Wednesday, November 9, 2022

मलंगवाको बसपार्क नसार्दा निर्माणमा खर्च भएको ६ करोड रुपैयाँ पानीमा

 मलंगवाको बसपार्क नसार्दा निर्माणमा खर्च भएको ६ करोड रुपैयाँ पानीमा



लोकतन्त्र समाचारदाता

सर्लाही ,कात्तिक २३

   सर्लाहीको मलंगवा नगरपालिका वडा न.२ मा करिब ६ करोडको लागतमा अत्याधुनिक टर्मिनल भवन सहित अत्यधुनिक तरिकाले निर्माण गरिएकाे बस पार्क प्रयोग बिहिन बनेकाे छ ।

    स्थानीय तह र बस ब्यबसायीको गैर जिम्मेवारीले अव्यबस्थित रहेको बस पार्कलाई ब्यबस्थित भन्दै बसपार्क निर्माण गरिए पनि बसपार्क निर्माण गरिएको करिब १ बर्ष बितिसक्दा पनि बसपार्कमा बसहरु भेटिएको छैन ।  सर्लाहीको मलंगवा नगरपालिका वडा.९ जनसागर बजारमा पुरानो बसपार्क रहेको छ ।

   बजारमा अव्यबस्थित रहेको बसपार्कलाई ब्यबस्थित गर्न भन्दै झन्डै करिब ६ करोड भन्दा बढी लागतमा छुटै नया बसपार्क निर्माण गरिएको हो । नेपाल सरकारकै शहरी बिकाश तथा भवन निर्माण कार्यालय जनकपुर धाम मार्फद मोटो रकम लागतमा बसपार्क निर्माण गरियको लामो समय हुँदापनि बसपार्क प्रयोग बिहिन बन्न पुगेको छ ।

    तर मलंगवान नगरपालिका वडान.९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तार संगै सवारी साधनहरुको समेत चाप बढेको कारण नया बसपार्क निर्माण गरिएको तर स्थानीय तहले समेत बेवास्ता गरेका कारण ठुलो रकम खर्च गरेर निर्माण गरिएको बसपार्क प्रयोग बिहिन हुन पुगेकाे बताइएकाे छ ।

   टर्मिनल भवन सहित निर्माण गरिएको नया बसपार्क संचालनमा नआउदा जिल्ला सदरमुकान मलंगवामा बस,टेम्पु,कार,जिप रिक्सा र ट्रक लगायतका अन्य सवारी साधनहरु व्यस्थापनमा समस्या देखिएको छ । बजार बीचको अव्यबस्थित पार्किंङले गर्दा सवारी ब्यबस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । ठुलो रकममा निर्माण गरियको बसपार्क ठिकेदारले नगरपालिकालाई धेरै दिन पहिला नै बुझाई दिदा पनि नगरपालिकाको गैर जिमेवारी र ढिला सुस्तिको कारणले गर्दा बसपार्क संचालनमा आउँन नसकेकाे स्थानियले बताएका छन् ।

    उता बस ब्यबसायका नि.वर्तमान अध्यक्ष दिपलाल महतोले नयाँ बसपार्कमा बसहरु लैजान आफु तयार नरहेको कुरो बताएका छन् । महतोले नया बसपार्क उपयुक्त ठाउमा नभएकाले त्यहा बसहरु लैजान आनाकानी गर्दै आइरहेको र स्थानीयतहको समेत गैर जिम्मेवारीले गर्दा नया बसपार्क संचालान हुन् सकेको स्थानीयहरुको भनाइ रहेको छ। 



Tuesday, November 8, 2022

बिरेन्द्र सिंहको समर्थनमा जनलहर,जितको एकदम नजिक पुगेको सिंहको दाबी

 बिरेन्द्र सिंहको समर्थनमा जनलहर,जितको एकदम नजिक पुगेको सिंहको दाबी



मनोज यादव---

सर्लाही,कात्तिक २२

     नेपाली कांग्रेसका नेता एवं सर्लाही संसदीय निर्वाचन  क्षेत्र नम्बर न-४(क)बाट प्रदेश सभा सदस्य पदका उमेदवार एवं मधेश प्रदेश सरकारका पुर्व खेलकुद मन्त्री बिरेन्द्र सिंहको समर्थनमा जनलहर बढेको छ।यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका सिंहलाई पुनः दोस्रोपटक पनि चुनाव जिताउन जनताहरु कम्मर कसेर लागिपरेको देखिएको छ।

    यतिबेला उनी घरदैलो अभियानमा लागेका छन् ।घरदैलो अभियानको क्रममा जनताहरुको उत्साहलाई देखेर चुनावमा आफ्नो जित सुनिश्चित भएको र यस क्षेत्रका जनताले आफुलाई मतदान गर्ने छ भन्ने प्रति आफु विश्वस्त रहेको सिंहले दाबी गरेका छन् ।






मलंगवामा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्बन्धि सर्लाहीका संञ्चारकर्मीहरु सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

   मलंगवामा प्रतिनिधि  तथा प्रदेश सभाको निर्वाचन सम्बन्धि सर्लाहीका संञ्चारकर्मीहरु सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २२

   पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य उमेदवार महेन्द्र राय यादवले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्बन्धि सर्लाहीका संञ्चारकर्मीहरु सँगको अन्तरक्रिया गर्नुभएको छ।

   सतारुढ गठबन्धनको सर्लाही निर्वाचन क्षेत्र नं २ का साझा उम्मेदवार एवम पुर्व कृषि मन्त्री महेन्द्र राय यादवको अध्यक्षतामा बसेको उक्त कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश सभा सदस्य तर्फ सर्लाही क्षेत्र नं २(ख) को सतारुढ गठबन्धनका साझा उम्मेदवार कौशल किशोर राय र क्षेत्र नं २ (क) का साझा उम्मेदवार सुनिल साह रहेका थिए।

नेपाल समाज पार्टीको अध्यक्ष समेत रहनुभएका पुर्ब मन्त्री राय यसपाली भने हसिया हतौडा चुनाब चिन्ह लिएर लड्नु भएको छ। उहाँले जनताले आफुलाई पुनः अत्याधिक मतले बिजय गराउने छ भन्नेमा  ढुक्क रहेको बताउनुभएको छ। 

     जानकी पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा बोल्दै यादवले देशको समृद्धि र बिकासको लागि भएपनि सतारुढ गठबन्धन देशको नेतृत्व गर्नु पर्ने र यसका लागि जनताले सतारुढ गठबन्धनका उम्मेदवारलाई जिताउनै पर्ने कुरामा जोड दिएका थिए।

 आफुले सर्लाहीका जनताको लागि सधै काम गरेको र यसपालि पनि सर्लाहीका जनताले साथ दिए आफु सँग धेरै बिकासका योजनाहरु रहेको बताए।

    उहाँले हुलाकी राजमार्ग,पक्की पुलहरु, डिप बोरिङ्ग,नदी नियन्त्रणका लागि बाँधको निर्माणकार्य लगायतका आयोजनाहरु आफ्नो  प्राथमिकता रहेको बताउनु भयो। 

   रायले राजनिती क्षेत्रको  लामो यात्रामा यो चुनाव आफ्नो  अंतिम रहेकोले  अंतिम पटक सेवा गर्ने मौका प्रदान गरिदन रायले जनतासँग अनुरोध गर्नुभएको छ।

   सोही कार्यक्रमका विशिष्ट अतिथि तथा सर्लाही क्षत्र नं २(क) र (ख) का क्रमश उम्मेदवार  सुनिल साह र कौशल किशोर रायले पनि आफुहरु सँग सर्लाही जिल्लाको बिकासको लागि थुप्रै योजनाहरु रहेको तर मौका नपाएको बताए।  यसपालि जनताले साथ दिए सर्लाहीबासीको लागि केही गर्ने इच्छा रहेको  समेत व्यक्त गरे।


लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २२

   पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य उमेदवार महेन्द्र राय यादवले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्बन्धि सर्लाहीका संञ्चारकर्मीहरु सँगको अन्तरक्रिया गर्नुभएको छ।

   सतारुढ गठबन्धनको सर्लाही निर्वाचन क्षेत्र नं २ का साझा उम्मेदवार एवम पुर्व कृषि मन्त्री महेन्द्र राय यादवको अध्यक्षतामा बसेको उक्त कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश सभा सदस्य तर्फ सर्लाही क्षेत्र नं २(ख) को सतारुढ गठबन्धनका साझा उम्मेदवार कौशल किशोर राय र क्षेत्र नं २ (क) का साझा उम्मेदवार सुनिल साह रहेका थिए।

नेपाल समाज पार्टीको अध्यक्ष समेत रहनुभएका पुर्ब मन्त्री राय यसपाली भने हसिया हतौडा चुनाब चिन्ह लिएर लड्नु भएको छ। उहाँले जनताले आफुलाई पुनः अत्याधिक मतले बिजय गराउने छ भन्नेमा  ढुक्क रहेको बताउनुभएको छ। 

     जानकी पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा बोल्दै यादवले देशको समृद्धि र बिकासको लागि भएपनि सतारुढ गठबन्धन देशको नेतृत्व गर्नु पर्ने र यसका लागि जनताले सतारुढ गठबन्धनका उम्मेदवारलाई जिताउनै पर्ने कुरामा जोड दिएका थिए।

 आफुले सर्लाहीका जनताको लागि सधै काम गरेको र यसपालि पनि सर्लाहीका जनताले साथ दिए आफु सँग धेरै बिकासका योजनाहरु रहेको बताए।

    उहाँले हुलाकी राजमार्ग,पक्की पुलहरु, डिप बोरिङ्ग,नदी नियन्त्रणका लागि बाँधको निर्माणकार्य लगायतका आयोजनाहरु आफ्नो  प्राथमिकता रहेको बताउनु भयो। 

   रायले राजनिती क्षेत्रको  लामो यात्रामा यो चुनाव आफ्नो  अंतिम रहेकोले  अंतिम पटक सेवा गर्ने मौका प्रदान गरिदन रायले जनतासँग अनुरोध गर्नुभएको छ।

   सोही कार्यक्रमका विशिष्ट अतिथि तथा सर्लाही क्षत्र नं २(क) र (ख) का क्रमश उम्मेदवार  सुनिल साह र कौशल किशोर रायले पनि आफुहरु सँग सर्लाही जिल्लाको बिकासको लागि थुप्रै योजनाहरु रहेको तर मौका नपाएको बताए।  यसपालि जनताले साथ दिए सर्लाहीबासीको लागि केही गर्ने इच्छा रहेको  समेत व्यक्त गरे।

Monday, November 7, 2022

मलंगवामा कवि कोकिल मैथिली महाकवि बिद्यापतिको स्मरण समरोह सम्पन्न




लोकतन्त्र समाचारदाता---सर्लाही, कात्तिक २१ 

    कवि कोकील विद्यापतिको स्मृति र सम्मानमा मैथिली पर्वर्धन समिती मलंगवाले सोमबार सदरमुकाम मलंगवामा ``बिधापति स्मृति समारोह´´को आयोजना गरेको छ।

      मलंगवा निवासी चिरन्जिबि मिश्रको निजि निवासमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता उमेश चन्द्र मिश्रले गरेका थिए भने प्रमुख अथिति राजेन्द्र महतो र मेथुर चौधरी थिए र साथै धिरेन्द्र मिश्र,सुमन मिश्र, सतिश झा, जग्बन्धन झा, विजय झा, सृनिल झा, हलेव्श्रर झा, पवन झा, निखिल झा, निर्मल झा, सुभम झा एवम अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।   

              

    आफ्नो काब्य प्रतिभा र विद्धताका कारण मैथिली जनमानसमा प्रयाप्त सम्मान र आदर पाएका कवि विद्यापतिको  आदर र सम्मानको लागि हामी समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष मिश्रले बताए। मैथली    साहित्य र भाषाको क्षेत्रमा उनको योगदान असामन्य रहेको र उनी सधेैभरीको लागि मैथलीबासीहरुको मुटुमा बस्न सफल भएको कुरा पनि बताए।

   प्रमुख अथिति तथा पूर्व उप-प्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य उमेदवार  राजेन्द्र महतोले मैथली भाषाको महान कवि कोकील बिधापतिको स्मरण कार्यक्रममा उपस्थित हुनपाएकोमा खुसी व्यक्त गरे। बिधापति जस्तो मैथली भाषाका महान कविले गर्दा मथिला राज्य अथात मधेशी जनताको गौरव बढेको छ। मैथली भाषा र संसकृति जोगाउन बिधापति जस्तो अरु महान कवि यो मिथिला राज्यमा जन्मिनु पर्ने पुर्व उप-प्रधानमन्त्री महतोले बताए। कार्यक्रमको अर्को प्रमुख अतिथि तथा आसन्न निर्वाचनको सर्लाही क्षेत्र नं २(ख)का प्रदेश सभा सदस्य उमेदवार मेथुर चौधरीले बिधापतिले माथि उकालेको मैथली भाषा र संसकृति बिस्तारै हराउदै गएको कुरामा दुख प्रकट गरे र यसलाई जोगाउन सामुदायिक स्तरबाटै पहल गर्नुपर्ने कुरामा जोड दिए। 

