Wednesday, November 13, 2024
इन्सान प्रावि भाँडसरका २ सय विद्यार्थीलाई विद्यालय पोसाकको कपडा वितरण
लोकतन्त्र समाचारदाता---
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर -५ भाँडसर स्थित इन्सान प्राथमिक विद्यालयका २ सय विद्यार्थीहरुलाई विद्यालय पोशाकको लागि कपडा वितरण गरिएको छ। भाँडसर निवासी युवा सामाजिक अभियन्ता मनिष कुमार यादवको आयोजनामा उक्त विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका २ सय विद्यार्थीहरुलाई विद्यालय पोशाकको लागि एक-एक जोड कपडा वितरण गरिएको हो । स्थानीय अन्जनी खिडहरीका छोरा मनिष यादवको निजीआर्थिक सहयोगमा उक्त विद्यालयमा अध्यनरत सबै समुदाय तथा वर्गका विधार्थीहरुलाई कपडा वितरण गरिएको विद्यालयका प्राधानाध्यापक जय प्रकाश रजकले बताए।
Sunday, September 8, 2024
प्रादेशिक अस्पताल मलंगवा प्रकरण
प्रादेशिक अस्पताल मलंगवा प्रकरण
तलब सरकारको काम निजी
विद्यानन्द राय----
सर्लाही,भदौ २३
प्रादेशिक अस्पताल मलंगवाका डाक्टरहरु सरकारी तलब खाएर आफ्नो निजी क्लिनिकमा बिरामी पठाएर उपचारको नाममा ती बिरामीहरुबाट मोटो रकम असुल्ने गरेको गुनासोहरु आएको छ।
प्रादेशिक अस्पताल मलंगवाका जेनरल सर्जन डा.शिवराज साह र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रोशन साहले सरकारी अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई आफैले संचालन गरेको निजी क्लिनिकमा उपचार गराए छिट्टै गरिदिने भन्दै बिरामीलाई आफ्नो क्लिनिकमा पठाएर उपचारको नाममा मोटो रकम असुल्ने गरेको बरहथवाबाट मलंगवा स्थित प्रादेशिक अस्पतालमा छोराको उपचारका लागि आएका पुरुषोत्तम यादवले बताए । उनले छोराको सम्पूर्ण जाँच एक्स रे,भिडियो एक्स रे,प्याथोलोजी लगायतका जाँचहरु सरकारी अस्पतालमै गराई सके पश्चात डाक्टरले छोराको अपरेशन गर्नुपर्छ भनेर अस्पताल बाहिरको आफ्नै निजी क्लिनिकमा पठाएको बताए।
सरकारी अस्पतालमा माइनर अपरेसनको २ हजार रुपैयाँ मात्र लाग्ने गरेको छ।तर निजी क्लिनिकले भने सोही अपरेशनको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरेको मलंगवाका अर्का एक बिरामीका आफन्तले बताएका छन् ।डाक्टर साह द्वय आलोपालो गरि १/२ घण्टाको समय मिलाएर निजी क्लिनिकमा जाने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । डाक्टर साह द्वय दुवैजना करार सेवामा कार्यरत डाक्टरहरु हुन्।
उनीहरू सरकारी अस्पतालमा आउने बिरामीहरुलाई आफ्नो निजी क्लिनिकमा पठाएर बिरामीहरुको चाप बढाएका छन् । उनीहरु बिरामीको अपरेसनमा लाग्ने औषधिको पैसा बिरामीसँग असुल्ने तर आवश्यक पर्ने औषधिहरु अस्पतालनाटै लाने गरेका छन् ।
यस विषयमा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवल किशोर झासँग सम्पर्क गर्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन।
Saturday, August 31, 2024
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पुरानो घर निलाम बिक्री सम्बन्धि ७ दिने सार्वजनिक सूचना ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पुरानो घर निलाम बिक्री सम्बन्धि ७ दिने सार्वजनिक सूचना ।
सम्पर्क -
बिगु प्रसाद चौधरी(कोषाध्यक्ष)
☎️9844032132
ईन्दु योन्जन(स-सचिव)
☎️9854037567
सुनिल कुशवाहा(स-सचिव)
☎️9844385223
Friday, August 16, 2024
सुनचाँदी व्यवसायी संघ सर्लाहीको अध्यक्षमा विनय कुमार साह प्यानल सहित बिजयी
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन ३२
सुनचाँदी व्यवसायी संघ सर्लाहीको आज (शुक्रवार) सम्पन्न निर्वाचनबाट विनय कुमार साहको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको निर्वाचनबाट बरिस्ठ उपाध्यक्षमा गणेश साह,सुनार ,प्रथम उपाध्यक्षमा दिनेश प्रसाद साह,द्वितिय उपाध्यक्ष दिपेन्द्र प्रसाद साह,महासचिवमा राकेश सर्राफ ,सचिवमा राम कृपाल साह,कोषाध्यक्षमा अमरनाथ साह र सह-कोषाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् ।
