Tuesday, March 22, 2022

घर–घर जाउँ, काँग्रेस जिताउँ अभियानमा सर्लाहीका नेताहरु सकृय, पहिलो दिन मलंगवा तथा दोस्रो दिन कौडेना र विष्णु गाउँपालिकामा सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ८

  नेपाली काँग्रेस सर्लाहीले चुनाव लक्षित घर–घर जाउँ काँग्रेस जिताउँ अभियान सुरु गरे संगै नेताहरु सकृय भएका छन । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले ७७ वटै जिल्लामा एकै पटक घर–घर जाउँ काँग्रेस जिताउ अभियान सुरु गरको छ ।

   सोही अभियान अभियान अन्तर्गत नेपाली  काँग्रेस सर्लाहीका नेताहरु पहिलो दिन सोमबार सदरमुकाम मलंगवा नगरपालिकामा कार्यक्रम सम्पन्न गरि दोस्रो दिन मंगलबार  जिल्लाको कौडेना र विष्णु गाउँपालिकामा पुगेका छन् । अभियानकी केन्द्रीय परिवेक्षक नगिना यादवको प्रमुख आतिथ्यतामा पार्टीले कौडेना गाउँपालिकामा नेपाली काँग्रेस गापा सभापति फेकन राय र विष्णु गापामा जिल्ला कार्यसमिति सदस्य रामचन्द्र महतोको अध्यक्षतामा  छुट्टाछुट्टै  कार्यक्रमको आयोजना गरेको छ।

    आसन्न निर्वाचनलक्षित यस अभियान अन्तर्गत यहाँका २० वटै स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना रहेको र सोही अनुसार गत फाल्गुन २८ गतेदेखि केन्द्रीय परिवेक्षक यादवको नेतृत्वमा पार्टीका पदाधिकारी लगायत कार्यकर्ताहरु अभियान लिएर गाउँगाउँमा पुगिरहेको जिल्ला कार्यसमितिले जनाएको छ।

    आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सुरु गरिएको यस अभियानबाट नयाँ उर्जा थपिएको केन्द्रीय परिवेक्षक यादवले बताए।उनले अभियान मार्फत नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न,स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अधिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर जनतालाई  स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताए ।

    कौडेना र विष्णु गापामा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि पुर्व जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्र यादव ,उपसभापति डा.सरोज यादव,क्षेत्र न-२ का क्षेत्रीय सभापति कौशल यादव, विष्णु गापाका गापा अध्यक्ष जवाहरलाल राय,विष्णु गापा उपाध्यक्ष उषा देवी,कौडेना गापा अध्यक्ष प्रत्यासी रुपेश कुमार राय(बबलु),प्रदेश(ख) सभापति भिखारी ठाकुर लगायत पार्टीका सयौं  नेता,कार्यकर्ता तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

     एक महिनासम्म चल्ने यो अभियानको तेस्रो दिन बुधबार जिल्लाको चक्रघट्टा गापा र बरहथवा नपामा कार्यक्रम हुने जिल्ला  उपसभापति डा.यादवले जनाएको छ।

   
    
  
 

No comments:

Post a Comment