Monday, April 4, 2022

पत्रकारहरुलाई टाइफाइड रोग विरुद्धको खोप अभियान बारे जानकारी गराइयो।

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत २१

    सर्लाहीको ब्रह्मपुरी गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले टाइफाइड रोग बिरुद्धको खोप अभियान बारे जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । 

    सोमबार  सदरमुकाम मलंगवामा नियमित खोपमा टाइफाइड खोपको सुरुवात तथा नियमित खोप सुदृढीकरण र सरसफाइ प्रवर्द्धन बारे पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।टाइफइड खोप अभियानबारे जानकारी गराउँने, सामुदायीक पहुँचमा बृद्धि गर्ने र स्वास्थ्य सेवा कार्यालयले दिदै आएको विभिनन सेवाहरुबारे जानकारी दिने उद्धेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र राउतले जानकारी दिनुभयो ।

    मलंगवा स्थित रिपोर्टस क्लबको सभा हलमा आयोजित कार्यक्रममा ब्रह्मपुरी गापाका नि.प्र.प्र अधिकृत शिवनारायण कापड,जनस्वास्थ्य निरिक्षक विवेक कुमार साह लगायत विभिन्न संचार गृहका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।      

   यो खोप अभियानमा १५ महिनादेखि १५ बर्ष मूनिका बालबालिकालाई लक्षित गरिएको राउतले बताउनुभयो ।


No comments:

Post a Comment