Saturday, April 2, 2022

महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धिको लागि शी–लिड्स द्वारा तालिम संचालन

  

अजिता चौधरी----

सर्लाही,चैत १९

    स्थानीय तहका जननिर्वाचित महिला प्रतिनिधीहरुको क्षमता अभिवृद्धि तथा  प्रभावकारी भुमिका निर्वाह गर्ने उदेश्यले  शी-लिड्सले तालिमको आयोजना गरेको छ ।

     स्थानीय तहका महिला जनप्रतिनिधीहरु अझ बढि आत्माबिश्वासका साथ प्रभाकारी ढंगले आफ्नो भुमिका निर्वाह गरुन भन्ने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाले  जनाएको छ ।आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी कसरी दिने र निर्वाचित भएपछि  कुशल जनप्रतिनिधी भएर काम गर्न चाहिने सीप र ज्ञान प्रदान गर्न तालिम संचालन गरेको शी–लिड्स महिला कार्यक्रमका प्रोग्राम अफिसर मनिल श्रेष्ठले बताउनु भयो । मधेश प्रदेशको ५ वटा जिल्लाका २८ वटा पालिकाहरुमा महिला जनप्रतिनिधीको सर्भे गर्ने कार्य पनि भईरहेको उहँले जानकारी दिनुभयो ।   

     सर्लाहीको हरिवन, बागमती, बरहथवा, हरिपुर्वा र कविलासी नगरपालिकामा महिला जनप्रतिनिधीहरुको सर्भेको काम हुने श्रेष्ठले बताउनुभयो। कार्यक्रममा प्रशिक्षकद्धय समिर यादव र बनिता कार्कीले महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि र प्रभावकारी भुमिका निर्वाह कसरी गर्ने र राजनीतिक तथा निर्णय प्रक्रियामा महिला सहभागिताको संख्या कसरी बढाउने जानकारी गराएका थिए।

   कविलासी नगरपालिकाका उपप्रमुख राधादेवी यादवको सभापतित्वमा संचालन भएको कार्यक्रममा २८ जना महिला जनप्रतिनिधी लगायत सरोकारवालहरुको सहभागिता रहेको समाजिक परिचालक गुन्जा साहले जानकारी दिए । 

   अष्ट्रेलियन एडको आर्थिक सहयोगमा संचालन भइरहेको तालिम  ४ दिन सम्म चल्ने आयोजकले जनाएको छ।

No comments:

Post a Comment