Friday, February 5, 2021
कौडेनामा संचालित सुरक्षित सिकाई परियोजना कार्यक्रमको विषयमा सरोकारवालाहरु बिच अन्तरक्रिया गरियो
प्रेरणा र भि.एस.ओ को साझेदारीमा सर्लाहीको कौडेना गाउँपालिकामा सुरक्षित सिकाई परियोजना अन्तर्गत संचालित कार्यक्रमको सुरक्षीत सिकाई प्रबर्द्धनका लागि स्थानीयत तहमा रहेका सरोकारवालाहरु सँगको नीतिगत संवाद तथा अन्तरक्रिया कार्यक्रम शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद यादवको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सुनिता देवीको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहजकर्ता नारायण खपाङ्गीको सहयोगमा बालअधिकार र सुरक्षित सिकाईको अवधारणा ,सुरक्षित सिकाई सम्बन्धि कानुनी तथा नीतिगत व्यवस्थाहरु र सुरक्षित सिकाईको कानुनी तथा नीतिगत व्यवस्थाहरुको विषयमा सरोकारवालाहरु सँग संवाद र अन्तरक्रिया गरिएको प्रेरणा द्वारा संचालित ENGAGE परियोजनाका कार्यक्रम संयोजक रामचन्द्र चौधरीले जानकारी दिए ।
ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु एक घाइते
लोकतन्त्र समाचारदाता---
सर्लाही ,माघ २३
सर्लाहीमा ट्याक्टर र मोटरसाईकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् ।
जिल्लाको गोडैता नगरपालिका वडा न-१ बहादुरपुर स्थित नेपाल-भारत सिमा(बोर्डर)नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको BR30 R 7154 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको BR30 GA 0796 नम्बरको ट्याक्टर बिहिवार साँझ एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बरहथवा नगरपालिका वडा न-१३ बिन्वाटोल बस्ने स्थानीय रामप्रवेश रायकी ४९ वर्षीया श्रीमती इन्द्रासन देवी यादवको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी निरिक्षक दिपक चोरवारका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक बिन्वाटोलका २३ वर्षीय रुपेश राय र मोटरसाइकल पछाडी सवार महिलालाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउने क्रममा महिलाको बाटोमै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल ,ट्याक्टर र ट्याक्टरका चालक इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा राखिएको प्रहरी प्रवक्ता चोरवारले जनाएको छ।
Wednesday, February 3, 2021
ADMISSION OPEN for CA in Birgunj
Tuesday, February 2, 2021
अधिकारकर्मीहरुको पहलमा सर्लाहीको इश्वरपुरमा बालबिवाह रोकियो
अधिकारकर्मीहरुको पहलमा सर्लाहीको इश्वरपुरमा बालबिवाह रोकियो
मनोज यादव
सर्लाही ,माघ २०
सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालबिवाह अधिकारकर्मीहरुको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका वडा न-७ धनपती डाँडाका बिरेन्द्र पुर्वे(महतो)की छोरी १४ वर्षीया सीता महतो(नाम परिवर्तन) लाई उनकै फुपाजु लालबन्दी नगरपालिका वडा न-१७ रानीगंज बस्नेले ललाई फकाई भारतमा लगेर त्यहीँकै एउटा केटासंग बिवाह गर्न लागेको भन्ने प्राप्त खबरको आधारमा प्रहरी टोलीसहित बालिकाको घरमै पुगेर मेची-महाकाली बुहारी संयुक्त आवाज सर्लाहीका अधिकारकर्मीहरुको टोलीले उक्त बाल बिवाह रोकेका हुन।
बालिकाको फुपाजुले भारतीय नागरिक आफ्नो अर्कै नातेदारसँग बिवाह गरिदिन लागेको र सो वापत केटी पक्षसँग रु १ लाख ५० हजारसमेत लिएको बालिकाका हजुरबुवा ठगा पुर्वे(महतो)ले बताएको मेची-महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी संयोजक रमा काफ्ले जानकारी दिए ।घरको आर्थिक स्थिती निकै कमजोर रहेको र सिताकी आम पनि अर्काे बिवाह गरेर गइसकेकोले उनि आफ्ना हजुर बुवा सँगै बस्दै आएकी थिइन । बाबुले समेत वास्ता नगरेपछि काका काकीले उनकै राजखुसीमा बिवाह गरिदिन लागेको परिवारजनले बताएका छन् ।तर सिताका अनुसार आफु पढ्न चाहेपनि पारिवारीक परिस्थितिका कारण सानै उमेरमा बिवाह गरिदिन लागेको बताइन् ।
यहि माघ २२ गते हुने भनिएको बिवाह अधिकारकर्मीहरुले रोकेका हुन।यसका लागि उनीहरूले प्रहरीमा उजुरी समेत गरिसकेका छन ।
बेटी पढाउ,बेटी बचाउ अभियान चलिरहेको प्रदेश न-२ मै नाबालिगको बिवाह हुनु, दाइजो लिने र दिने कार्य नरोकिनु दु:खद भएको अधिकारकर्मी अन्जना पन्त कडरियाले बताउनुभयो ।
जनकपुरमा मैयुदिनको साथी-सन्देश` खण्डकाव्य विमोचित
जनकपुरमा मैयुदिनको साथी-सन्देश` खण्डकाव्य विमोचित
राजिव साह--
जनकपुरधाम ,माघ २०
*अमृतसरी छोयो यो मुटु लक्ष्मीको प्रसादले, जसरी सजिएछ सृष्टि हिमालको मुहारले*( लघु खण्डकाव्य कृतिकमा रहेको शुरुवाती काव्यधाराक केही अंश)
सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका , बसन्तपुरका २५ वर्षीय मैयुदिन अन्सारी द्वारा नेपाली भाषामा रचित “साथी-सन्देश” खण्डकाव्य पुस्तक सार्वजनिक गरिएको छ।लेखक अनसारी द्वारा रचित साथी सन्देश पुस्तकको सोमबार जनकपुरधाम उप महानगरपालिका स्थित मसला कोटेजको सभाहलमा विमोचन समारोह सम्पन्न गरिएको छ।
पुस्तक विमोचन कार्यक्रमका जनकपुर उपमहानगरपालिका भुपु उपमेयर मो.असगर अली को अध्यक्षता तथा बरिस्ठ साहित्यकार डा. राजेन्द्र विमलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिमा पुर्व सभासद तथा साहित्यकार महेन्द्र मिश्र, अतिथिका रुपमा बरिस्ठ साहित्यकार तथा उपन्यासकार धिरेन्द्र झा, समिक्षकमा बरिस्ठ साहित्यकार तथा पुर्व प्राधानध्यापक रामचन्द्र झा लगायत साहित्यकार पत्रकारको सहभागीता रहेको थियो ।
उपस्थित प्रमुख अतिथिले डा. राजेन्द्र विमलले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख बरिस्ठ साहित्यकार राजेन्द्र विमलले साहित्यलाई सबै भाषामा स्थान दिनुपर्ने र सबैलाई उतिकै सम्मान गर्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी पुर्व उपमेयर अलि लगायत विशिष्ट अतिथि अतिथिहरुले भने पुस्तक र लेखकका बारेमा समिक्षा गर्दै लेखकलाई थप हौसला प्रदान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य कला संस्कृतिका अतिथिहरुले कलिलो उमेरका लेखक मयुदिन अन्सारीलाई आगामी दिनहरुमा अझै लेख्न र साहित्यमा लागिरहन अभिप्रेरित समेत गरेका छन् ।
Monday, February 1, 2021
भारतीय सेतो अण्डाका कारण सर्लाहीका अण्डा व्यवसायी मारमा
भारतीय सेतो अण्डाका कारण सर्लाहीका अण्डा व्यवसायी मारमा
"भारतबाट ओसारपसारमा रोक लगाइ बजारमा भेटिएका अण्डाजन्य बस्तु नष्ट गर्न जिल्ला प्रशासनको आदेश"
मनोज यादव---
सर्लाही ,माघ १९
भारतबाट अवैध रुपमा भित्रिएका सेतो अण्डाका कारण नेपाली व्यवसायीहरु मारमा परेका छन् । भारतीय सेतो अण्डा नेपालमा उत्पादन हुने अण्डा भन्दा केहि सस्तो हुने भएकोले खुला सिमाना का कारण भारतबाट लुकाइछिपाइ सेतो अण्डा भित्रिने गरेको छ ।
