Tuesday, August 2, 2022

म्यद थप गर्ने विषयमा कबिलासी नगरपालिकाको मेयर र करार कर्मचारी बिच छलफल



लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन १७

  दुईसाता भन्दा बढी समयदेखि आन्दोलनरत कबिलासी नगरपालिकाका करार सेवाका कर्मचारी र नगर प्रमुख बिच म्याद थप गर्ने विषयलाई लिएर छलफल भएको छ।

     स्थानीय सरकार संचालन ऐन २०७४ अन्तर्गत भर्ना भएका करार कर्मचारीहरु म्याद थप गराइदिन भनि माग राखेर सम्बन्धित नगरपालिका, जिल्ला प्रशासन,जिल्ला समन्वय समिति,कर्मचारी मिलन केन्द्र  लगायतका निकायहरुमा ज्ञापनपत्र बुझाइ १५ दिनभन्दा बढी समयदेखि नगरपालिकाको कार्यालय अगाडी धर्नामा बस्दै आएका छन् ।धर्नामा बसेको लामो समयसम्म पनि आफुहरुको माग सम्बोधन नभएको धर्नामा बसेका करार कर्मचारीहरुले गुनासो गरेका छन।

   यस विषयमा छलफल गर्न भनि नगर प्रमुख ब्रह्मदेव राय तथा  नगरपालिकाका कर्मचारीहरुलाई बारम्बार आग्रह गर्दागर्दै बल्ल मंगलबार नगरप्रमुख राय र करार कर्मचारीहरु बिच छलफल भएको मधेश प्रदेशका करार कर्मचारीको संयोजक लाल बाबु रायले बताए ।श्री माहादेब राम सुकेश्वरनाथ बाल्मिकी आश्रममा भएको छलफलमा करार कर्मचारीहरुको मागप्रति  नगरप्रमुख राय सकारात्मक देखिएको र उहाँले म्याद थपको सम्बन्धमा चाँडैनै कार्यपालिकाको बैठक बसेेर बिकल्प निकाल्ने बताउनु भएको संयोजक रायले जनाए ।

    कार्यपालिकाको बैठकबाट निस्कने निर्णय आफुहरुकै पक्षमा रहने प्रति हामी आशावादी रहेको आन्दोलनरत करार कर्मचारीहरुले बताएका छन्।

    उनीहरू साउन १ गतेदेखिनै आन्दोलनमा लागेका हुन।

No comments:

Post a Comment