    हरेक वर्ष महाकवी विद्यापति स्मृति पर्व समारोहको अवसर पारेर मैथिली अभियानमा महत्वपुर्ण योगदान पुर्‍याउने  मैथिलीसेवीलाई विभिन्न पुरस्कारवाट सम्मानित गरिदै आएको अध्यक्ष मिश्रले  जानकारी दिए ।


    

गोडैतामा नगर स्तरीय विपद व्यवस्थापन तथा न्युनिकरण ऐन सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न




गोडैतामा नगर स्तरीय विपद व्यवस्थापन तथा न्युनिकरण ऐन सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न



लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक २१

     सर्लाहीको गोडैता नगरपालिकामा नगर स्तरीय विपद जोखिम न्युनिकरण व्यवस्थापन ऐन निर्माण सम्बन्धि दुईदिने अभिमुखिकरण गोष्ठी सोमबार सम्पन्न भएको छ ।

     गोडैता न.पा मा नगरपालिका स्तरीय ऐनको निर्माण गर्ने उदेश्यले गोष्ठीको आयोजना गरिएको बिपद तथा जलवायु परिवर्तन सम्बन्धि श्रोत ब्यक्ति बिजय सिंह ठकुरीले जानकारी दिएको छ।

    आर.आर.पि.के मलंगवा र गोडैता नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सम्पन्न भएको उक्त अभिमुखिकरण गोष्ठीमा बिपद सम्बन्धि अवधारणा,बिपद व्यवस्थापन चक्र,सेन्डाई(जापान)कार्य ढाँचा सम्बन्धि छलफल ,प्रारम्भिक दृत लेखाजोखा फारम सम्बन्धि जानकारी ,स्थानीय बिपद व्यवस्थापन समितिको काम,कर्तब्य र अधिकार सम्बन्धि छलफल तथा ड्राफ्ट ऐन सम्बन्धि छलफल गरिएको ठकुरीले जनाएको छ।

    नगर प्रमुख देवेन्द्र यादवको अध्यक्षता ,प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद यादव तथा नगर उपप्रमुख अन्जना कुशवाहाको विशिष्ट आतिथ्यतामा आइतवार र सोमबार गरि दुईदिन सम्म चलेको गोष्ठीमा विभिन्न शाखाका शाखा प्रमुख,नेपाल रेडक्रस सोसाइटी गोडैताका प्रतिनिधि,प्रहरी कार्यालय गोडैताका प्रतिनिधि र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो।



एनसिई जिल्ला समन्वय समिति सर्लाही द्वारा राजिनितिक दलका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य प्रत्यासीहरुलाई सार्वजनिक शिक्षा सुधारको लागि सुझाब पत्र हस्तान्तरण

 




एनसिई जिल्ला समन्वय समिति  सर्लाही द्वारा राजिनितिक दलका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य प्रत्यासीहरुलाई सार्वजनिक शिक्षा सुधारको लागि सुझाब पत्र हस्तान्तरण



मनोज यादव---

सर्लाही,कात्तिक २१

     नेपालका लागि शिक्षा अभियान( NCE Nepal ) जिल्ला समन्वय समिति सर्लाहीले जिल्लाका विभिन्न राजिनितिक दलका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी उम्मेदवारहरुलाई सर्लाही जिल्लामा विद्यमान गुणस्तरहिन शिक्षाको सुधारका योजनाहरु चुनावी घोषणापत्रमा उल्लेख गर्न १६ बुँदे सुझाव सहितको पत्र हस्तान्तरण गरेको छ।

      समितीले जिल्ला संयोजक राजेश पासवानको अगुवाइमा नेपाल समाजबादी पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्र राय यादव ,लोसपा का बरिष्ठ नेता राजेन्द्र मह्तो , नेकपा एमाले का प्रतीनिधि सभा सदस्य उमेदवार राज नरायन साह र स्वतन्त्र उमेदवार डा.बिरवंश बैठलाई सुझाब पत्र हस्तान्तरण गरेको हो।

   एनसिइ नेपालले राजनीतिक दलहरुका 

घोषणापत्र तथा चुनावी मुद्दामा

१. आधारभूत तथा माध्यमिक शिक्षामा व्याप्त निजीकरण तथा व्यापारीकरणको अन्त्य गर्न निजी तथा 

नाफामूलक विद्यालयहरुलाई निजी तथा सार्वजनिक गुठीमा परिणत गरिनुपर्ने । अब उप्रान्त नाफामूलक 

विद्यालयको दर्ता नगर्ने प्रतिबद्धता आउनुपर्ने । २. विद्यालयको पहुँचमा अझै पुग्न नसकेका बालबालिकाका निम्ति कम्तिमा पनि १ वटा सुविधासम्पन्न 

आवासीय माध्यमिक तहसम्मको विद्यालय सञ्चालन गर्ने । साथै, अपाङ्गता भएका, दलित तथा अल्पसंख्यक 

विद्यार्थीहरुका लागि छात्रवृत्ति तथा सिकाइ सामग्री निःशुल्क उपलब्ध गराइने व्यवस्था उल्लेख गर्नुपर्ने । 

३. समावेशी र समतामूलक शिक्षा पद्धतिलाई आत्मसात गर्दै विद्यालय बाहिर रहेका, विद्यालमा केही वर्ष 

अध्ययन गरेर छाडेका र अपाङ्गता भएका बालबालिकाका लागि क्षेत्रगत स्रोत कक्षा, वैकल्पिक कक्षा र 

ग्रामीण परिवेशमा आधारित प्रविधियुक्त शिक्षाको व्यवस्था गरिनुपर्ने । 

४. जोखिम परिस्थितिमा रहेका बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाका 

कार्यक्रमहरूलाई फराकिलो बनाई विद्यालय शिक्षासँग जोड्नु पर्ने ।

५. शिक्षण पेशालाई पहिलो रोजाईको र मर्यादित बनाउनका निम्ति विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई 

यस पेशाप्रति आकर्षित गराउन विशेष सुविधासहित प्रबन्ध गरिनुपर्ने । साथै, राजनीतिक दलहरुले शिक्षकलाई 

आफ्नोे दलको सदस्यता नदिने स्पष्ट व्यवस्था राख्नुपर्ने । शिक्षकहरुको पेशागत विकासका लागि स्थानीय 

तहमा शिक्षक पेशागत सहयोग संयन्त्र बनाउनुपर्ने । 

६. संविधान र संघीयताको मर्मबमोजिम शिक्षक छनौट प्रक्रियालाई स्थानीयकरण गर्ने । स्थानीय तहभित्रका 

विद्यालयहरुमा शिक्षक–विद्यार्थी अनुपात मिलाउन स्थानीय सरकारले कानूुन बनाई शिक्षकहरुको आवश्यक 

सरुवा गर्न सक्ने र नियुक्ति अनुमोदन गर्ने व्यवस्था गर्नुपर्ने । 

७. सार्वजनिक विद्यालयको औसत सिकाई उपलब्धी कम्तीमा ६५ प्रतिशत पुग्ने गरी ५ बर्षको रणनीतिक 

योजना बनाई कार्यान्वयन गर्नु पर्ने । शिक्षाको गुणस्तर थप अभिवृद्धिका लागि विद्यालयमा स्थानीय समुदायको 

सहभागिता सुनिश्चित गरिनुपर्ने र नागरिकस्तरको संयन्त्र बनाई विद्यालयहरूको अनुगमन सुपरिवेक्षण गर्ने 

व्यवस्था गरिनुपर्ने ।

८. बालबालिकामाथि हुने घरेलु हिंसा तथा दुव्र्यवहारको रोकथाम गर्दै उनीहरmको सुरक्षा तथा संरक्षणका 

सवालहरूलाई सम्वोधन गर्न सुक्ष्म अनुगमन तथा निगारानी गर्नका लागि नागरिक समाजका प्रतिनिधि 

सहितको अनुगमन समिति बनाई कार्यान्वयन गर्नु पर्ने । 

९. संविधानप्रदत्त निःशुल्क शिक्षा अधिकार सुनिश्चितताको निम्ति स्थानीय सरकारहरूले आफ्नोे कूल बजेटको 

कम्तिमा २० प्रतिशत शिक्षामा लगानी गर्ने व्यवस्था उल्लेख गर्नुपर्ने । कोभिड–१९ र अन्य विपत तथा 

महामारीले पार्ने शैक्षिक प्रभाव न्यूनीकरण गर्न र नेपालको सार्वजनिक शिक्षाको रुmपान्तरणका लागि थप 

बजेटको व्यवस्था गर्नुपर्ने । 

१०. विद्यालयहरूलाई प्रविधिमा जोड्ने योजना बनाई कार्यन्वयन गरिनु पर्ने । आगामी दिनहरुमा हुन सक्ने 

