Monday, August 1, 2022

कर्मचारी मिलन केन्द्र सर्लाहीद्वारा एकैसाथ ४ जना न्यायाधीशहरुको बिदाइ





मनोज यादव---

सर्लाही,साउन १६

    सर्लाही जिल्ला अदालतबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख जिल्ला न्यायाधीश ध्रुव कुमार पियासहित ४ जना  जिल्ला न्यायाधीशहरूलाई  कर्मचारी मिलन केन्द्र सर्लाहीले सोमबार विदाई गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयको सभाहलमा कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष राम दरेश रायको सभापतित्वमा आयोजना भएको फेरि भेटौँला कार्यक्रम मार्फत प्रमुख जिल्ला न्यायाधीश पियासहित दुर्गा प्रसाद ढुंगेल, विदुर कोइराला र टेकनाथ गौतमलाई विदाई गरिएको हो।

   कार्यक्रममा सर्लाही जिल्लाबाट सरुवा भएर जान लाग्नु भएका न्यायाधीशहरूलाई केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले "मायाको चिनो", केन्द्रका अध्यक्ष रायले "गम्छा " र केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले "अविर र माला" लगाएर विदाई गरेका थिए। विदाइ कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको प्रमुख जिल्ला न्यायाधीश पियाले आफ्नो नेतृत्वमा भएको स्थानीय तह निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न गराउन सहयोग पूर्याउने सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी लगायत सबै सर्लाहीबासीमा धन्यवाद व्यक्त गरेका थिए। उहाँले कर्मचारी मिलन केन्द्रको भूमिकाको चर्चा गर्दै केन्द्रले आयोजना गर्दै आएको "फेरी भेटौला" कार्यक्रम प्रसंशनीय रहेको बताउनु हुँदै केन्द्रले आफुहरूकाे विदाई गरेको प्रति आभार व्यक्त गर्नु भएको थियो ।

    यसैगरी केन्द्रका संरक्षक एवं प्रजिअ गौतमले माननीय न्यायाधीशज्यूहरूले सर्लाही जिल्ला अदालत मार्फत सम्पादन गर्नु भएका न्यायीक निर्णयको कारण जिल्लामा दण्डहीनता न्यूनीकरण हुँदै गएको बताउनु भयो । उहाँले समाजमा कानूनी राज्यको प्रत्याभूति दिलाउने न्यायपालिका प्रमुख निकाय रहेको  स्मरण गराउदै न्यायको प्रतिमुर्ति माननीय न्यायाधीशज्यूहरूलाई विदाई गर्न पाउँदा आफुलाई खुशी लागेको बताउनुभयो । केन्द्रका अध्यक्ष रायले बिदाइ भएर जान लाग्नु भएका न्यायाधीशहरुले  न्यायको क्षेत्रमा खेल्नुभएको भूमिका सराहनीय रहेको बताउँदै  बसाइकाे क्रममा भएका राम्रा कुराहरू लिएर जान तथा कार्य सम्पादनको क्रममा  दु:ख लागेका कुराहरू विर्सिदिन न्यायाधीशहरु सँग आग्रह गर्नु भएको थियो।

   केन्द्रका सचिव सुनिल कुशवाहाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।

   कार्यक्रममा  प्रमुख सेनानी अभिषेक कार्की, सहायक प्रजिअ हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खानिया, उप-अनुसंधान निर्देशक चन्दन कुमार झा, जिल्ला न्याधिवक्ता ऋषिनाथ निरौला, वरिष्ठ उपाध्यक्ष सुबेदी,सदस्यहरु जितेन्द्र किशोर गुप्ता, डा. नन्दकिशोर कुशवाहा,  राजकुमार थापा,  ई.शत्रुधन कुमार यादव, कमलेश कुमार यादव, प्रशासकीय अधिकृत कामेश्वर यादव, क.अ प्रविण कुमार झा , क.अ मुकेश कुमार यादव, रामबाबु यादव लगायतको उपस्थिति रहेको थियोे ।









No comments:

Post a Comment