Wednesday, March 23, 2022

करेन्ट लागेर लालबन्दीमा एकजनाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---
सर्लाही,फाल्गुन ९

    करेन्ट लागेर सर्लाहीको लालबन्दीमा एक जनाको मृत्यु भएको छ ।

   जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा न-१५ बस्ने अन्दाजी   ४५ वर्षीय कुल बहादुर पुलामी मगर रहेका छन् । उनको मंगलबार बिहान सोही ठाउँको सतभैया भन्ने घन बहादुर दर्लामीको मन्दिर बनाउने क्रममा रड मिलाउँदा बिजुलीको पोलमा रहेको नाँगो तारमा रड छुनगई  करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको छ।नाँगो तारमा रड छुँदा  उनीसँगै रहेका गणेश बहादुर दर्लामी पनि घाइते भएका थिए । उनी लालबन्दी स्थित स्थानीय अस्पतालमा उपचार गराइ घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ।

    मृतक पुलामी मगरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment