Monday, August 1, 2022

२ लाख भन्दा बढी रकमसहित ७ जना जुवाडे पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १६

     प्रहरीले  सर्लाहीको बागमती नगरपालिका वडा न-३,धरहरा स्थित एक होटलबाट १ महिलासहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बागमती-३ धरहरा बस्ने ३० वर्षीया  जमुना मोक्तान ,सोही ठाउँ बस्ने वर्ष ३५ को सन्चर सिंह घिसिङ्ग,३२ वर्षीय प्रेम बहादुर वाईवा,सोही पालिकाको वडा न-११ बस्ने ३४ वर्षीय मणिलाल बोम्जन,सोही वडा बस्ने ४२ वर्षीय मनोज कुमार थिङ,४५ वर्षीय जगत स्याङ्ताङ र पनोज कुमार थिङ रहेका छन् ।

   सातैजनालाई आइतवार साँझ ६ बजेको समयमा विशेष सुराकीको आधारमा गएका प्रहरी टोलीले घरहरा स्थित घिसिङ होटेलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।

    उनीहरुको साथबाट २ लाख १४ हजार ९७० रुपैयाँ, १६ थान कौडा, १ बुक तास र ५ थान मोबाइल समेत  बरामद गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment