Wednesday, March 23, 2022

सर्लाही प्लसको जिल्ला समन्वय बैठक सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ९

   सर्लाहीको सदरमुकाम मलंगवामा रहेको सर्लाही प्लस संस्थाले   Global Fund/Save the children को सहयोगमा सर्लाही प्लस मलंगवा तथा Nsp plus N को संयुक्त साझेदारीमा सर्लाही जिल्लामा एचआईभी संक्रमितहरुको लागि सामुदायिक हेरचाह केन्द्र र समुदायमा आधारित घरमा हेरचाह सहयोग कार्यक्रम ,एचआईभी संक्रमित बालबालिकाको लागि सामाजिक संरक्षण अनुदान कार्यक्रमको बारेमा विभिन्न पदाधिकारी तथा  सरोकारवालाहरुलाई जानकारी गराउँदै  जिल्ला सम्वय बैठक  सम्पन्न गरेको छ।

   बुधबार मलंगवा वडा न-८ स्थित संस्थाको आफ्नै सभाकक्षमा जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका क्षय कुष्ठ अधिकृत बलराम यादवको अध्यक्षता तथा नगर उपप्रमुख(उपमेयर)शान्ती मिकरानीको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा सिसिसि सर्लाहीका इन्चार्ज राकेश मिश्रले  सो कुराको जानकारी गराउँदै सामुदायिक हेरचाह केन्द्रको उदेश्य ,संचालित कार्यक्रमहरु तथा कार्यक्रमका सिद्धान्तहरुको विषयमा   सहभागीहरुलाई अवगत गराएका थिए।

    उक्त बैठकमा मलंगवा नपा स्वास्थ्य शाखा प्रमुख रामनन्दन राय,बि.डब्लु.एस.एनका अमजद अली मिकरानी,ब्लु डाइमण्ड सोसाइटीका कार्यक्रम संयोजक अब्दुल सहमद लगायत विभिन्न संस्थाका पदाधिकारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

  

No comments:

Post a Comment