Tuesday, March 22, 2022

वस्ती र सडक विस्तारका कारण पानीको लेयर तल झरेको छ :लालबन्दी नगर प्रमुख मान बहादुर खडका

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ८

     जमिन मुनीको पानी शुद्ध हुने र सबै नागरिकले जमिन मुनीको पानी खानुपर्ने लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । उहाँले नेपाल सरकारले सन् २०३० सम्ममा सबै नागरिकहरुलाई जमिन मुनीको पानी खुवाउने लक्ष्य राखेको र सो लक्ष्य पुरा गर्ने विषयमा पनि नगरपालिका लागि परेको बताउनु भयो ।

जमिन मुनीको पानी अदुश्यलाई दुश्य बनाउन भन्ने मुल नाराका साथ मनाइएको विश्व पानी दिवशको अवसरमा नगर प्रमुख खड्काले यस्तो बताउनु भएको हो ।

नेपाल नगरपालिका संघको आयोजनामा लालबन्दी नगरपालिकाको सभा हलमा भएको  विश्व पानी दिवश कार्यक्रममा नगर प्रमुख खड्काले पहिलाको तुलनामा पानी निकै भासिएको बताउँदै पानीलाई सञ्चीत गर्न नसकेका कारण पानीको तह तल झरेको जसका कारण हिजोको तुलना पानी अहिले निकै तल पुगेको बताउनु भयो ।

मानव वस्तीको विस्तार र सडक निर्माणको क्रम तिब्रगतीमा बढेका कारण पनि पानीको लेबल तर झरेको र पानीलाई पोखरी बनाएर जोगाउन सक्नु पर्ने नगर प्रमुख खड्काले बताउनुभयो ।               कार्यक्रममा नगरपालिकाका कर्माचारीहरु जनप्रतिनिधिहरुको विशेष उपस्थितीमा कार्यक्रम गरिएको हो ।

No comments:

Post a Comment