Monday, August 1, 2022

सर्लाहीका दुई पालिका इश्वरपुर र चन्द्रनगरका सुकुम्बासीले पाउने भए जग्गा




मनोज यादव---

सर्लाही,साउन १६

   सर्लाहीका दुई पालिका इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका जनताहरुले लालपुर्जा पाउने भएका छन् ।

    राष्ट्रिय भूमी आयोग सर्लाही अध्यक्ष चन्द्र प्रसाद वाग्ले र आयोगका प्रवक्ता मदन बहादुर बिश्वकर्मालाई स्वागत तथा सम्मान गर्न  इश्वरपुर नगरपालिकामा आज(सोमबार)आयोजना भएको कार्यक्रममा इश्वरपुरका मेयर मनोज  आचार्य र चन्द्रनगर गापा अध्यक्ष राजकुमार महतोले यसै आर्थिक वर्ष भित्र भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका जनताहरुलाई यथाशीघ्र जग्गा प्राप्त गर्ने गरि आयोगका अध्यक्ष वाग्लेसँग योजना निर्माण गर्ने सहमती गरेका छन्।

 

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष वाग्लेले स्थानीय तहले बनाएको योजनालाई उपलब्धीमुलक बनाउन र तय गरेको समय सिमा भित्र जग्गा वितरणको कार्य  सम्पन्न गर्न आयोगको तर्फबाट  सक्दो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

No comments:

Post a Comment