Wednesday, March 23, 2022

सर्लाहीको दुई छुट्टाछुट्टै स्थानमा आगलागी, २ लाख बढीको क्षति

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ९

    सर्लाहीको  दुई छुट्टाछुट्टै स्थानमा  आगलागी हुदाँ २ लाख हजार रुपैयाँ  बराबरको क्षति भएको ५०छ ।

  मंगलबार दिउँसो डेढ बजे बरहथवा नगरपालिका वडा न-१ नयाँ टोलका विन्देश्वर महतोको एकतल्ले काठले बनेको टालीको छाना भएको घरमा अचानक आगलागी हुँदा निजको घरभित्र रहेका लत्ताकपडा, टिनको बाक्सा,३ थान काठको पलङ्ग लगायत सरसामान र नगद रु ३० हजार गरि अन्दाजी एक लाख रुपैया  बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उक्त आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो भने कुनै मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिका–५ कमल तिमिल्सिनाको घरभित्र रहेको केमीकल फ्याक्ट्रीमा आज दिउँसो विद्युत् चुहावट आगलागी हुँदा घरभित्रका सम्पूर्ण समानहरु जलेर नष्ट हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

    त्यसैगरी सोही दिन अपराह्न साढे ३ बजे जिल्लाकै कौडेना गाउँपालिका वडा न-७ शिवनगर बस्ने मो.अहियाको फुसको घर र नजिकै राखिएको परालको टौवा(टाल)मा अचानक आगलागि भएको छ।परालको टालमा लागेको आगो सरेर नजिकै रहेको अहियाको फुसको घरमा समेत सल्किन गई परालको टालसहित घर र घरभित्र रहेको फर्निचर  पुर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी १ लाख ५० हजार रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

   उक्त आगो प्रहरी स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment