Wednesday, April 6, 2022
टाइफाइड खोपबारे रामनगर गाउपालिकाले गर्याे अन्तरक्रिया
नगरपालिकाले बैशाख ४ गते देखि ९ गते सम्म पालिकाको ७ वटै वडाका विद्यालय तथा स्वास्थ्य संस्थाहरुबाट १५ महिनादेखि १५ वर्षसम्मका बाल बालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम तय रहेको गाउपालिका स्वास्थ्य शाखाका संयोजक संतोष यादवले जानकारी दिए । उनका अनुसार रामनगर गा.पा. भित्र ७ हजार ७ सय ७९ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । बैशाख ४ गते देखि ९ गते सम्म नगरभित्रका सामुदायिक र निजी विद्यालयहरुमै पालैपालो खोप केन्द्र संचालन गरेर खोप लगाईने स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिए। संयोजक यादवले संचालन रहेको कार्यक्रममा नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार यादवको अध्यक्षता रहेको थियो भने स्वास्थ्य कार्यालय सर्लाहीका अधिकृतद्धय क्षयकुष्ठ अधिकृत बलराम यादव र परिवार नियोजन अधिकृत पशुपती यादवको समेत कार्यक्रममा उपस्थिती रहेको थियो ।
Monday, April 4, 2022
पत्रकारहरुलाई टाइफाइड रोग विरुद्धको खोप अभियान बारे जानकारी गराइयो।
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत २१
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले टाइफाइड रोग बिरुद्धको खोप अभियान बारे जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।
सोमबार सदरमुकाम मलंगवामा नियमित खोपमा टाइफाइड खोपको सुरुवात तथा नियमित खोप सुदृढीकरण र सरसफाइ प्रवर्द्धन बारे पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।टाइफइड खोप अभियानबारे जानकारी गराउँने, सामुदायीक पहुँचमा बृद्धि गर्ने र स्वास्थ्य सेवा कार्यालयले दिदै आएको विभिनन सेवाहरुबारे जानकारी दिने उद्धेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र राउतले जानकारी दिनुभयो ।
मलंगवा स्थित रिपोर्टस क्लबको सभा हलमा आयोजित कार्यक्रममा ब्रह्मपुरी गापाका नि.प्र.प्र अधिकृत शिवनारायण कापड,जनस्वास्थ्य निरिक्षक विवेक कुमार साह लगायत विभिन्न संचार गृहका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
यो खोप अभियानमा १५ महिनादेखि १५ बर्ष मूनिका बालबालिकालाई लक्षित गरिएको राउतले बताउनुभयो ।
नगरस्तरीय सिकाई आदानप्रदान कार्यक्रम मलंगवामा सम्पन्न सिकाई आदानप्रदान कार्यक्रम मलंगवामा सम्पन्न
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत २१
भिएसओ,प्रेरण र एचआइ को साझेदारीमा संचालित किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत नगर स्तरीय सिकाई आदानप्रदान कार्यक्रम सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।
बिरबलको खिचडी होटलमा सम्पन्न भएको कार्यक्रममा समावेशी र समतामूलक शिक्षाको लागि वर्ष भरिमा गरिएका विभिन्न कार्यक्रम ,कार्यक्रम गर्दा खेरी आएका समस्या तथा चुनौतीहरुको विषयमा मलंगवा नगरपालिकाका पदाधिकारी लगायत वडा प्रमुखहरु सँग छलफल गरिएको भिएसओ का राजन कर्णले बताए ।
कार्यक्रममा प्रेरणाका कार्यक्रम संयोजक रामचन्द्र चौधरीले वर्ष भरी संचालन भएका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए।
उपमेयर शान्ति मिकरानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी सहित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा १२ वटै वडाका वडाध्यक्ष लगायतहरुको उपस्थिति रहेको थियो।
स्थानीय तहमा महिला जनप्रतिनिधीहरुको प्रभावकारी भुमिका तथा क्षमता अभिवृद्धि सम्बन्धित ४ दिने तालिम सम्पन्न
अजिता चौधरी–--
सर्लाही, चैत्र २१
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि तथा प्रभावकारी भुमिका निर्वाह गर्न Mandwi/IFES ले सर्लाहीको मलंगवामा आयोजना गरेको ४ दिने तालिम सोमबार सम्पन्न भएको छ ।
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुले अझ बढि आत्मा बिश्वासका साथ प्रभाकारी ढंगले आफनो भुमिका निर्वाह गर्ने भन्ने उदेश्यका साथ शी लिड्सले तालिमको आयोजना गरेको थियो। आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी कसरी दिने र निर्वाचित भएपछि स्थानीय सरकारमा कुशल जनप्रतिनिधी भएर काम गर्न महिला जनप्रतिनिधीहरुलाई चाहिने सीप र ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गर्नु भएकी कविलासी नगरपालिकाकी उपप्रमुख राधादेवी यादवले बताए । तालिमको समापन गर्नु हुदै उपप्रमुख यादवले सहभागी सबै महिला जनप्रतिनिधीहरुलाई सफलताको कामना गर्दै बधाई समेत दिएका थिए।
