Monday, February 1, 2021

आगोले जलेर वृद्धाको मृत्यु


आगोले जलेर वृद्धाको मृत्यु 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ १९

    आगो ताप्ने क्रममा सर्लाहीको बागमती नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । बागमती न.पा वडा न-४ जिरायत बस्ने धनविर बिककी श्रीमती वर्ष ७५ की आइतमाया बिकको आगोले जलेर मृत्यु भएको हो ।

    आइतवार राति ७ बजे आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक  साडीमा आगो सल्किएर शरिरको विभिन्न भागमा जलेर घाइते भएका आइतमायालाई नेशनल मेडिकल बिरगंज लगिएको र त्यहाँ उनको उपचार सम्भव नभए पछि काठमाडौ लादैं गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरिक्षक दिपक चोरवारले जनाएको छ ।

    मृतकको शव सरकारी अस्पताल चपुरमा राखिएको छ ।घटनाको सम्बन्धमा अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment