Monday, May 8, 2023
आगलागीबाट १५लाखको क्षति एक जना घाइते
आगलागीबाट १५लाखको क्षति एक जना घाइते
Saturday, May 6, 2023
मलंगवामा दुई दिने नि:शुल्क मुटुरोग शिविर सम्पन्न
मलंगवामा दुई दिने नि:शुल्क मुटुरोग शिविर सम्पन्न
लोकतन्त्र समाचारदाता---
सर्लाही,बैशाख २३
मुटु तथा मधुमेह सम्वन्धि दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।मलंगवा नगरपालिकाको आयोजना तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर र लायन्स क्लब अफ जनकपुरधामको प्रविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
मलंगवा न.पा वडा न-४शिवसागर चौक स्थित वडा कार्यालयमा सम्पन्न भएको शिविरमा ३० देखि ७० वर्ष उमेर सम्मका झण्डै ३ सय ५० जना बढी महिला तथा पुरुषहरुले उपचार सेवा लिएको नगरपालिकाले जनाएको छ। शिविरमा आएका बिरामीहरुको नि:शुल्क रुपमा ECG,ECO र डाइविटिज जाँचको साथै औषधि समेत नि:शुल्क बितरण गरिएको थियो ।
शुक्रवार नगरप्रमुख नागेन्द्र प्रसाद यादव द्वारा उद्घाटन भई सुरु भएको उक्त स्वास्थ्य शिविरमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरका कार्डियोलोजिस्ट तथा प्रमुख एवं मुटुरोग विशेषज्ञ तथा फिजिसियन डा.राजेश कुमार साह नेतृत्वको चिकित्सकहरुको टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
Friday, May 5, 2023
जसपाको सर्लाही जिल्ला समन्वय समितिको अध्यक्षमा राय चयन
जसपाको सर्लाही जिल्ला समन्वय समितिको अध्यक्षमा राय चयन
लोकतन्त्र समाचारदाता---
सर्लाही,बैशाख २२
जनता समाजवादी पार्टी (जसपा)को सर्लाही जिल्ला समन्वय समितिको अध्यक्षमा वीरेन्द्र कुमार राय चयन भएका छन् । २०७९ साल चैत्र १४ गते बसेको कार्यदलको निर्णय गरिएको सिफारिस बमोजिम उहाँको अध्यक्षतामा ८३ सदस्यीय जसपा सर्लाही जिल्ला समन्वय समिति गठन गरिएको छ ।
रायको अध्यक्षता तथा प्रमुख अतिथि पुर्व प्रतिनिधि सभा सदस्य प्रमाेद साह को प्रमुख आतिथ्यता र प्रदेश अध्यक्ष रामबाबु यादव,मुख्य सचिब दिनेश यादवको विशिष्ठ अतिथ्यतामा शुक्रवार मलंगवा स्थित कलवार सेवा समिति धर्मशालामा सम्पन्न भएको कार्यक्रममा पुव प्रदेश सभा सदस्य अशाेक यादव,निरा साह ,प्रेस मञ्चका केन्द्रीय उपाध्यक्ष मनाेज यादव ,प्रदेश समिति सदस्य बिजय यादव लगायतका अतिथिहरुको उपस्थिति रहेकाे थियाे ।
गोडैता बजारमा म्याद गुज्रिएका खाद्य सामग्री,स्थानीय उपभोक्ताहरु द्वारा अनुगमनको माग
गोडैता बजारमा म्याद गुज्रिएका खाद्य सामग्री,स्थानीय उपभोक्ताहरु द्वारा अनुगमनको माग
मनोज यादव---
सर्लाही,बैशाख २२
सर्लाही जिल्लाको प्रमुख बजारहरु मध्ये पर्ने गोडैता बजारका पसलहरुमा म्याद गुज्रिएका खाद्य सामग्रीहरु पाइएका छन्।गोडैता बजारमा मात्र नभई सो क्षेत्रका अन्य बजार तथा गाउँघरका पसलहरुमा पसलेहरुले म्याद सकिएका खाद्य सामाग्रीहरु खुलेआम रुपमा बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको छ।
यसरी खुलेआम रुपमा म्याद सक्किएका खाद्य सामाग्रीहरु बिक्रीवितरण भइरहँदा पनि नियमन निकायहरु भने मौन बसेको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् । गोडैता नगरपालिकाका संग बजार अनुगमन गर्न आग्रह गर्दा पनि बेवास्ता गरेको स्थानियाहरुको गुनासो छ।
अहिले विहेवारीको(लगन)समय रहेकोले भोजभतेरको लागि प्याकेटवाला सामानहरु जस्तै विभिन्न मसला,खाने तेल,पेय पदार्थ लगायतका सामाग्रीहरुको सबैभन्दा बढी खपत हुने गरेकोले पसलेहरु बिक्री नभएर लामोसमयदेखि गोदाममा थन्काएर राखिएका खाद्य सामाग्रीहरु बेचिरहेको पाइएको छ।
सो क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका मसला, बिस्कुट,चकलेट,चिउरा, भुजिया,विभिन्न पेयपदार्थ, बोतलको पानी लगायतकका सामाग्रीहरु पाइएकोले तत्कालै बजार अनुगमन गरि उपभोक्ताहरुको स्वास्थ्य माथि खेलवाड गर्ने यस्ता पसले तथा व्यापारीहरुलाई नेपालको प्रचलित कानुन अनुसार कार्यवाही गर्नुपर्ने स्थानीयहरुले माग गरेका छन् ।
सीडीओ कार्यालयमा आगलागी हुँदा अवरुद्ध भएका सेवाहरु आजबाट सुचारु
सीडीओ कार्यालयमा आगलागी हुँदा अवरुद्ध भएका सेवाहरु आजबाट सुचारु
लोकतन्त्र समाचारदाता---
सर्लाही,बैशाख २२
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा आगलागी भएपछि अबरुद्ध भएका सेवाहरु आजबाट पुनः सुचारु भएको छ ।
गत मंगलबार बिहान करिब पौने ६ बजे विद्युत् सर्ट भइ कार्यालयको नागरिकता प्रतिलिपी फाँटमा आगलागी भएको थियो। आगलागीबाट नागरिकता प्रतिलिपी फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानर लगायतका सामाग्रीहरु जल्नुका साथै दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको थियो। आगलागीपछि कार्यालयको पूरै वाइरिङ समेत जलेकाले मर्मतकार्य गर्ने अवधीसम्मको लागि सेवाहरु अवरुद्ध गर्नुपरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
मर्मत सम्भारको सम्पूर्ण काम सक्किएकोले कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु बिहिवार सूचना प्रकाशित गरि शुक्रवारबाट पुनः सुचारू गरेको प्रजिअ यादवले जानकारी गराउनुभयो।
Thursday, May 4, 2023
लैंगिक तथा सामाजिक समावेशीको आधारमा बजेट तर्जुमा गर्ने पालिका प्रमुखहरु द्वारा प्रतिबद्धता
लैंगिक तथा सामाजिक समावेशीको आधारमा बजेट तर्जुमा गर्ने पालिका प्रमुखहरु द्वारा प्रतिबद्धता
लोकतन्त्र समाचारदाता---
सर्लाही,बैशाख २१
आर्थिक वर्ष २०८०/०८१ को लागि लैंगिक तथा सामाजिक समावेशीकरण नितिको आधारमा बजेट तर्जुमा गर्ने स्थानीय तहका प्रमुखहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीले बिहिवार सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना गरेको "स्थानीय तहमा लैंगिक उत्तरदायी बजेट निर्माण" सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी भएका कबिलासी,हरिवन,बागमती ,बरहथवा र हरिपुर्वा नगरपालिकाका प्रमुखहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन्।कार्यक्रममा लैंगिक तथा सामाजिक समावेशीकरण निति बनाउने ,योजना तर्जुमा गर्दा देखि कार्यान्वयन र अनुगमन हुँदासम्म लैंगिक उत्तरदायी बजेटलाई ख्याल गरिएको छ या छैन भन्ने निगरानी गर्ने लगायतका विषयमा समेत पालिका प्रमुखहरुले आआफ्नो तर्फबाट प्रतिबद्धता ब्यक्त गरेका छन् । हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बजेट तर्जुमा गर्न दुई महिना अगावै सरोकारवालाहरु बिच अन्तरक्रिया गराएर यस विषयमा ध्यानाकर्षण गराएर माण्डवीले राम्रो काम गरेको बताउनुभयो ।साथै उहाँले यसअघिनै हरिवन नगरपालिकाले GESI को अडिट गराइ सकेको जानकारी गराउनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले उपयुक्त समयमा आएर अन्तरक्रिया कार्यक्रम मार्फत यस संस्थाले लैंगिक उत्तरदायी र समावेशीकरणको आधारमा योजना तर्जुमा गर्न ध्यानाकर्षण गराएकोले यस विषयमा गम्भीर हुन पालिका प्रमुखहरुहरुलाई सचेत गराउनुभयो।
मलंगवा-९ स्थित नवरंग होटलमा माण्डवीका कार्यक्रम संयोजक मुनीलाल बैठाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण बनिता कार्कीले गरेका थिए भने संचालन रमा पौडेलले गरेका थिए।
कार्यक्रममा कबिलासी नगरपालिकाका मेयर ब्रह्मदेव राय,बरहथवा न.पा का उपमेयर रामबाबु साह,हरिवन न.पा का प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान ,बागमती न.पा का मेयर प्रतिनिधि राजकुमार विश्वकर्मा ,पाँचवटै पालिकाका महिला तथा बालबालिका शाखाका संयोजक, महिला संजालका संयोजक तथा सचिव,कार्यपालिका सदस्यहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले राखेका थिए।
Tuesday, May 2, 2023
जेसिजको आयोजनामा मलंगवामा रक्तदान कार्यक्रम सम्पन्न
जेसिजको आयोजनामा मलंगवामा रक्तदान कार्यक्रम सम्पन्न
लोकतन्त्र समाचारदाता----
सर्लाही,बैशाख १९
मलंगवा जेसिजको आयोजना,नेपाल रेडक्रस सोसाइटी मलंगवा शाखाको प्राबिधिक सहयोग तथा नेपाल बाल संगठन मलंगवा शाखाको सहयोगमा सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न सप्पन्न भएको छ ।
मजदुर दिवसको अवसर पारेर वडा न-९ स्थित बाल मन्दिरको प्रांगणमा आयोजना भएको कार्यक्रममा १२ जना युवाहरुले रक्तदान गरेको मलंगवा जेसीज २०२३ का अध्यक्ष जेसी राम लखन महतोले जनाएको छ।
Subscribe to:
Posts (Atom)











