Saturday, April 2, 2022

म्यादी प्रहरीमा भर्ना गराईदिने नाउँमा ठगी गर्ने एकजना मलंगवाबाट पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १९

    म्यादी प्रहरीमा भर्ना गराईदिन्छु भन्दै ठगी गरेको आरोपमा  एकजना ब्यक्तिलाई  प्रहरीले पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-७ निवासी ३९ वर्षीय दिपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ।

  आसन्न स्थानीय तह निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय मलंगवाले छनाैट गरिरहेकाे म्यादी प्रहरीमा भर्ना हुन आएकालाई पास गराईदिन्छु भन्दै चाैधरीले प्रति ब्यक्ति ५ हजार देखि ८ हजार रुपैयाँ  ठगी गरेकाे  प्रहरीले बताएको  छ ।उनलाई गत शुक्रबार पक्राउ गरिएकाे हो।

   चाैधरीले म्यादीमा छनौटका लागि आएका एवं फेल भईसकेका व्यक्तिहरुलाई  पास गराईदिन्छु भन्दै झुटा आश्वासन दिएर ठगी गरेको आरोप छ।    अभियुक्त चाैधरीलाई जिल्ला अदालतबाट ७ दिनकाे म्याद लिएर अनुसन्धान अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।


No comments:

Post a Comment