Wednesday, August 3, 2022
मधेश सरकारद्वारा सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनी उधोग लगायत २३ उद्योग पुरस्कृत
अजिता चौधरी
सर्लाही, साउन १८ । मधेश प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने सर्लाहीको हरिवन नगरपालिकामा रहेका ईन्दुशंकर चिनी उधोग लगायत २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ । मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र अगामी सुधारको कार्यहरू बारे छलफल गर्न आयोजना गरेको औद्योगिक सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार साँझ शुभारम्भ भएको मधेश प्रदेश औद्योगिक सम्मेलनमा प्रदेशमा रोजगार उपलब्ध गराउनुका साथै आर्थिक वृद्धिमा योगदान पुर्याउने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेका छन । रोजगारी, सर्वोत्कृष्ट कर, कृषि र प्रविधिको क्षेत्रमा योगदान पुर्याएका उद्योगहरू लाई पुरस्कृत गर्दै मुख्यमन्त्री राउतले आर्थिक समृद्धिका साथै बेरोजगारी समस्या समाधान मा उद्योग क्षेत्रको योगदानको प्रशंसा गर्नुभयो । पुरस्कृत हुने उद्योगहरूमा त्रीवेणि स्पिनिङ, जय स्पिनिङ, एन पि ड्रग्स, गणपति बनस्पति , अन्नपूर्ण भेजेटेबल, नारायणी भेजेटेबल, सुर्या नेपाल , डाबर नेपाल, हिमालयन डिस्टिलरी, मारुती सिमेन्ट, निम्बस ग्रुप, इन्दुशंकर चिनी उद्योग, कुश एग्रो इन्टरप्राइजेज, ओम शिव पेज, हुलास स्टिल, शिबशक्ती म्यानुफेक्चरिङ, आर सि ब्याट्री,महालक्ष्मी सोलमेन्ट एण्ड रिफाइनरी ,वर्ड्लिलङ्क, ईन्टरनेट मार्केटिङ टुडे, जानकी टेक्नोलोजी ,सालिमार ग्रुप, जगदम्बा सिमेन्ट रहेका छन । सीप परियोजनाको सहकार्यमा जारी सम्मेलनमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, बेलायती राजदुत निकोला पोलिट, प्रमुख सचिव कृष्णबहादुर राउत सहित प्रदेशका करिव सय जना उद्योगपतिहरुको सहभागिता रहेको छ । बुधबार सम्म चल्ने सम्मेलनमा आर्थिक वृद्धिका लागि अगामी दिनमा चाल्नुपर्ने कदमहरु बारे समुहगत तथा सामुहिक छलफल गरिने जनाईएको छ ।
Tuesday, August 2, 2022
म्यद थप गर्ने विषयमा कबिलासी नगरपालिकाको मेयर र करार कर्मचारी बिच छलफल
लोकतन्त्र समाचारदाता----
सर्लाही,साउन १७
दुईसाता भन्दा बढी समयदेखि आन्दोलनरत कबिलासी नगरपालिकाका करार सेवाका कर्मचारी र नगर प्रमुख बिच म्याद थप गर्ने विषयलाई लिएर छलफल भएको छ।
स्थानीय सरकार संचालन ऐन २०७४ अन्तर्गत भर्ना भएका करार कर्मचारीहरु म्याद थप गराइदिन भनि माग राखेर सम्बन्धित नगरपालिका, जिल्ला प्रशासन,जिल्ला समन्वय समिति,कर्मचारी मिलन केन्द्र लगायतका निकायहरुमा ज्ञापनपत्र बुझाइ १५ दिनभन्दा बढी समयदेखि नगरपालिकाको कार्यालय अगाडी धर्नामा बस्दै आएका छन् ।धर्नामा बसेको लामो समयसम्म पनि आफुहरुको माग सम्बोधन नभएको धर्नामा बसेका करार कर्मचारीहरुले गुनासो गरेका छन।
यस विषयमा छलफल गर्न भनि नगर प्रमुख ब्रह्मदेव राय तथा नगरपालिकाका कर्मचारीहरुलाई बारम्बार आग्रह गर्दागर्दै बल्ल मंगलबार नगरप्रमुख राय र करार कर्मचारीहरु बिच छलफल भएको मधेश प्रदेशका करार कर्मचारीको संयोजक लाल बाबु रायले बताए ।श्री माहादेब राम सुकेश्वरनाथ बाल्मिकी आश्रममा भएको छलफलमा करार कर्मचारीहरुको मागप्रति नगरप्रमुख राय सकारात्मक देखिएको र उहाँले म्याद थपको सम्बन्धमा चाँडैनै कार्यपालिकाको बैठक बसेेर बिकल्प निकाल्ने बताउनु भएको संयोजक रायले जनाए ।
कार्यपालिकाको बैठकबाट निस्कने निर्णय आफुहरुकै पक्षमा रहने प्रति हामी आशावादी रहेको आन्दोलनरत करार कर्मचारीहरुले बताएका छन्।
उनीहरू साउन १ गतेदेखिनै आन्दोलनमा लागेका हुन।
Monday, August 1, 2022
कर्मचारी मिलन केन्द्र सर्लाहीद्वारा एकैसाथ ४ जना न्यायाधीशहरुको बिदाइ
मनोज यादव---
सर्लाही,साउन १६
सर्लाही जिल्ला अदालतबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख जिल्ला न्यायाधीश ध्रुव कुमार पियासहित ४ जना जिल्ला न्यायाधीशहरूलाई कर्मचारी मिलन केन्द्र सर्लाहीले सोमबार विदाई गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष राम दरेश रायको सभापतित्वमा आयोजना भएको फेरि भेटौँला कार्यक्रम मार्फत प्रमुख जिल्ला न्यायाधीश पियासहित दुर्गा प्रसाद ढुंगेल, विदुर कोइराला र टेकनाथ गौतमलाई विदाई गरिएको हो।
कार्यक्रममा सर्लाही जिल्लाबाट सरुवा भएर जान लाग्नु भएका न्यायाधीशहरूलाई केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले "मायाको चिनो", केन्द्रका अध्यक्ष रायले "गम्छा " र केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले "अविर र माला" लगाएर विदाई गरेका थिए। विदाइ कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको प्रमुख जिल्ला न्यायाधीश पियाले आफ्नो नेतृत्वमा भएको स्थानीय तह निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न गराउन सहयोग पूर्याउने सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी लगायत सबै सर्लाहीबासीमा धन्यवाद व्यक्त गरेका थिए। उहाँले कर्मचारी मिलन केन्द्रको भूमिकाको चर्चा गर्दै केन्द्रले आयोजना गर्दै आएको "फेरी भेटौला" कार्यक्रम प्रसंशनीय रहेको बताउनु हुँदै केन्द्रले आफुहरूकाे विदाई गरेको प्रति आभार व्यक्त गर्नु भएको थियो ।
यसैगरी केन्द्रका संरक्षक एवं प्रजिअ गौतमले माननीय न्यायाधीशज्यूहरूले सर्लाही जिल्ला अदालत मार्फत सम्पादन गर्नु भएका न्यायीक निर्णयको कारण जिल्लामा दण्डहीनता न्यूनीकरण हुँदै गएको बताउनु भयो । उहाँले समाजमा कानूनी राज्यको प्रत्याभूति दिलाउने न्यायपालिका प्रमुख निकाय रहेको स्मरण गराउदै न्यायको प्रतिमुर्ति माननीय न्यायाधीशज्यूहरूलाई विदाई गर्न पाउँदा आफुलाई खुशी लागेको बताउनुभयो । केन्द्रका अध्यक्ष रायले बिदाइ भएर जान लाग्नु भएका न्यायाधीशहरुले न्यायको क्षेत्रमा खेल्नुभएको भूमिका सराहनीय रहेको बताउँदै बसाइकाे क्रममा भएका राम्रा कुराहरू लिएर जान तथा कार्य सम्पादनको क्रममा दु:ख लागेका कुराहरू विर्सिदिन न्यायाधीशहरु सँग आग्रह गर्नु भएको थियो।
केन्द्रका सचिव सुनिल कुशवाहाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा प्रमुख सेनानी अभिषेक कार्की, सहायक प्रजिअ हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खानिया, उप-अनुसंधान निर्देशक चन्दन कुमार झा, जिल्ला न्याधिवक्ता ऋषिनाथ निरौला, वरिष्ठ उपाध्यक्ष सुबेदी,सदस्यहरु जितेन्द्र किशोर गुप्ता, डा. नन्दकिशोर कुशवाहा, राजकुमार थापा, ई.शत्रुधन कुमार यादव, कमलेश कुमार यादव, प्रशासकीय अधिकृत कामेश्वर यादव, क.अ प्रविण कुमार झा , क.अ मुकेश कुमार यादव, रामबाबु यादव लगायतको उपस्थिति रहेको थियोे ।
सर्लाहीका दुई पालिका इश्वरपुर र चन्द्रनगरका सुकुम्बासीले पाउने भए जग्गा
मनोज यादव---
सर्लाही,साउन १६
सर्लाहीका दुई पालिका इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका जनताहरुले लालपुर्जा पाउने भएका छन् ।
राष्ट्रिय भूमी आयोग सर्लाही अध्यक्ष चन्द्र प्रसाद वाग्ले र आयोगका प्रवक्ता मदन बहादुर बिश्वकर्मालाई स्वागत तथा सम्मान गर्न इश्वरपुर नगरपालिकामा आज(सोमबार)आयोजना भएको कार्यक्रममा इश्वरपुरका मेयर मनोज आचार्य र चन्द्रनगर गापा अध्यक्ष राजकुमार महतोले यसै आर्थिक वर्ष भित्र भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका जनताहरुलाई यथाशीघ्र जग्गा प्राप्त गर्ने गरि आयोगका अध्यक्ष वाग्लेसँग योजना निर्माण गर्ने सहमती गरेका छन्।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष वाग्लेले स्थानीय तहले बनाएको योजनालाई उपलब्धीमुलक बनाउन र तय गरेको समय सिमा भित्र जग्गा वितरणको कार्य सम्पन्न गर्न आयोगको तर्फबाट सक्दो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गर्मीले आकुलब्याकुल भएका मानिसहरुलाई पानी परेपछि राहत,किसानहरु पनि रोपाइमा व्यस्त
अजिता चौधरी---
सर्लाही,साउन १६
वर्षातको मौसम अर्थात साउन महिना सुरु भएको पहिलो हप्ता पनि राम्रो वर्षा नहुँदा बढेको गर्मीबाट आकुलब्याकुल भएका सर्लाहीबासीहरुलाई दोस्रो हप्ताको सुरुवात सँगै हुन थालेको वर्षाले राहत दिएको छ ।
आकाशे पानीको भरमा खेती गर्ने किसानहरुलाई पनि यसले ठुलो राहत दिएको छ। विगत दुई-तिन देखी सर्लाहीसहित छिमेकी महोत्तरी र धनुषा जिल्लामा पानी परिरहेको छ।
असार साउनको रोपाई गर्ने सिजनमा पानी नपर्दा धान रोप्न नपाएका किसानहरु अहिले धमाधम रोपाइँ गर्न थालेका छन् ।असारको दोस्रो हप्तामै रोपाई गरिसकेका किसानको धान पानीको अभावमा लगभग पुरै सुकिसकेका थिए भने खेतहरुमा चिरा समेत परिसकेका थिए।अब आएर परेको पानीले रोपिसकेको धानलाई मर्नबाट बचाएको सर्लाहीका एक किसानले बताए । सर्लाहीमा यसपालि राम्ररी वर्षा नहुँदा अपेक्षित धान रोपाइँ हुन नसकेको किसानहरुको भनाई छ ।
२ लाख भन्दा बढी रकमसहित ७ जना जुवाडे पक्राउ
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन १६
प्रहरीले सर्लाहीको बागमती नगरपालिका वडा न-३,धरहरा स्थित एक होटलबाट १ महिलासहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बागमती-३ धरहरा बस्ने ३० वर्षीया जमुना मोक्तान ,सोही ठाउँ बस्ने वर्ष ३५ को सन्चर सिंह घिसिङ्ग,३२ वर्षीय प्रेम बहादुर वाईवा,सोही पालिकाको वडा न-११ बस्ने ३४ वर्षीय मणिलाल बोम्जन,सोही वडा बस्ने ४२ वर्षीय मनोज कुमार थिङ,४५ वर्षीय जगत स्याङ्ताङ र पनोज कुमार थिङ रहेका छन् ।
सातैजनालाई आइतवार साँझ ६ बजेको समयमा विशेष सुराकीको आधारमा गएका प्रहरी टोलीले घरहरा स्थित घिसिङ होटेलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।
उनीहरुको साथबाट २ लाख १४ हजार ९७० रुपैयाँ, १६ थान कौडा, १ बुक तास र ५ थान मोबाइल समेत बरामद गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Posts (Atom)










.jpeg)