यसै गरी सदस्यहरुमा अनिल कुमार साह,संजिब प्रसाद साह,मुकेश साह,राकेश कुमार सोनार,दयाराम साह,धिरज कुमार साह र रितनन्दन साह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रंजित कुमार पाण्डेले जनाएको छ।
Thursday, August 15, 2024
गरिमा विकास बैंक माथि लगाइएको ठगीको आरोप निराधार रहेको बिचौलिया भनिएका कृष्ण कुमार यादवको भनाई
"आफु र ऋणी बीचको लेनदेनका कागजातहरु सुरक्षित रहेकोले जोकोहीले हेर्ने सक्छन्"
लोकतन्त्र समाचारदाता----
सर्लाही,साउन ३१
गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाका मेनेजर राम एकवाल साहले ऋणीहरुको रकम ठगी गरेको भनि पिडितहरुले लगाएका आरोपहरु गलत र निराधार रहेको बिचौलिया भनिएका कृष्ण कुमार यादवले बताएका छन् ।
गत आइतवार फेकन राय, राजेश भुजेल ,सीता विश्वकर्मा ,मिथलेश सिंह दनुवार लगायत केही अन्य ऋणीहरुले सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभा हलमा पत्रकार सम्मेलन गरि आफुलाई बिचौलियाको संज्ञा दिंदै बैंकका मलंगवा शाखा प्रबन्धक राम एकवाल साहले ऋणीहरुको पैसा खाएको भनि झुठो बयान दिएर विभिन्न मिडियामा समाचारहरु प्रकाशन तथा प्रशारण गर्न लगाएर आफुहरुको चरित्रहत्या गरि समाजको बिचमा बदनाम गर्न खोजेको यादवले बताएका छन् । विभिन्न मिडियामा एकतर्फी रुपमा प्रकाशन तथा प्रशारण भएका समाचारहरु प्रति आपत्ती जनाउँदै उनले लगाइएका आरोपहरुको खण्डन तथा घटनाको वास्तविकताको बारेमा जानकारी गराएका छन् ।
गत आइतवार आयोजना भएको पत्रकार सम्मेलनमा आएका पिडित मध्येका कौडेना गाउँपालिका वडा न-५ निवासी फेकन राय यादवले बताए अनुसार आफ्नो जग्गाको ३० लाख रुपैयाँ मुल्यांकन गरि मलंगवा शाखाका मेनेजर साहले बैंकमै ४ वटा ब्लेङ्क चेकमा हस्ताक्षर गराइ सो चेक आफै सँग लिएर राखि पटकपटक गरि निजले सो चेकको प्रयोग गरि पहिलोपटक ९ लाख ९९ हजार,दोस्रोपटक पुन: ९ लाख ९९ हजार बिचौलिया यादव मार्फत निकलेको र सो को विवरण सम्बन्धि म्यासेज आफ्नो मोबाइलमा आएको थियो। तर आफुले १ लाख २५ हजार रुपैयाँ मात्र झिकेको उनको भनाइ थियो।सो कुराको जानकारी मेनेजर साहलाई गराउँदा समेत निजले वास्ता नगरेको उनले पत्रकारहरुलाई बताएका थिए।उनले आफ्नो रकम बैंकका बिचौलिया यादव,सोही बैंकका कर्मचारी रुपेश यादवसँगको मिलोमतोमा मेनेजर साहले झिकेको कुरा केही दिनपछि मात्र आफुले थाहा पाएको बताएका थिए।
तर बिचौलिया भनिएका यादवका अनुसार फेकन यादवले गरिमा विकास बैंकबाट बैंकको नियमअनुसार कर्जा माग गरेको र सो बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरि ऋण बापत ३० लाख रुपैयाँ स्वीकृत गरेपछि निजले आफ्नो राजिखुसी आफुलाई मासिक सैकडा ४ को दरले रकम दिएको र पछि फेकनले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेपछि बैंकको कर्मचारी कुनै प्रकारको लेनदेनमा संलग्न नभएको भनि जिप्रकाको मुद्दा फाँटमा रकम मैलेनै लिएको भनि लिखित सम्झौता समेत गरिदिंदा निज फेकनले बैंकका कर्मचारीले रकम हिनामिना गरेको आरोप लगाएर बदनाम मात्र गर्न खोजेको बताए ।
त्यस्तै अर्का पिडित सीता विश्वकर्माले पनि सोही पत्रकार सम्मेलनमा मेनेजर साहले आफ्नो पैसा खाएको गुनासो सुनाएका थिए। विश्वकर्माका अनुसार आफुले जग्गा धितो राखेर कृषि कार्यको लागि गरिमा बैंकसँग १६ लाख रुपैयाँ बिचौलिया यादव मार्फत श्रृणको लागि आवेदन दिएको तर बैंकले ऋण स्वीकृत भए बापतको १६ लाख रुपैयाँ नदिएको तर पैसा खाता बाट झिकिएको मोबाइलमा म्यासेज मात्र आएको बताएकी थिइन्। तर यादवले विश्वकर्माको उक्त भनाईलाई खण्डन गरेका छन्। उनका अनुसार सीता विश्वकर्माले १६ लाख रुपैयाँ बैंकको नियमअनुसार ऋण लिइ म सँग ८ लाख रुपैयाँको चेक लिएर पैसा दिएकी हुन। आफुले निजको नाममा रहेको गरिमा विकास बैंकको खातामा नगद रु ५ लाख जम्मा गरिदिएको र उनीसँग रहेको मेरो ८ लाख रुपैयाँको चेक मलाई फिर्ता दिएको खण्डमा सो ८ लाख रकम पनि निजको खातामा हालिदिने बताए । विश्वकर्माले आफ्नो राजीखुशी मलाई पैसा दिएकोले यसमा बैंकका मेनेजर साहको कुनैपनि किसिमको संलग्नता नरहेको बल्की उनी आफै विभिन्न समूहका मानिसहरुलाई पैसा दिएर मेनेजर साह र बैंकको प्रतिष्ठामा आँच आउने गरि झुठा बयान दिएर बदनाम गर्न खोजेको कृष्ण कुमार यादवको भनाई छ।
