमुख अतिथि एवं कौडेना गाउँपालिकाका उपाध्यक्ष नगीना देवीले JJYC ले संचालन गरेको सहयात्रा परियोजना  प्रभावकारी रहेको र यसका लागि  गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । 

     जनजागरण युवा क्लबका उपाध्यक्ष राजदेव साहको अध्यक्षतामा तथा कौडेना गापाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव र भिएसओ नेपालका जिल्ला परियोजना अधिकृत जगदिप बण्ठाको विशिष्ट अतिथीमा सम्पन्न भएको कार्यक्रममा सो गापा अन्तर्गतका विभिन्न शाखाका शाखा प्रमुख,वडाअध्यक्ष लगायतका अतिथीहरुले आआफ्नो धारणा राखेका थिए।

  मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रमको संचालन प्रेरणाका मंगल साहले गरेका थिए भने विषयवस्तु वारे प्रस्तुतिकरण जनजागरण युवा क्लबका कार्यक्रम व्यवस्थापक मनोज यादवले गरेका थिए ।

No comments:

Post a Comment