Friday, February 5, 2021

कौडेनामा संचालित सुरक्षित सिकाई परियोजना कार्यक्रमको विषयमा सरोकारवालाहरु बिच अन्तरक्रिया गरियो

  

कौडेनामा संचालित  सुरक्षित सिकाई परियोजना कार्यक्रमको विषयमा सरोकारवालाहरु बिच अन्तरक्रिया गरियो 


मनोज यादव----

सर्लाही,माघ २३

     प्रेरणा र भि.एस.ओ को साझेदारीमा सर्लाहीको कौडेना गाउँपालिकामा  सुरक्षित सिकाई परियोजना अन्तर्गत संचालित कार्यक्रमको सुरक्षीत सिकाई प्रबर्द्धनका लागि स्थानीयत तहमा रहेका सरोकारवालाहरु सँगको नीतिगत संवाद तथा अन्तरक्रिया कार्यक्रम शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । 

   कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद यादवको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सुनिता देवीको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहजकर्ता नारायण  खपाङ्गीको सहयोगमा बालअधिकार र सुरक्षित सिकाईको अवधारणा ,सुरक्षित सिकाई सम्बन्धि कानुनी तथा नीतिगत व्यवस्थाहरु र सुरक्षित सिकाईको कानुनी तथा नीतिगत व्यवस्थाहरुको विषयमा सरोकारवालाहरु सँग संवाद र अन्तरक्रिया गरिएको प्रेरणा द्वारा संचालित ENGAGE परियोजनाका कार्यक्रम संयोजक रामचन्द्र चौधरीले  जानकारी दिए ।

  कौडेना गाउँपालिकाका ६ वटा वडाहरुमा संचालित सुरक्षित सिकाई परियोजना कार्यक्रमबाट विद्यालयमा भएका दुर्ववहार, हिंसा तथा भेदभाव सम्बन्धि जानकारी प्राप्त गरेको र सोही आधारमा विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरु सँग  सुरक्षित सिकाईको अवधारणालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने प्रतिबद्धता गराएको ,विद्यालयमा सुरक्षित सिकाईको वातावरण निर्माणका लागि स्थानीय सरकारको लेखाजोखा गरि  विद्यमान नीतिगत व्यवस्थालाई सचेत ढंगले लागू गर्न स्थानीय सरकारबाट  प्रतिबद्धता भएको प्रेरणाका कार्यक्रम संयोजक कविता चौधरीले बताए ।

   भि.एस.ओ का जिल्ला परियोजना अधिकृत दिपेन्द्र तिवारी ,भि.एस.ओ का राष्ट्रिय स्वयंसेवक कृतिका पोखरेल ,कौडेना गापा अन्तर्गतका ६ वटा वडाका वडाध्यक्षहरु, ५ वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक अविभावक संघका प्रतिनिधि लगायत किशोर किशोरीहरुको सहभागीतामा संचालन गरिएको कार्यक्रममा सहभागीहरुले  विद्यालयमा सुरक्षित वातावरण निर्माणका लागि स्थानीय सरकारले गर्नुपर्ने पहलको बारेमा छलफल गरि कार्यान्वयनका लागि  प्रतिवद्धता जनाएको तथ्यांक अधिकृत मनिल श्रेठले जानकारी दिए ।

   कार्यक्रम सदरमुकाम मलंगवा नपा वडा न-८ स्थित कुशुम पार्टी पैलेसको सभाहलमा सम्पन्न भएको हो ।



No comments:

Post a Comment