Friday, May 5, 2023

सीडीओ कार्यालयमा आगलागी हुँदा अवरुद्ध भएका सेवाहरु आजबाट सुचारु

 

सीडीओ कार्यालयमा आगलागी हुँदा  अवरुद्ध भएका सेवाहरु आजबाट सुचारु 

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २२

   सर्लाहीको  सदरमुकाम मलंगवा नगरपालिका स्थित  जिल्ला प्रशासन कार्यालयमा आगलागी भएपछि अबरुद्ध भएका सेवाहरु आजबाट पुनः सुचारु भएको छ ।

    गत मंगलबार बिहान करिब पौने ६ बजे  विद्युत् सर्ट भइ कार्यालयको नागरिकता प्रतिलिपी फाँटमा आगलागी भएको थियो। आगलागीबाट नागरिकता प्रतिलिपी फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानर लगायतका सामाग्रीहरु जल्नुका साथै  दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको थियो।   आगलागीपछि कार्यालयको पूरै वाइरिङ समेत जलेकाले मर्मतकार्य गर्ने अवधीसम्मको लागि सेवाहरु अवरुद्ध  गर्नुपरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

    मर्मत सम्भारको सम्पूर्ण काम सक्किएकोले कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु बिहिवार सूचना प्रकाशित गरि शुक्रवारबाट पुनः सुचारू गरेको प्रजिअ यादवले जानकारी गराउनुभयो।

No comments:

Post a Comment