Tuesday, February 2, 2021

जनकपुरमा मैयुदिनको साथी-सन्देश` खण्डकाव्य विमोचित

 जनकपुरमा मैयुदिनको साथी-सन्देश` खण्डकाव्य  विमोचित  


राजिव साह--

जनकपुरधाम ,माघ २०

   *अमृतसरी छोयो यो मुटु लक्ष्मीको प्रसादले, जसरी सजिएछ सृष्टि हिमालको मुहारले*( लघु खण्डकाव्य कृतिकमा रहेको शुरुवाती काव्यधाराक केही अंश)


    सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका , बसन्तपुरका २५ वर्षीय मैयुदिन अन्सारी द्वारा नेपाली भाषामा रचित “साथी-सन्देश” खण्डकाव्य पुस्तक सार्वजनिक गरिएको छ।लेखक अनसारी द्वारा रचित साथी सन्देश पुस्तकको सोमबार  जनकपुरधाम उप महानगरपालिका स्थित मसला कोटेजको  सभाहलमा विमोचन समारोह सम्पन्न गरिएको छ। 

पुस्तक विमोचन कार्यक्रमका जनकपुर उपमहानगरपालिका भुपु उपमेयर  मो.असगर अली को अध्यक्षता तथा बरिस्ठ साहित्यकार डा. राजेन्द्र विमलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  विशिष्ट अतिथिमा पुर्व सभासद तथा साहित्यकार महेन्द्र मिश्र, अतिथिका रुपमा बरिस्ठ साहित्यकार तथा उपन्यासकार धिरेन्द्र झा, समिक्षकमा बरिस्ठ साहित्यकार तथा पुर्व प्राधानध्यापक रामचन्द्र झा लगायत साहित्यकार पत्रकारको सहभागीता रहेको थियो । 

  उपस्थित प्रमुख अतिथिले डा. राजेन्द्र विमलले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख बरिस्ठ साहित्यकार राजेन्द्र विमलले  साहित्यलाई सबै भाषामा स्थान दिनुपर्ने र सबैलाई उतिकै सम्मान गर्नु पर्ने उनको भनाइ थियो ।  

कार्यक्रममा सहभागी पुर्व उपमेयर अलि लगायत विशिष्ट अतिथि अतिथिहरुले भने पुस्तक र लेखकका बारेमा समिक्षा गर्दै लेखकलाई थप हौसला प्रदान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य कला संस्कृतिका अतिथिहरुले  कलिलो उमेरका लेखक मयुदिन अन्सारीलाई  आगामी दिनहरुमा अझै लेख्न र साहित्यमा लागिरहन अभिप्रेरित समेत गरेका छन् ।

No comments:

Post a Comment