यसैगरी राजेश भुजेलको बयानलाई पनि खण्डन गर्दै कृष्ण कुमार यादवले भुजेलले बैंकसँग रु.२० लाख ऋण बापत माग गरेकोले बैंकले नियमपुर्वक ऋण स्वीकृत गरिसके पछि निजले मसँग सैकडा ५ को दरले ब्याजमा रकम दिएको जसको लिखित प्रमाण आफुसँग सुरक्षित रहेको छ। तर निजले आफुलाई बिचौलियाको संज्ञा दिएर मेरो रकम मेनेजर साह र बैंकका कर्मचारीहरु मिलेर खाइदिएको भन्दै विभिन्न मिडियामा समाचारहरु प्रकाशन र प्रशारण गर्न लगाएर आफुहरुको चरित्रसँग खेलवाड गर्न खोजेको भन्दै उनले गुनासो गरेका छन् ।
त्यस्तै अर्का एक ऋणी भुइल कमलामाई माछापालन फर्मका प्रोपराइटर मिथलेश सिंह दनुवारले पनि बैंकमा रु.४० लाख ऋण माग गरेको र बैंकले पनि सम्पूर्ण प्रक्रियाहरु पूरा गरि निजको नाममा ऋण स्वकृत गरिदिए पनि उनले मलाई ब्यक्तिगत लेनदेनको कागज बनाएर रु.२० लाख दिएको बताए ।उक्त लेनदेनको कागज आफुसँग सुरक्षित रहेको जानकारी गराउँदै उनले पछि आएर मिथलेशले विभिन्न समुहसँग मिलेर मलाई बिचौलिया सावित गर्दै हिडिरहेको छ जबकी उनले मसँग रु.२० लाखको कपाली तमसुक पनि बनाएको र रु.२० लाखको कुमारी बैंकको चेक समेत लिएको छ। यसमा गरिमा विकास बैंकको कुनै किसिमको संलग्नता नरहेको भएता पनि बैंक मेनेजर साह यसमा सामेल भएको भन्दै निजको प्रतिष्ठामाथि खेलवाड गर्ने काम मात्र भइरहेको कृष्ण कुमार यादवले स्विकारेका छन् ।
आफुसँग पैसाको लेनदेन सम्बन्धि ऋणीहरुले बनाएको कागजात र निजहरुको खातामा जम्मा गरिदिएको रकमको रसिद सुरक्षित रहेकोले जुनसुकै बेला जोकोहीले पनि उक्त कागजातहरु हेर्न सक्ने उनले बताए। साथै उनले यस विषयमा समाचार बनाउँदा एकपटक आफ्नो पनि कुरा राख्ने मौका दिन पत्रकारहरुसँग अनुरोध गरेका छन् ।
Saturday, August 10, 2024
जन्मदिनको अवसरमा अति विपन्न तथा एकल महिलाको शल्यक्रिया गराइदिने डा.झा को घोषणा
मनोज यादव----
सर्लाही,साउन २६
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित रहेको स्तुति सौम्या हेल्थ केयरका संचालक एवं समाजसेवी डा.गुणेश्वर झाले आफ्नो जन्मदिन फरक तरिकाले मनाउने भएका छन् ।
पछिल्लो समय समाजमा आफ्नो रवाफ देखाउनैका लागि हजारौं ,लाखौं रुपैयाँ खर्च गरेर विभिन्न होटल तथा पार्टी प्यालेसमा समारोहको आयोजना गरि केक काटेर जन्मदिन मनाउने चलन सुरु भएको छ। तर त्यस्ता मानिसहरुको भिडमा डा.झाले आफ्नो जन्मदिनको अवसर पारेर सर्लाही जिल्लाका विभिन्न गम्भीर रोगबाट ग्रसित १० जना अती विपन्न तथा एकल महिलाहरुको छनौट गरि आफ्नै खर्चमा शल्यक्रिया गरादिने घोषणा गरेका हुन।
पश्चिमी संस्कृतिको नक्कल नगरी डा.झाले हाइड्रोसिल,हर्निया,गल ब्लडरको पथरी र पाठेघर(आंङ्ग)खस्ने समस्याबाट पिडित भएका एकल महिला बिरामीहरुको बिरगंज ,जनकपुर,काठमाडौ लगायत सहरका ठूला अस्पतालमा लगेर आफ्नै खर्चमा शल्यक्रिया(अपरेशन) गराइ दिने बताएका छन् । जन्म दिनमा हजार्रौं रुपैँया मादक पदार्थमा खर्चिनेहरुलाई पनि सामाजिक कार्यमा मन जाओस् र पैसाको अभावमा उपचार सेवाबाट बन्चित हुनु परेका र सही उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेका अतिविपन्न वर्गका बिरामीहरुको ज्यान बचाउन सकियोस् साथै समाजमा सकारात्मक संदेश समेत जावोस् भन्ने उद्देश्यका साथ आफुले यो कार्य गरेको उनको भनाई छ ।
डा.झा विगत केही वर्ष यता सम्बृद्ध सर्लाही निर्माण नामक संस्थाको माध्यमबाट सकृय रुपमा सामाजिक कार्य गरिरहेका छन् । जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।
Thursday, August 1, 2024
💐हार्दिक श्रद्धाञ्जली🙏
💐हार्दिक श्रद्धाञ्जली🙏