मधेश प्रदेशको ५ वटा जिल्लाका २८ वटा पालिकाहरुमा महिला जनप्रतिनिधीको सर्भे गर्ने कार्य हुने जस मध्ये सर्लाहीको हरिवन, बागमती, बरहथवा, हरिपुर्वा र कविलासी नगरपालिकामा महिला जनप्रतिनिधी सर्भेको काम हुने संस्थाले जनाएको छ ।
कार्यक्रममा समिर यादव र बनिता कार्कीले सहभागीहरुलाई महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि र प्रभावकारी भुमिका निर्वाह कसरी गर्ने र राजनीतिक तथा निर्णय प्रक्रियामा महिला सहभागिताको संख्या कसरी बढाउने सम्बन्धी प्रशिक्षण दिएका थिए । तालिममा २८ जना महिला जन प्रतिनिधी लगायत सरोकारवालहरुको सहभागिता रहेको थियो ।
Saturday, April 2, 2022
महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धिको लागि शी–लिड्स द्वारा तालिम संचालन
अजिता चौधरी----
सर्लाही,चैत १९
स्थानीय तहका जननिर्वाचित महिला प्रतिनिधीहरुको क्षमता अभिवृद्धि तथा प्रभावकारी भुमिका निर्वाह गर्ने उदेश्यले शी-लिड्सले तालिमको आयोजना गरेको छ ।
स्थानीय तहका महिला जनप्रतिनिधीहरु अझ बढि आत्माबिश्वासका साथ प्रभाकारी ढंगले आफ्नो भुमिका निर्वाह गरुन भन्ने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी कसरी दिने र निर्वाचित भएपछि कुशल जनप्रतिनिधी भएर काम गर्न चाहिने सीप र ज्ञान प्रदान गर्न तालिम संचालन गरेको शी–लिड्स महिला कार्यक्रमका प्रोग्राम अफिसर मनिल श्रेष्ठले बताउनु भयो । मधेश प्रदेशको ५ वटा जिल्लाका २८ वटा पालिकाहरुमा महिला जनप्रतिनिधीको सर्भे गर्ने कार्य पनि भईरहेको उहँले जानकारी दिनुभयो ।
सर्लाहीको हरिवन, बागमती, बरहथवा, हरिपुर्वा र कविलासी नगरपालिकामा महिला जनप्रतिनिधीहरुको सर्भेको काम हुने श्रेष्ठले बताउनुभयो। कार्यक्रममा प्रशिक्षकद्धय समिर यादव र बनिता कार्कीले महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि र प्रभावकारी भुमिका निर्वाह कसरी गर्ने र राजनीतिक तथा निर्णय प्रक्रियामा महिला सहभागिताको संख्या कसरी बढाउने जानकारी गराएका थिए।
कविलासी नगरपालिकाका उपप्रमुख राधादेवी यादवको सभापतित्वमा संचालन भएको कार्यक्रममा २८ जना महिला जनप्रतिनिधी लगायत सरोकारवालहरुको सहभागिता रहेको समाजिक परिचालक गुन्जा साहले जानकारी दिए ।
अष्ट्रेलियन एडको आर्थिक सहयोगमा संचालन भइरहेको तालिम ४ दिन सम्म चल्ने आयोजकले जनाएको छ।
चैत नवरात्रको पहिलो दिन मलंगवामा सयौं कुमारी कन्याहरुको कलश यात्रा निकालियो
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत १९
यस वर्षको चैतेदशैं शनिवारदेखी सुरु भएको छ । चैतेदशैको अवसर पारेर पहिलो दिन शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा सयौं संख्यामा कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका छन् ।
सयौं कुमारी कन्या तथा स्थानीयबासीहरुको सहभागीतामा बाजागाजा र झाँकी सहित निकालिएको कलश यात्रा शोभा यात्रा मलंगवा स्थित भगवती मन्दिरदेखि सुरु भइ नगरको विभिन्न भागको परिक्रमा गरु पुनः भगवती मन्दिरमा पुगेर सम्पन्न भएको थियो। नवरात्रको लागि कुमारी कन्याहरुद्धारा भएको कलशयात्रा पछि विधिवत रुपमा पुजा शुरु भएको छ ।
म्यादी प्रहरीमा भर्ना गराईदिने नाउँमा ठगी गर्ने एकजना मलंगवाबाट पक्राउ
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत १९
म्यादी प्रहरीमा भर्ना गराईदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-७ निवासी ३९ वर्षीय दिपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ।
आसन्न स्थानीय तह निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय मलंगवाले छनाैट गरिरहेकाे म्यादी प्रहरीमा भर्ना हुन आएकालाई पास गराईदिन्छु भन्दै चाैधरीले प्रति ब्यक्ति ५ हजार देखि ८ हजार रुपैयाँ ठगी गरेकाे प्रहरीले बताएको छ ।उनलाई गत शुक्रबार पक्राउ गरिएकाे हो।
चाैधरीले म्यादीमा छनौटका लागि आएका एवं फेल भईसकेका व्यक्तिहरुलाई पास गराईदिन्छु भन्दै झुटा आश्वासन दिएर ठगी गरेको आरोप छ। अभियुक्त चाैधरीलाई जिल्ला अदालतबाट ७ दिनकाे म्याद लिएर अनुसन्धान अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।
Subscribe to:
Posts (Atom)












