Saturday, May 6, 2023

मलंगवामा दुई दिने नि:शुल्क मुटुरोग शिविर सम्पन्न


मलंगवामा दुई दिने नि:शुल्क मुटुरोग  शिविर सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २३

     मुटु तथा मधुमेह सम्वन्धि दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सदरमुकाम मलंगवामा  सम्पन्न भएको छ ।मलंगवा नगरपालिकाको आयोजना तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर र  लायन्स क्लब अफ जनकपुरधामको प्रविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

    मलंगवा न.पा वडा न-४शिवसागर चौक स्थित वडा कार्यालयमा सम्पन्न भएको शिविरमा ३० देखि ७० वर्ष उमेर सम्मका झण्डै ३ सय ५० जना बढी महिला तथा पुरुषहरुले उपचार सेवा लिएको नगरपालिकाले जनाएको छ। शिविरमा आएका बिरामीहरुको नि:शुल्क रुपमा ECG,ECO र डाइविटिज जाँचको साथै औषधि समेत नि:शुल्क बितरण गरिएको थियो ।

   शुक्रवार नगरप्रमुख नागेन्द्र प्रसाद यादव द्वारा  उद्घाटन भई सुरु भएको उक्त स्वास्थ्य शिविरमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरका कार्डियोलोजिस्ट तथा प्रमुख एवं  मुटुरोग विशेषज्ञ तथा फिजिसियन डा.राजेश कुमार साह नेतृत्वको चिकित्सकहरुको टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए  । 



 


No comments:

Post a Comment