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पुर्व भुमिसुधार राज्यमन्त्री एवं सर्लाही जिल्लाकै चर्चित सबैसँग अतिमिलनसार व्यक्तित्वका धनी स्व.रामचन्द्र रायको गत साउन ६ गते राती भएको असामयिक दु:खद निधनको आज परेको १३ औं दिनको पुण्य तिथिमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा शोकाकुल परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौं ।
नागेन्द्र प्रसाद यादव(अध्यक्ष) राजनहरि श्रेष्ठ (महाप्रबन्धक), राम लक्षण यादव(प्रवन्ध निर्देशक)
राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड प्रधान कार्यालय मलंगवा,सर्लाही
तथा सम्पूर्ण परिवार
Thursday, July 25, 2024
@ आगो
सुवास कर्ण,मलंगवा
शिक्षक
जब छाती पिडा ले पोल्छ जब मन दर्द ले छट्पटीन्छ जब आशाहरु हराउन थालेको महसुस हुन्छ तब एउटै शब्द मन मा खेल्छ त्यो हो आगो ।आज काठमाडौ नगरपालिका का नगर प्रमुख ज्यु लाई ठुलै आगो को छाती पोलेको अनुभव भएको छ ।त्यही भएर आगो लगाइ दिन्छु भनेर चेतावनी समेत दिनु भयो । कारण एउटै बिदा को दिन सरकारी गाडी मा वहाँ को आफन्त ले भोगेका पिडा ले गर्दा । हे सरकार यस्तै पिडा र बेदना बाट आम नागरिक पनि गुजि्ररहेको कहिले कसैले पनि अनुभव गर्न सकेन अनुभव भए पनि छाती मा कहिले आगो ले पोलेन ।एम्बुलेन्स गाडी होस या यातायात को कुनै सुबिधा अस्पताल को सुबिधा नभएको दुर्गम क्षेत्र गाउँ का गरिब जनताहरु यसरी नै पिडा र बेदना हरु छाती मा लिएर बाच्न बाध्य भएका छ्न कति त बाटो मै ज्यान गुमाउन बाध्य भए ।तर कहिले पनि उनिहरुको पक्ष मा कसैले आगो लगाउने जमर्को कसेन हिम्मत गरेन ।आखिर किन सबै नागरिक बाच्न पाउने अधिकार छ राज्य को सेवा सुबिधा प्रयोग गर्न पाउने अधिकार छ तर सबै अधिकार जनप्रतिनिधि आफै मा आफ्नो घर परिवार रिस्तेदार को सुख सुबिधा का लागि सिमित राखेका छ्न ।एउटा जनप्रतिनिधि को छोराछोरी सरकारी गाडी बाट बिधालय बाटओसारपसार गर्न पाउने तर त्यही व्यथा ले च्यापिएका आम नागरिक बाटो मा भेट्दा सारकारी गाडी सुबुधा लिन न पाउने श्रीमती सपिङ का लागि सरकारी गाडी प्रयोग गर्न पाउने तर एउटा बास को भाटा बाधेर पिडा र बेदना ले छ्टपटिएका जनता गाडी छढ्न न पाउने ।के मानवता यहि हो नैतिकता त कता हरायो थाहै छैन । तर पिडा र छट्पटी सबै मा हुदो रहेछ यो बुझ्न सकियो ।यो भोगाइ लाई कहिले पनि न बिर्सिनु होला यसलाई आगो सल्किए झै सल्काएर राख्नु होला ताकी जब कुनै गरिब असहाय लाई यस्तै पिडा मा देख्नु भयो भने सहयोग को हात पछि न गर्नु होला ।हुन्त तपाईं ले काठमाडौ मा एक कल मा आम जनताको लागि एम्बुलेन्स को फ्री व्यवस्था गर्नु भएको छ त्यसको लागि धन्यबाद सायद कम होला तर सराहनीय छ । अन्तमा आमा, सनतान को सुस्वास्थय को कामना गर्दै पिता बन्नु भएको मा बधाइ छ । यहाँ सगै यहाको नवजात सन्तान ले देश परिवर्तन को सन्देश ल्याएको छ पशुपति नाथ ले कल्याण गरून्।
Thursday, July 11, 2024
उपमेयरकै अगाडि लालबन्दी नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु द्वारा चिकित्सक माथि कुटपिट
---नेपाल चिकित्सक संघद्वारा दोषी माथि कारबाहीको माग---
लोकतन्त्र समाचारदाता----
सर्लाही,असाढ २७
पछिल्लो समय सर्वसाधारण नागरिकहरुबाट कुटपिटको सिकार हुँदै आएका चिकित्सकहरु स्थानीय निकायका कर्मचारीबाट समेत कुटपिटको सिकार हुन थालेका छन् ।जसले गर्दा उनीहरू आफुलाई चारै तिरबाट असुरक्षित भएको महसुस गरिरहेका छन् । यस किसिमका घटना बारे प्रहरी र स्थानीय प्रशासनलाई उजुरी गर्दा पनि पिडकहरु माथि कुनै किसिमको कार्यवाही नभएको चिकित्सकहरुको गुनासो छ।
