Wednesday, March 23, 2022
सर्लाहीको दुई छुट्टाछुट्टै स्थानमा आगलागी, २ लाख बढीको क्षति
मलंगवाबाट लागुऔषधसहित एकजना पक्राउ
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत ९
सर्लाहीको सदरमुकाम मलंगवाबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नं.११ बस्ने मंगले मोक्तानका छोरा अन्दाजी २४ वर्षीय रोहित लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मंगलवार दिउँसो १ बजेको समयमा मलंगवा-८ स्थित गोरखकाली प्रहरी चौकी अगाडी डिउटीमा खटिएका प्रहरी टोलीले भारतबाट नेपालतर्फ(मलंगव)पैदल आइरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा निजलाई २ पत्ता नाइट्राभेट -१० नामक लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले बताए । लामालाई हिरासतमा राखेर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
करेन्ट लागेर लालबन्दीमा एकजनाको मृत्यु
लोकतन्त्र समाचारदाता---
सर्लाही,फाल्गुन ९
करेन्ट लागेर सर्लाहीको लालबन्दीमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा न-१५ बस्ने अन्दाजी ४५ वर्षीय कुल बहादुर पुलामी मगर रहेका छन् । उनको मंगलबार बिहान सोही ठाउँको सतभैया भन्ने घन बहादुर दर्लामीको मन्दिर बनाउने क्रममा रड मिलाउँदा बिजुलीको पोलमा रहेको नाँगो तारमा रड छुनगई करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको छ।नाँगो तारमा रड छुँदा उनीसँगै रहेका गणेश बहादुर दर्लामी पनि घाइते भएका थिए । उनी लालबन्दी स्थित स्थानीय अस्पतालमा उपचार गराइ घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ।
मृतक पुलामी मगरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।
सर्लाही प्लसको जिल्ला समन्वय बैठक सम्पन्न
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत ९
सर्लाहीको सदरमुकाम मलंगवामा रहेको सर्लाही प्लस संस्थाले Global Fund/Save the children को सहयोगमा सर्लाही प्लस मलंगवा तथा Nsp plus N को संयुक्त साझेदारीमा सर्लाही जिल्लामा एचआईभी संक्रमितहरुको लागि सामुदायिक हेरचाह केन्द्र र समुदायमा आधारित घरमा हेरचाह सहयोग कार्यक्रम ,एचआईभी संक्रमित बालबालिकाको लागि सामाजिक संरक्षण अनुदान कार्यक्रमको बारेमा विभिन्न पदाधिकारी तथा सरोकारवालाहरुलाई जानकारी गराउँदै जिल्ला सम्वय बैठक सम्पन्न गरेको छ।
बुधबार मलंगवा वडा न-८ स्थित संस्थाको आफ्नै सभाकक्षमा जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका क्षय कुष्ठ अधिकृत बलराम यादवको अध्यक्षता तथा नगर उपप्रमुख(उपमेयर)शान्ती मिकरानीको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा सिसिसि सर्लाहीका इन्चार्ज राकेश मिश्रले सो कुराको जानकारी गराउँदै सामुदायिक हेरचाह केन्द्रको उदेश्य ,संचालित कार्यक्रमहरु तथा कार्यक्रमका सिद्धान्तहरुको विषयमा सहभागीहरुलाई अवगत गराएका थिए।
उक्त बैठकमा मलंगवा नपा स्वास्थ्य शाखा प्रमुख रामनन्दन राय,बि.डब्लु.एस.एनका अमजद अली मिकरानी,ब्लु डाइमण्ड सोसाइटीका कार्यक्रम संयोजक अब्दुल सहमद लगायत विभिन्न संस्थाका पदाधिकारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
Tuesday, March 22, 2022
वस्ती र सडक विस्तारका कारण पानीको लेयर तल झरेको छ :लालबन्दी नगर प्रमुख मान बहादुर खडका
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत ८
जमिन मुनीको पानी शुद्ध हुने र सबै नागरिकले जमिन मुनीको पानी खानुपर्ने लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । उहाँले नेपाल सरकारले सन् २०३० सम्ममा सबै नागरिकहरुलाई जमिन मुनीको पानी खुवाउने लक्ष्य राखेको र सो लक्ष्य पुरा गर्ने विषयमा पनि नगरपालिका लागि परेको बताउनु भयो ।
जमिन मुनीको पानी अदुश्यलाई दुश्य बनाउन भन्ने मुल नाराका साथ मनाइएको विश्व पानी दिवशको अवसरमा नगर प्रमुख खड्काले यस्तो बताउनु भएको हो ।
नेपाल नगरपालिका संघको आयोजनामा लालबन्दी नगरपालिकाको सभा हलमा भएको विश्व पानी दिवश कार्यक्रममा नगर प्रमुख खड्काले पहिलाको तुलनामा पानी निकै भासिएको बताउँदै पानीलाई सञ्चीत गर्न नसकेका कारण पानीको तह तल झरेको जसका कारण हिजोको तुलना पानी अहिले निकै तल पुगेको बताउनु भयो ।
मानव वस्तीको विस्तार र सडक निर्माणको क्रम तिब्रगतीमा बढेका कारण पनि पानीको लेबल तर झरेको र पानीलाई पोखरी बनाएर जोगाउन सक्नु पर्ने नगर प्रमुख खड्काले बताउनुभयो । कार्यक्रममा नगरपालिकाका कर्माचारीहरु जनप्रतिनिधिहरुको विशेष उपस्थितीमा कार्यक्रम गरिएको हो ।
घर–घर जाउँ, काँग्रेस जिताउँ अभियानमा सर्लाहीका नेताहरु सकृय, पहिलो दिन मलंगवा तथा दोस्रो दिन कौडेना र विष्णु गाउँपालिकामा सम्पन्न
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत ८
नेपाली काँग्रेस सर्लाहीले चुनाव लक्षित घर–घर जाउँ काँग्रेस जिताउँ अभियान सुरु गरे संगै नेताहरु सकृय भएका छन । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले ७७ वटै जिल्लामा एकै पटक घर–घर जाउँ काँग्रेस जिताउ अभियान सुरु गरको छ ।
सोही अभियान अभियान अन्तर्गत नेपाली काँग्रेस सर्लाहीका नेताहरु पहिलो दिन सोमबार सदरमुकाम मलंगवा नगरपालिकामा कार्यक्रम सम्पन्न गरि दोस्रो दिन मंगलबार जिल्लाको कौडेना र विष्णु गाउँपालिकामा पुगेका छन् । अभियानकी केन्द्रीय परिवेक्षक नगिना यादवको प्रमुख आतिथ्यतामा पार्टीले कौडेना गाउँपालिकामा नेपाली काँग्रेस गापा सभापति फेकन राय र विष्णु गापामा जिल्ला कार्यसमिति सदस्य रामचन्द्र महतोको अध्यक्षतामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको छ।
आसन्न निर्वाचनलक्षित यस अभियान अन्तर्गत यहाँका २० वटै स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना रहेको र सोही अनुसार गत फाल्गुन २८ गतेदेखि केन्द्रीय परिवेक्षक यादवको नेतृत्वमा पार्टीका पदाधिकारी लगायत कार्यकर्ताहरु अभियान लिएर गाउँगाउँमा पुगिरहेको जिल्ला कार्यसमितिले जनाएको छ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सुरु गरिएको यस अभियानबाट नयाँ उर्जा थपिएको केन्द्रीय परिवेक्षक यादवले बताए।उनले अभियान मार्फत नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न,स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अधिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर जनतालाई स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताए ।
कौडेना र विष्णु गापामा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि पुर्व जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्र यादव ,उपसभापति डा.सरोज यादव,क्षेत्र न-२ का क्षेत्रीय सभापति कौशल यादव, विष्णु गापाका गापा अध्यक्ष जवाहरलाल राय,विष्णु गापा उपाध्यक्ष उषा देवी,कौडेना गापा अध्यक्ष प्रत्यासी रुपेश कुमार राय(बबलु),प्रदेश(ख) सभापति भिखारी ठाकुर लगायत पार्टीका सयौं नेता,कार्यकर्ता तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।
एक महिनासम्म चल्ने यो अभियानको तेस्रो दिन बुधबार जिल्लाको चक्रघट्टा गापा र बरहथवा नपामा कार्यक्रम हुने जिल्ला उपसभापति डा.यादवले जनाएको छ।
गोपाल सेवा समितिको राष्ट्रिय महाधिवेशनमा भाग लिन बलिवुड सुपर स्टार राजपाल यादव शनिवार मलंगवा आउँदै
मनोज यादव---
सर्लाही,चैत ८
गोपाल सेवा समितिको ९ औं राष्ट्रिय महाधिवेशन सर्लाहीको सदरमुकाम मलंगवामा हुने भएको छ ।
यही चैत्र १२ गते शनिवारका दिन मलंगवा नगरपालिका वडा न-२ स्थित कवर्ड हलमा हुने भनिएको राष्ट्रिय महाधिवेशनमा भाग लिन प्रमुख अतिथिको रुपमा भारतीय चलचित्र जगत का चर्चित सुपर स्टार एवं हास्य अभिनेता राजपाल यादव आउने समितिका राष्ट्रिय अध्यक्ष माननीय कौशल यादवले जानकारी दिनुभएको छ।
राष्ट्रिय अध्यक्ष यादवले महाधिवेशनमा सहभागी हुन समितिका सदस्य लगायत अन्य सबैलाई अनुरोध गर्नुभएको छ।
सर्लाही जिल्लामै पहिलोपटक भारती चलचित्रका कुनै स्टार कलाकार आउन लागेको हो।राजपाल यादव मलंगवामा आउन लागेको खबर फैलिएपछि उनलाई प्रत्यक्षरुपमा हेर्नका लागि मलंगवासहित जिल्लाभरीका जनताहरु उत्साहित भएका छन् ।
केहीदिन अगाडी गोपाल सेवा समितिले ३ सयभन्दा बढी यादव समुदायका विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरेका थिए।
Subscribe to:
Posts (Atom)














