Saturday, April 2, 2022

चैत नवरात्रको पहिलो दिन मलंगवामा सयौं कुमारी कन्याहरुको कलश यात्रा निकालियो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १९

   यस वर्षको चैतेदशैं शनिवारदेखी सुरु भएको छ । चैतेदशैको अवसर पारेर पहिलो दिन शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा सयौं  संख्यामा कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका छन् ।

  सयौं  कुमारी कन्या तथा स्थानीयबासीहरुको सहभागीतामा  बाजागाजा र झाँकी सहित निकालिएको कलश यात्रा शोभा यात्रा मलंगवा स्थित भगवती मन्दिरदेखि सुरु भइ नगरको विभिन्न भागको परिक्रमा गरु पुनः भगवती मन्दिरमा पुगेर सम्पन्न भएको थियो। नवरात्रको लागि कुमारी कन्याहरुद्धारा भएको कलशयात्रा पछि  विधिवत रुपमा पुजा शुरु भएको छ । 

No comments:

Post a Comment