गएको ६ दिन अगाडी सर्लाहीको लालबन्दी नगरपालिकाका केही जनप्रतिनिधि तथा कर्मचारीहरु सोही पालिकाको वडा न-१ स्थित नवलपुरमा रहेको मनीषा हेल्थ केयरले सवारी दुर्घटनाका घाईतेलाई उपचारमा चर्काे शुल्क असुलेको साथै सामान्य घाउ चोटमा पनि भाँचिएको भनेर प्लाष्टर लगाएको तथा चिकित्सक मुकेश कुमार साहले अनुगमनमा गएका पालिकाका जनप्रतिनिधिहरु र कर्माचारीहरुकाे टिममाथि दुर्व्यवहार गरेको आरोपहरु लगाएर उपमेयर कल्पना माया पाख्रिनकै उपस्थितिमा डिउटीमा रहेका चिकित्सक डा.मुकेश कुमार साह माथि कुटपिट गरि प्रहरीको जिम्मा लगाएको भन्ने घटना माथि नेपाल चिकित्सक संघ जनकपुरकको गम्भीर ध्यानाकर्षण भएको भन्दै संघका अध्यक्ष डा. रामजी यादव र सचिव डा. रामज्ञान यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै डा. साहमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्। दोषीमाथि कानूनी कारबाही नगरिए संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा मार्फत चेतावनी समेत दिइएको छ । उपचारमा संलग्न चिकित्सक माथि भएको कुटपिट जस्तो निन्दनीय कार्यको संघले घोर भर्त्सना गर्दै घटनामा संलग्नमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कडा कारबाही गर्न संघले माग गरेको छ।
मनिषा हेल्थ केयरका इन्चार्ज एम.डी साहिद खानका अनुसार ६ दिन अगाडी हामीले RTA (दुर्घटना) को बिरामी पायौं। गत असार १८ गते लालबन्दी र हरिवन नगरपालिकाको सिमाना स्थित लखनदेही पुलमा बा ४६ प ९५४८ नम्बरको मोटरसाईकलमा सवार हरिवन नगरपालिका वडा न- ५ का राज हुसेन र शेष कादीरलाई लालबन्दी नगरपालिकाको योजना शाखा प्रमुख रुपेश चौलागाईले चलाएको बा ८६ प ५८५७ नम्बरको मोटरसाईकलले ठक्कर दिएर सामान्य घाईते भएपछि उनीहरुलाई उपचारका लागि हाम्रो अस्पतालमा ल्याइयो। हामीले सबै प्रारम्भिक अनुसन्धान गर्यौं, हाम्रो ड्यूटी डाक्टरले तिनीहरूलाई २४ घण्टा अवलोकनको लागि राख्ने निर्णय गरे। तर, त्यो रात नगरपालिका स्वास्थ्य विभागका दुईजना कर्मचारी १५-२० जनासहित हाम्रो अस्पतालमा आएर दुर्घटना हाम्रै सिनियर सरले गरेको हो उहाँले बिरामीलाई डिस्चार्ज गरेर अन्य सरकारी अस्पताल जस्तै रकम तिर्न चाहनुभएकोले यदी तिमीहरु यसमा सहमत छैनौं भने हामी यो अस्पताल सिल गर्ने छौं भनेर धम्की दिएको डा.झा ले बताए । हामीसँग प्रमाणको लागि यस कुराकानीको अडियो रेकर्डिङ र सि.सि.टिभी फुटेज पनि उपलब्ध रहेको उनले बताए ।
त्यसको दुई दिनपछि नगपालिकाको टोली आएर अस्पताललाई जबर्जस्ती सिल गर्यो । हाम्रो कर्मचारीले हामीसँग सबै कागजात रहेको र सो कागजातहरु देखाउँदा देखाउँदै र अनुरोध गर्दागर्दै पनि उनीहरूले अस्पताल सिल गरे साथै ड्युटीमा रहेका हाम्रा डाक्टरलाई टोलीमा आएका वडाअध्यक्ष, उपमेयर र नेपाल प्रहरीको उपस्थितिमा कुटपिट गरे। जसको प्रमाण हामीसँग सीसीटीभी फुटेजको रुपमा सुरक्षित छ इन्चार्ज खानले बताए । कुटपिटबाट घाइते पिडित डाक्टर साह हाल उपचारको क्रममा भक्तपुर स्थित अस्पतालमा रहनुभएको मनिषा हेल्थ केयरका इन्चार्ज खानले जानकारी गराएको छ।
एउटा सार्वजनिक पद सम्हालेका जनप्रतिनिधि र कर्मचारीहरु दादागिरी शैलीमा आएर चिकित्सक माथि कुटपिट गर्ने र विरोध गर्न खोज्दा अनुगमनको नाममा विभिन्न बहाना बनाएर अस्पताललाईनै सिल गरिदिने लालबन्दी नगरपालिकाको यस किसिमको निन्दनीय कार्य प्रति आफुहरु घोर भत्सर्ना गर्छौ र चाँडो भन्दा चाँडो दोषीहरु उपर कार्यवाहीको माग गर्छौ भन्दै सर्लाही जिल्लाभरीका डाक्टरहरुले सामुहिक रुपमा विरोध जनाएका छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीसहित अन्य प्रशासनिक निकायलाई समेत घटनाको विषयमा लिखित रुपमा अवगत गराइसकेको भएपनि अहिलेसम्म जिल्लाका सिडियो साहेब र एसपी साहेबले कुनै प्रतिक्रिया दिनुभएको छैन हेल्थ केयरका संचालक डा.राजिब झा ले गुनासो गरे।
नगरस्तरिय अनुगमन समितिकी संयाेजक एवं उपमेयर पाख्रिनकै अगाडी नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु मिलेर समाजमा प्रतिष्ठित एउटा डाक्टर जस्तो ब्यक्ति माथि यसरी सार्वजनिक रुपमा कुटपिट गर्नु निन्दनीय कार्य रहेको र यस्तो हुँदा समेत प्रहरी प्रशासन चुप लागेर बस्दा यस्ता गलत प्रवृत्तिका ब्यक्तिहरुको मनोबल झन बढ्दै जाने र आगामी दिनहरुमा पनि यसैगरी घटनाहरु घटाउँदै जाने भएकोले दोषीहरु माथि तुरुन्त कार्यवाही गर्न नेपाल चिकित्सक संघले नियमन निकायसँग जोडदार माग गरेका छन् ।
उता इलाका प्रहरी कार्यालय लालबन्दीले भने पिडित र पिडक दुबै पक्षबाट उजुरी परिसकेको र सुक्ष्म तरिकाले अनुसंधान भइरहेको जानकारी गराएको छ।इप्रका लालबन्दीका अनुसार पिडित डाक्टर मुकेश कुमार साह सम्पर्कमा नआएकोले उहाँसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएका छन् ।
Friday, June 28, 2024
हरिवन स्थित नापी र मालपोत कार्यालय आफ्नै सुविधा सम्पन्न भवनमा ,मन्त्री द्वय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारी र रक्षामन्त्री उप्रेती द्वारा संयुक्तरूपमा उद्घाटन सम्पन्न
मनोज यादव---
सर्लाही,असाढ १४
सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयको सम्पूर्ण निर्माणकार्य पूरा भएपछि यसको विधिवत उद्घाटन गरिएको छ।ती दुवै कार्यालय भवनको शुक्रवार एक समारोहका बिच संघीय सरकारका भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र रक्षामन्त्री हरि प्रसाद उप्रेतीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री उप्रेतीले १२ वर्षको जनआन्दोलनले गर्दा खराब स्थितिमा पुगिसकेको नेपाललाई सम्बृद्ध बनाउछुन भनेर सबै नेपाली जनता एकैसाथ अठोट गरे अबको १० वर्षको भित्रमा हाम्रो देश पनि छिमेकी देश भारत र चिनको जस्तै सम्बृद्ध हुने बताएका छन् । अढाई करोड जनता र प्राकृतिक सम्पदाले भरिपुर्ण हाम्रो देश १२ वर्षको जनआन्दोलनले गर्दा पछाडी परेको बताउँदै उनले जनआन्दोलनको बेला हाम्रा भौतिक संरचनाहरु भत्किने क्रममा थिए भने सो अवधीमा छिमेकी देशमा ठुला ठुला संरचनाहरु निर्माण भइरहेका थिए भन्दै चिन्ता ब्यक्त गरेका थिए।
हरिवन नगरपालिका वडा न–१०, नोचाँमा निर्माण भएको उक्त कार्यालयको भवन निर्माणका लागि स्थानीय बासुदेव निरौला र विश्वनाथ भट्टराईले जग्गा दान गरेका थिए। सोही अवसरमा जग्गादाता निरौला र भट्टराईलाई मन्त्री अधिकारी र उप्रेतीले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका थिए।
भ्याट रकमबाहेक करिव ६ करोड ३१ लाख रुपैयाँमा मालपोतको ३० वटा भन्दा बढी कोठाको साढे तीन तले भवन निर्माण गरिएको छ भने भ्याट रकम बाहेक करिब ३ करोड ४ लाख रुपैयाँको लागतमा नापी कार्यालयको साढे ३ तले भवन निर्माण गरिएको छ। नेपाल सरकार ,शहरी विकास मन्त्रालय ,शहरी विकास तथा भवन निर्माण विभाग ,संघीय आयोजना कार्यान्वयन इकाई ,धनुषाको प्राविधिक सुपरिवेक्षणमा उक्त भवनहरु निर्माण भएको नापी अधिकृत छत्र बहादुर लुंगेलीले जानकारी दिए।
यस अघि यी दुई कार्यालयका भवनहरु छुट्टाछुट्टै भाडाको घरबाट संचालन हुँदा सेवाग्राहीलाई समस्या हुँदै आएकोमा अब सुलभ पहुँच भएको स्थानबाट कार्यालय संचालन हुँदा जिल्लाको हरिवनसहित,बागमती ,लालबन्दी र हरिपुर नगरपालिकाका करिब १ लाख भन्दा बढी जनताहरुलाई सेवा लिन सहज भएको नापी प्रमुख लुंगेलीले बताए ।
उद्घाटन समारोहमा भूमी व्यवस्था मन्त्रालयका मुख्य सचिव गोकर्णमणि दवाडी ,हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी लगायत जिल्लाका ५ वटै सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कबिलासीका न्यायीक समिति तथा जनप्रतिनिधिहरुलाई न्याय सम्पादन सम्वन्धी तालिम प्रदान
लोकतन्त्र समाचारदाता---
सर्लाही,असाढ १४
सर्लाहीको कबिलासी नगरपालिकाले आफ्ना जनप्रतिनिधि र न्यायीक समितिका सदस्यहरुलाई न्याय सम्पादन सम्वन्धी ३ दिने तालिम प्रदान गरेको छ । नगरपालिकाको न्यायीक समितिको कार्यालयको आयोजना तथा सामाजिक विकास केन्द्र नेपालसँगको सहकार्यमा संचालित उक्त तालिमको हिजो(बिहीबार) समापन गरिएको छ ।
सदरमुकाम मलंगवा स्थित महेन्द्र होटलमा संचालन भएको उक्त तालिममा सहभागी भएका १० वटा वडाका वडाअध्यसहित न्यायीक समितिका सदस्यहरुलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश द्वय सुर्य बहादुर थापा,विष्णु रेग्मी तथा श्रेस्तेदार सदन अधिकारी,फोकल पर्सन दिनकर राय यादव र सामाजिक विकास केन्द्र नेपालका कार्यक्रम निर्देशक बिरेन्द्र गुप्ता
