Wednesday, March 23, 2022

मलंगवाबाट लागुऔषधसहित एकजना पक्राउ

 



लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत ९

सर्लाहीको सदरमुकाम मलंगवाबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।

   पक्राउ पर्नेमा सर्लाहीको हरिवन  नगरपालिका वडा नं.११ बस्ने मंगले मोक्तानका छोरा अन्दाजी २४ वर्षीय रोहित लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  मंगलवार दिउँसो १ बजेको समयमा मलंगवा-८ स्थित गोरखकाली प्रहरी चौकी अगाडी डिउटीमा खटिएका प्रहरी टोलीले भारतबाट नेपालतर्फ(मलंगव)पैदल आइरहेको अवस्थामा शंका लागेर  चेकजाँच गर्ने क्रममा निजलाई २ पत्ता नाइट्राभेट -१० नामक लागुऔषधसहित नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले  बताए । लामालाई  हिरासतमा राखेर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment