Monday, April 4, 2022

नगरस्तरीय सिकाई आदानप्रदान कार्यक्रम मलंगवामा सम्पन्न सिकाई आदानप्रदान कार्यक्रम मलंगवामा सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत २१

     भिएसओ,प्रेरण र  एचआइ को साझेदारीमा संचालित किशोरी सशक्तीकरणका लागि  शिक्षा कार्यक्रम अन्तर्गत नगर स्तरीय सिकाई आदानप्रदान कार्यक्रम सोमबार सर्लाहीको सदरमुकाम  मलंगवामा  सम्पन्न भएको छ।

   बिरबलको खिचडी होटलमा सम्पन्न भएको कार्यक्रममा समावेशी र समतामूलक शिक्षाको लागि वर्ष भरिमा गरिएका विभिन्न कार्यक्रम ,कार्यक्रम गर्दा खेरी आएका समस्या तथा चुनौतीहरुको  विषयमा मलंगवा नगरपालिकाका पदाधिकारी लगायत वडा प्रमुखहरु सँग छलफल गरिएको भिएसओ का राजन कर्णले बताए ।

  कार्यक्रममा   प्रेरणाका कार्यक्रम संयोजक रामचन्द्र चौधरीले वर्ष भरी संचालन भएका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए।

   उपमेयर शान्ति मिकरानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी सहित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा १२ वटै वडाका वडाध्यक्ष लगायतहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment