Friday, May 5, 2023

जसपाको सर्लाही जिल्ला समन्वय समितिको अध्यक्षमा राय चयन

 

जसपाको सर्लाही जिल्ला समन्वय समितिको अध्यक्षमा राय चयन



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २२

   जनता समाजवादी पार्टी (जसपा)को सर्लाही जिल्ला समन्वय समितिको अध्यक्षमा वीरेन्द्र कुमार राय चयन भएका छन् । २०७९ साल चैत्र १४ गते बसेको कार्यदलको निर्णय गरिएको सिफारिस बमोजिम उहाँको अध्यक्षतामा ८३ सदस्यीय जसपा सर्लाही जिल्ला समन्वय समिति गठन गरिएको छ ।

    रायको अध्यक्षता तथा प्रमुख अतिथि पुर्व प्रतिनिधि सभा सदस्य प्रमाेद साह को प्रमुख आतिथ्यता र  प्रदेश अध्यक्ष रामबाबु यादव,मुख्य सचिब दिनेश यादवको विशिष्ठ अतिथ्यतामा शुक्रवार मलंगवा स्थित कलवार सेवा समिति धर्मशालामा सम्पन्न भएको कार्यक्रममा पुव प्रदेश सभा सदस्य अशाेक यादव,निरा साह ,प्रेस मञ्चका केन्द्रीय उपाध्यक्ष मनाेज यादव ,प्रदेश समिति सदस्य बिजय यादव लगायतका अतिथिहरुको  उपस्थिति रहेकाे थियाे ।





No comments:

Post a Comment