लगायतले स्थानीय तहमा न्याय सम्पादन,संवैधानिक व्यवस्था ,कानुनी व्यवस्था ,न्यायीक समितिको गठन ,अधिकार क्षेत्र, न्याय सम्पादन प्रक्रिया तथा कार्यविधि ,समस्या र समाधानका उपाय,मेलमिलापकर्ताको आचार संहिता तथा गर्न नहुने काम लगायतका कानूनको बारेमा प्रशिक्षण दिएका थिए।
तालिममा सहभागी प्रशिक्षार्थी वडाअध्यक्षहरुले स्थानीय स्तरमा न्याय सम्पादन गर्न यस किसिमको तालिम अतिआवश्यक रहेकोले प्रशिक्षण लिइसके पश्चात् गाउँघरमा हुने विभिन्न सामाजिक घटनाहरुको समाधान गर्न सहज हुने बताएका छन् ।
तालिमको समापन सत्रमा न्यायीक समितिका संयोजक एवं उपमेयर पुनम कर्णले प्रशिक्षक द्वय जिल्ला न्यायाधीश सुर्य बहादुर थापा र श्रेस्तेदार सदन अधिकारीलाई सहभागीहरुलाई सहजीकरण गरेकोमा धन्यवाद दिंदै दोसल्ला ओढाएर सम्मान गरेका थिए।
नगर उपप्रमुख कर्णको अध्यक्षता तथा नगरप्रमुख ब्रम्हदेव रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव, कार्यपालिका सदस्य विनय कर्ण,वडा न-९ सलेमपुरका वडाअध्यक्ष राम दिनेश राय,वडा न-६ जमुनियाका पुरुषोत्तम राय लगायत विभिन्न वडाका वडाअध्यक्ष ,न्यायीक समिति सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो।
Tuesday, June 25, 2024
कबिलासीका न्यायिक समिति र जनप्रतिनिधिको लागि ३ दिने न्याय सम्पादन सम्बन्धी तालिम सुरु
लोकतन्त्र समाचारदाता---
सर्लाही,असाढ ११
सर्लाहीको कबिलासी नगरपालिकाका न्यायिक समिति र वडाका जनप्रतिनिधिहरुको लागि न्याय सम्पादन सम्बन्धी ३ दिने तालिम मंगलबारबाट सुरु भएको छ ।
कविलासी नगरपालिकाले सामाजिक विकास केन्द्र नेपाल मलंगवासँग सहकार्य गरी आफ्ना न्यायीक समितिका सदस्य र वडाअध्यक्षहरुलाई तालिम दिन सुरु गरेको हो ।
जिल्लाको सदरमुकाम मलंगवा स्थित सुजाता होटलमा संचालन भइरहेको तालिममा १२ वटा वडाका वडाअध्यक्ष र न्यायीक समितिका सदस्यहरु गरि २० जना सहभागी भएका छन् ।
उक्त तालिमको मंगलबार बिहान उपमेयर एवं न्यायीक समितिका संयोजक पुनम कर्णको अध्यक्षता,जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि नगरप्रमुख ब्रम्हदेव राय, कार्यपालिका सदस्य विनय कर्ण, प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव,सामाजिक अभियन्ता एवं सामाजिक विकास केन्द्रका कार्यक्रम अधिकृत विरेन्द्र गुप्ताकोसहितको उपस्थितिमा उद्घाटन गरिएको हो।
असाढ १३ गतेसम्म संचालन हुने तालिममा स्थानीय तहमा न्याय सम्पादन,संवैधानिक व्यवस्था ,कानुनी व्यवस्था ,न्यायीक समितिको गठन ,अधिकार क्षेत्र, न्याय सम्पादन प्रक्रिया तथा कार्यविधि ,समस्या र समाधानका उपायहरुको साथै न्यायीक कार्य सम्बन्धि विभिन्न व्यवस्थाहरुको बारेमा बारेमा जानकारी गराइने न्यायीक समितिका संयोजक एवं उपप्रमुख कर्णले बताए।
उक्त तालिममा जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णु रेग्मी र इजलास समितिका सिकिन्दर कापडले सहभागीहरुलाई सहजीकरण गरिरहेका छन् ।
Saturday, June 22, 2024
वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम
दिपेश कुमार शाह----
रौतहट,असाढ ८
रौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत विद्यालय वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम भएका छन।
नेपालमा भ्रष्टाचारको अखाडा बनाएको छ्न,मेयर अन्य कर्मचारी किनन्होश लूट तन्त्रर मात्रै हो अध्यक्ष चन्दन कुशवाहाले बताए ।
LIC जीवन बिमाका रौतहट इन्चार्ज जाटाशंकर सोनीले खुसीभई प्रथम विद्यार्थीलाई नगद पुरस्कार रु १५०० दिएर सम्मान गरेको हो
