Friday, February 5, 2021

ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु एक घाइते


 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ २३

     सर्लाहीमा  ट्याक्टर र मोटरसाईकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् ।

    जिल्लाको गोडैता नगरपालिका वडा न-१ बहादुरपुर स्थित नेपाल-भारत सिमा(बोर्डर)नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको BR30 R 7154 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको BR30 GA 0796 नम्बरको ट्याक्टर बिहिवार साँझ  एकआपसमा ठोक्किएर  दुर्घटना हुँदा बरहथवा नगरपालिका वडा न-१३ बिन्वाटोल बस्ने स्थानीय रामप्रवेश रायकी ४९ वर्षीया श्रीमती इन्द्रासन देवी यादवको मृत्यु भएको छ ।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी निरिक्षक दिपक चोरवारका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक बिन्वाटोलका २३ वर्षीय रुपेश राय र मोटरसाइकल पछाडी सवार महिलालाई  उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउने क्रममा महिलाको बाटोमै मृत्यु भएको हो । 

     मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल ,ट्याक्टर र ट्याक्टरका चालक इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा राखिएको प्रहरी प्रवक्ता चोरवारले जनाएको छ। 


No comments:

Post a Comment