Tuesday, February 2, 2021

अधिकारकर्मीहरुको पहलमा सर्लाहीको इश्वरपुरमा बालबिवाह रोकियो

 

अधिकारकर्मीहरुको पहलमा सर्लाहीको इश्वरपुरमा बालबिवाह रोकियो

 

मनोज यादव 

सर्लाही ,माघ २०

     सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालबिवाह अधिकारकर्मीहरुको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका वडा न-७ धनपती डाँडाका बिरेन्द्र पुर्वे(महतो)की छोरी १४ वर्षीया सीता महतो(नाम परिवर्तन) लाई उनकै फुपाजु लालबन्दी नगरपालिका वडा न-१७ रानीगंज बस्नेले ललाई फकाई भारतमा लगेर त्यहीँकै एउटा केटासंग बिवाह गर्न लागेको  भन्ने प्राप्त खबरको  आधारमा प्रहरी टोलीसहित बालिकाको घरमै पुगेर  मेची-महाकाली बुहारी संयुक्त आवाज सर्लाहीका अधिकारकर्मीहरुको टोलीले उक्त  बाल बिवाह रोकेका हुन।

      बालिकाको फुपाजुले भारतीय  नागरिक आफ्नो अर्कै नातेदारसँग बिवाह गरिदिन लागेको र सो वापत  केटी पक्षसँग  रु १ लाख ५० हजारसमेत लिएको बालिकाका हजुरबुवा ठगा पुर्वे(महतो)ले बताएको मेची-महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी संयोजक रमा काफ्ले जानकारी दिए ।घरको आर्थिक  स्थिती निकै कमजोर  रहेको र सिताकी आम पनि अर्काे बिवाह गरेर गइसकेकोले  उनि आफ्ना हजुर बुवा सँगै  बस्दै आएकी थिइन । बाबुले समेत वास्ता नगरेपछि   काका काकीले उनकै राजखुसीमा बिवाह गरिदिन लागेको  परिवारजनले बताएका छन् ।तर  सिताका अनुसार आफु पढ्न चाहेपनि पारिवारीक परिस्थितिका कारण  सानै उमेरमा बिवाह गरिदिन लागेको बताइन् । 

  यहि माघ २२ गते हुने भनिएको बिवाह अधिकारकर्मीहरुले रोकेका हुन।यसका लागि उनीहरूले प्रहरीमा उजुरी समेत गरिसकेका छन ।

    बेटी पढाउ,बेटी बचाउ अभियान चलिरहेको प्रदेश न-२ मै  नाबालिगको बिवाह हुनु, दाइजो लिने र दिने कार्य नरोकिनु दु:खद भएको अधिकारकर्मी  अन्जना पन्त कडरियाले बताउनुभयो ।  


No comments:

Post a Comment