Monday, April 4, 2022

स्थानीय तहमा महिला जनप्रतिनिधीहरुको प्रभावकारी भुमिका तथा क्षमता अभिवृद्धि सम्बन्धित ४ दिने तालिम सम्पन्न

 





अजिता चौधरी–--

सर्लाही, चैत्र २१ 

      स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि तथा  प्रभावकारी भुमिका निर्वाह गर्न Mandwi/IFES ले सर्लाहीको  मलंगवामा आयोजना गरेको  ४ दिने तालिम सोमबार  सम्पन्न भएको छ ।

    स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुले अझ बढि आत्मा बिश्वासका साथ प्रभाकारी ढंगले आफनो भुमिका निर्वाह गर्ने भन्ने उदेश्यका साथ शी लिड्सले  तालिमको आयोजना गरेको थियो। आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी कसरी दिने र निर्वाचित भएपछि स्थानीय सरकारमा कुशल जनप्रतिनिधी भएर काम गर्न महिला जनप्रतिनिधीहरुलाई चाहिने सीप र ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको  कार्यक्रमको अध्यक्षता गर्नु भएकी कविलासी नगरपालिकाकी उपप्रमुख राधादेवी यादवले बताए  । तालिमको समापन गर्नु हुदै उपप्रमुख यादवले सहभागी सबै महिला जनप्रतिनिधीहरुलाई सफलताको कामना गर्दै  बधाई समेत दिएका थिए। 

   मधेश प्रदेशको ५ वटा जिल्लाका २८ वटा पालिकाहरुमा महिला जनप्रतिनिधीको सर्भे गर्ने कार्य  हुने जस मध्ये सर्लाहीको हरिवन, बागमती, बरहथवा, हरिपुर्वा र कविलासी नगरपालिकामा महिला जनप्रतिनिधी सर्भेको काम हुने संस्थाले जनाएको  छ ।

    कार्यक्रममा समिर यादव र बनिता कार्कीले सहभागीहरुलाई महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि र प्रभावकारी भुमिका निर्वाह कसरी गर्ने र राजनीतिक तथा निर्णय प्रक्रियामा महिला सहभागिताको संख्या कसरी बढाउने सम्बन्धी प्रशिक्षण दिएका थिए ।     तालिममा २८ जना महिला जन प्रतिनिधी लगायत सरोकारवालहरुको सहभागिता रहेको थियो ।


No comments:

Post a Comment