Friday, May 5, 2023

गोडैता बजारमा म्याद गुज्रिएका खाद्य सामग्री,स्थानीय उपभोक्ताहरु द्वारा अनुगमनको माग

 


गोडैता बजारमा म्याद गुज्रिएका खाद्य सामग्री,स्थानीय उपभोक्ताहरु द्वारा अनुगमनको माग



मनोज यादव---

सर्लाही,बैशाख २२

   सर्लाही जिल्लाको प्रमुख बजारहरु मध्ये पर्ने  गोडैता बजारका पसलहरुमा म्याद गुज्रिएका खाद्य सामग्रीहरु पाइएका छन्।गोडैता बजारमा मात्र नभई सो क्षेत्रका अन्य बजार तथा गाउँघरका पसलहरुमा पसलेहरुले म्याद सकिएका खाद्य सामाग्रीहरु खुलेआम रुपमा बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको छ।

   यसरी खुलेआम रुपमा म्याद सक्किएका खाद्य सामाग्रीहरु बिक्रीवितरण भइरहँदा पनि नियमन निकायहरु भने मौन बसेको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् । गोडैता नगरपालिकाका संग बजार अनुगमन गर्न  आग्रह गर्दा पनि  बेवास्ता गरेको स्थानियाहरुको गुनासो छ।

   अहिले विहेवारीको(लगन)समय रहेकोले भोजभतेरको लागि प्याकेटवाला सामानहरु जस्तै विभिन्न मसला,खाने तेल,पेय पदार्थ लगायतका सामाग्रीहरुको सबैभन्दा बढी खपत हुने गरेकोले पसलेहरु बिक्री नभएर लामोसमयदेखि गोदाममा थन्काएर राखिएका खाद्य सामाग्रीहरु बेचिरहेको पाइएको छ।

    सो क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका मसला, बिस्कुट,चकलेट,चिउरा, भुजिया,विभिन्न पेयपदार्थ, बोतलको पानी लगायतकका सामाग्रीहरु पाइएकोले तत्कालै बजार अनुगमन गरि उपभोक्ताहरुको स्वास्थ्य माथि खेलवाड गर्ने यस्ता पसले तथा व्यापारीहरुलाई नेपालको प्रचलित कानुन अनुसार कार्यवाही गर्नुपर्ने   स्थानीयहरुले माग गरेका छन् ।

 

No comments:

Post a Comment