घरहरूमा भित्री वायु प्रदूषणको तह व्यापक छ र यो तुलनात्मक रूपमा कम जानकारी बाहिरिएको क्षेत्र हो, किनभने मेरो छिमेकीको घरमा मेरो घर भन्दा फरक वायु प्रदूषणको स्तर हुन सक्छ।घर वा कार्यालय भित्र हुने प्रदूषण सम्बन्धी विषय अत्यन्त जटिल छ र यसको नियमन पनि फितलो छ। यस्तो प्रदूषण अक्सर व्यक्तिगत नियन्त्रण भन्दा बाहिर हुन्छ। उदाहरणका लागि सवारीसाधनहरूले नाइट्रोजन डाइअक्साइड उत्पन्न गर्छन् भने आर्द्रता र संरचनात्मक समस्याहरूले भवनहरूलाई बिगार गर्न सक्छन्।उच्च क्षमता भएका हाइ एफिसिएन्सी पार्टिकुलेट एअर (हेपा) फिल्टरहरू भएका 'एयर प्युरिफायर' हरूले भने मद्दत गर्न सक्छन्।तर सुरुवाती लागत अनि त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने ऊर्जा भने केही घरपरिवारको पहुँच भन्दा बाहिर जान सक्छ।सस्तो पर्ने हुँदा पनि हावा सफा गर्नका लागि गमलामा रोप्न सकिने बिरुवाबारे सोच्नु आकर्षक मानिन्छ।बोट बिरुवाहरूले कार्बन डाइअक्साइड र अन्य प्रदूषण ग्रहण गर्छन् जुन केही हदसम्म बिरुवाहरूले खपत गर्छन् र बाँकी निष्क्रिय पारि दिन्छन् जनता मा बिका नेपाली शिक्षा अचल साहीले बताए।
जसमा प्रथम मावि भसेडवाका अनु कुमारी यादव , दृतिय अबि मावि डुमारिया की छात्रा खुस्बु नेशा ,तृतीय जनता मा बी कटहरीया छात्रा कविता कुमारी कुशवाहा ,स्थान अधार भुत बिधालय बिर्ती प्रस्टोका ग्राउन्डमा सम्पन्न भएको थिए । प्रथम,दृतिय, तृतीय लगाएताका सबैजनालाई समान सुरुप नगद र प्रशासा पत्र सहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा ९ विद्यालयका १८ विद्यार्थीको सहभागीता रहेको कटहरीया वडा नं ४ अध्यक्ष चन्दन कुशवाहाले बताउनुभयो । त्यसै वडाका वडा अध्यक्ष समकन्त प्रसाद यादव र नगरपालिकाको शिक्षा संयोजक अनिल कुमार निधि गुजरा नगरपालिकाको शिक्षा संयोजक शिव मङ्गल प्रसाद शाह वडाका सचिव छोटेलाल मिश्र लगायतका विद्यार्थीहरू सहभागी रहेका थिए।
Tuesday, June 18, 2024
रास्वपा सर्लाहीले दोस्रो वार्षिकोत्सव विविध कार्यक्रमहरु गरि मनाउने
लोकतन्त्र समाचारदाता---
सर्लाही,असाढ ४
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । केन्द्रीय निर्देशन अनुसार जिल्ला कार्यसमिति सर्लाहीले पनि नगर तथा वडा स्तरमा विविध कार्यक्रमहरु गरि स्थापना दिवस मनाउने रास्वपा सर्लाहीले जानकारी गराएको छ।
वार्षिक उत्सव मनाउने विषयलाई लिएर लालबन्दी नगरपालिका वडा न-१ स्थित पार्टी कार्यालयमा बसेको जिल्ला स्तरीय बैठकको निर्णय अनुसार असाढ ३ गते पत्रकारहरुलाई कार्यक्रम बारे जानकारी गराइसके पश्चात् असाढ ५ गते सबै वडा तथा नगरका विभिन्न सार्वजनिक ठाँउहरुको सरसफाइ तथा वृद्धा आश्रम, बाल आश्रम,गरिब जेहेन्दार ब्यक्तिलाई फलफूल तथा केही सरसमान वितरण गर्ने,असाढ ६ गते विभिन्न वडा तथा नगरमा बृक्षारोपन कार्यक्रम गर्ने र ७ गते सदरमुकाम मलंगवामा चियापान कार्यक्रम तय भएको जिल्ला संयोजक कमलेश साहले जनाएको छ।
यही असाढ ७ गते रास्वपा गठन भएको दुई वर्षपुग्दैछ ।
Thursday, June 13, 2024
कबिलासीका दलित ,गरिब र विपन्न समुदायका लागि ३ दिने जनचेतना तथा सीपमूलक तालिम सुरु
लोकतन्त्र समाचारदाता---
सर्लाही,जेठ ३१
सर्लाहीको कबिलासी नगरपालिकामा ३ दिने जनचेतना तथा सीप विकास तालिम बिहीबारबाट सुरु भएको छ। कबिलासी न.पा को आर्थिक वर्ष २०८०/०८१ को नगर स्तरीय कार्यक्रम अन्तर्गत श्री साई बाबा सामुदायिक विकास उत्थान संस्था सलेमुपुर द्वारा आयोजित उक्त उक्त कार्यक्रमको बिहिवार नगर उपप्रमुख पुनम कर्णले उद्घाटन गर्नुभएको हो।
कबिलासी नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने दलित,गरिब र विपन्न वर्ग समुदायका महिला तथा पुरुषहरुको जिवनस्तर उकास्न विभिन्न सीप तथा रोजगार सम्बन्धि ज्ञान दिई ती समुदायका मानिसहरुमा जनचेतना अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको उद्घाटन कार्यक्रमका संचालक एवं आयोजक संस्थाका सदस्य आकाश कुमार यादवले बताए ।
असाढ १ गते शनिवार सम्म संचालन हुने उक्त तालिममा सहभागी भएका लक्षित समुदायका महिला तथा पुरुषहरुलाई सुजित साह,बनिता कार्की र बिरेन्द्र गुप्ताले सहजिकरण गरिरहेका छन् ।
बिहिवार सम्पन्न भएको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख कर्ण,वडा न-९ का वडाअध्यक्ष दिनेश राय,वडा न-८ का वडाअध्यक्ष विरेन्द्र साह,वडा न-७ का वडाअध्यक्ष धर्मेन्द्र राय,कबिलासी-९ का स्थानीय राजकुमार यादव लगायतको उपस्थिति रहेको थियो।