Monday, August 1, 2022

गर्मीले आकुलब्याकुल भएका मानिसहरुलाई पानी परेपछि राहत,किसानहरु पनि रोपाइमा व्यस्त




अजिता चौधरी---

सर्लाही,साउन १६

    वर्षातको मौसम अर्थात साउन महिना सुरु भएको पहिलो हप्ता पनि राम्रो वर्षा नहुँदा बढेको गर्मीबाट आकुलब्याकुल भएका सर्लाहीबासीहरुलाई दोस्रो हप्ताको सुरुवात सँगै हुन थालेको वर्षाले राहत दिएको छ ।

  आकाशे पानीको भरमा खेती गर्ने किसानहरुलाई पनि यसले ठुलो राहत दिएको छ। विगत दुई-तिन देखी सर्लाहीसहित छिमेकी महोत्तरी र धनुषा  जिल्लामा पानी परिरहेको छ।

    असार साउनको रोपाई गर्ने सिजनमा पानी  नपर्दा धान रोप्न नपाएका किसानहरु अहिले धमाधम रोपाइँ गर्न थालेका छन् ।असारको दोस्रो हप्तामै रोपाई गरिसकेका किसानको धान पानीको अभावमा लगभग पुरै सुकिसकेका थिए भने खेतहरुमा चिरा समेत परिसकेका थिए।अब आएर परेको पानीले रोपिसकेको धानलाई मर्नबाट बचाएको सर्लाहीका एक किसानले बताए । सर्लाहीमा यसपालि राम्ररी वर्षा नहुँदा अपेक्षित धान रोपाइँ हुन नसकेको किसानहरुको भनाई छ ।


No comments:

Post a Comment