पटक पटक त्यस्ता अण्डा नियन्त्रणका लागी स्थानीय प्रशासन सँग आग्रह गरेपनि यसको बिक्रीवितरणमा रोक लगाउन स्थानीय प्रशासन र सरोकारवाला निकायबाट एकपटक पनि पहल नभएको हरिपुर नगरपालिका वडा न-४ हरैयामा संचालित विदेह पोल्ट्री प्रा.लि का संचालक तथा व्यवसायी विजय कुमार अधिकारीले बताउनुभयो । गैरकानुनी रुपमा भित्रिने भारतीय सेतो अण्डाका कारण नेपाली व्यवसायीले उत्पादन गरेको अण्डा बिक्री नहुँदा व्यवसायीहरु मारमा पर्दै आएका छन् ।
बजारमा भारतीय अण्डाहरु छ्याप्छ्याप्ती भएपछि सर्लाहीका सिमावर्ती बजार क्षेत्रमा नेपाली अण्डाको बिक्री हुन छाडेकाले नेपाली व्यवसायीहरुलाई ठुलो आर्थिक घाटा व्यहोर्नुपरेको व्यवसायी अधिकारीले गुनासो गरे । नेपालमा भन्सार गरेर समेत भित्राउन नपाइने भारतीय अण्डा अहिले छ्याप्छ्याप्ती विक्रि भईरहेको छ , प्रशासनले यसको नियन्त्रणमा चासो देखाउनुपर्छ’’ अधिकारीले भने ।
भारतीय सेतो अण्डाका कारण नेपाली अण्डा विक्रि हुन छाडेपछि सर्लाहीका व्यवसायीहरुले भारतीय बजारमा बर्डफ्लुको उच्च जोखिम रहेको अवस्थामा नेपाली बजारको लागि अवैध रहेको सेतो अण्डा बजारमा छ्याप्छ्याप्ती रहेकोले कृषि क्षेत्रमा लगानी गरेका मध्यमवर्गीय व्यवसायीले स्थानीय स्तरमा उत्पादन गरेका अण्डा आफ्नै बजारमा बिक्रीवितरण गर्न कठिनाइ भएको भन्दै त्यस्ता भारतीय अण्डाको ओसारपसार बन्द गर्न लगाई बजारमा रहेका भारतीय अण्डा पनि नष्ट पार्न लगाई बर्डफ्लुको जोखिम न्युनिकरणमा सहयोगका साथै स्थानीय अण्डा व्यवसायीहरुलाई व्यवसाय संचालनमा सहज गरिदिन जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग आग्रह गरेका छन् ।
आफुहरुको आग्रहमा जिल्ला प्रशासन कार्यालयबाट समेत बर्डफ्लु लगायतका कारण भारतबाट भित्रिने कुखुरा ,चल्ला र अण्डाजस्ता सामाग्री माथि रोक लगाउन सशस्त्र प्रहरीलाई आदेश दिइसकेको र उक्त आदेश कार्यान्वयन नभएको भए तत्कालै पुर्ण रुपमा लागु गर्न साथै बजारमा भेटिने अण्डाजन्य बस्तु एक्सपायर भइसकेको बुझी उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन ,कृषि ज्ञान केन्द्र र निरिक्षण अधिकृतको सक्रियतामा नष्ट गरिसकेको प्रतिवेदन पेश गर्न भनी लिखित आदेश समेत भइसकेको व्यवसायी अधिकारीले बताए ।
भारतमा दाना र चल्ला सस्तो भएकाले पनि भारतीय अण्डा नेपाली अण्डाको तुलनामा सस्तो रहेकोले पनि सर्लाहीको सिमावर्ती सदरमुकाम मलंगवा ,त्रिभुवननगर , पर्सा, संग्रामपुर, हरिपुर्वा,कौडेना, गोडैता ,फुलपरासी, मधुवनगोठ लगायतका बजार क्षेत्रमा भारत बाट अवैध रुपमा भित्र्याइ खुलेआम बिक्रीवितरण हुँदै आएको छ ।
आगोले जलेर वृद्धाको मृत्यु
आगोले जलेर वृद्धाको मृत्यु
लोकतन्त्र समाचारदाता---
सर्लाही ,माघ १९
आगो ताप्ने क्रममा सर्लाहीको बागमती नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । बागमती न.पा वडा न-४ जिरायत बस्ने धनविर बिककी श्रीमती वर्ष ७५ की आइतमाया बिकको आगोले जलेर मृत्यु भएको हो ।
आइतवार राति ७ बजे आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्किएर शरिरको विभिन्न भागमा जलेर घाइते भएका आइतमायालाई नेशनल मेडिकल बिरगंज लगिएको र त्यहाँ उनको उपचार सम्भव नभए पछि काठमाडौ लादैं गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरिक्षक दिपक चोरवारले जनाएको छ ।
मृतकको शव सरकारी अस्पताल चपुरमा राखिएको छ ।घटनाको सम्बन्धमा अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Posts (Atom)