सिकाई क्षति कम गर्न स्थानीय तहमा भौतिक तथा मानवीय पूर्वाधारको विकासका लागि तत्काल योजना 

बनाई कार्यन्वयन गर्ने प्रतिवद्धता हुनु पर्ने । 

११. शिक्षालाई जीवन र रोजगारी संग जोड्दै शैक्षिक बेरोजगारी अन्त्य गर्ने । त्यसका लागि सम्मानजनक 

स्वरोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिनुपर्ने । हरेक विद्यालयमा दक्ष 

विद्यार्थी परामर्शकर्ताको रूपमा एक सामाजिक कार्यकर्ता रहने व्यवस्था लागू गरिनुपर्ने १२. समुदायमा रहेका पुस्तकालय र सिकाइ केन्द्रलाई प्रविधिमैत्री बनाउँदै स्थानीय युवा, प्रौढ तथा 

महिलाहरुको सिकाइ सुनिश्चित गरिनुपर्ने । 

१३. सार्वजानिक विद्यालयमा अभिभावकको अपनत्व बढाउन र उनीहरूमा विद्यालय प्रति सकरात्मक 

धारणाको विकास गर्न कम्तिमा महिनाको एकपटक विद्यालयमा अविभावक भेला, समसामयिक रूपमा 

अभिमुखीकरण र सचेतना सम्वन्धी कार्यक्रमहरू गर्ने व्यवस्था गरिनु पर्ने । अभिभावकबाट प्राप्त सुझावहरू

कार्यन्यन गर्ने संयन्त्र बनाउने । 

१४. संविधानले नेपालको विद्यालय तह सम्मको शिक्षा ब्यस्बस्थापनको अधिकार स्थानीय तहलाइ दिएको 

छ । यो संविधानतः विद्यालय तहको शिक्षा स्थानीय सरकारको जिम्मेवारीमा परेको सन्दर्भमा यसको 

कार्यान्वयन गर्न राजनीतिक दलहरूमा अलमल देखिन्छ । तसर्थ, स्थानीय तहको जिम्मेवारी हस्तान्तरण गर्ने 

तदारूकता देखाउनु पर्ने ।

१५. अहिले पनि ५२ प्रतिशत विद्यार्थी विश्वविद्यालय जान नपाउने अवस्था बनेको छ । क्भ्भ् मा ३.६५ न्एब्

ल्याउने करिव २.७६ प्रतिशत मात्र छन्। ३.२५ भन्दा माथि ३.६ सम्म ल्याउने जम्मा ९.५४ प्रतिशतछन्। 

झन्डै ६५ प्रतिशत विद्यार्थीको शैक्षिक उपलब्धि ५० प्रतिशत भन्दा कम र झन्डै एक लाख विद्यार्थीको 

उपलब्धि ४० प्रतिशत भन्दापनि कम छ । समग्रमा सर्वाजानिक शिक्षाको सुधार विना यो अवस्थामा 

परिवर्तन आउने देखिदैन । तसर्थ, शिक्षा क्षेत्रलाई ‘गौरबको आयोजना’ का रुपमा स्वीकार गर्ने र सार्वजानिक 

शिक्षा सुधार प्रमुख एजेण्डा बनाई राजनीतिक दलले चुनावी अभियान संचालन गर्नु पर्ने । 

१६. पूर्व प्राथमिक कक्षा अर्थात्प्रारम्भिक बालकक्षा (इसिडि)देखि कक्षा ३ सम्म पढाउने शिक्षकलाई पर्याप्त 

तलबको व्यवस्था गर्नुका साथै र उनीहरुको क्षमता विकास गर्ने कार्यक्रम घोषणापत्रमा उल्लेख गर्नुपर्ने । 

साथै, विद्यालय शिक्षाको जग बलियो बनाउन निम्न माध्यमिक र माध्यमिक तहमा पढाइरहेका शिक्षकहरुले 

निश्चित समयसम्म तल्लो कक्षामा अनिवार्य पढाउनुपर्ने तथा त्यसरी पढाएपछि बालबालिकाको सिकाइ 

उपलब्धि वृद्धि भएको प्रमाण पेश गरेपछि मात्र बढुवा हुने मापदण्ड बनाइने उल्लेख लगायतका सुझावहरु उल्लेख गरिएको छ। 

    यसका साथै, विद्यालय शान्तिक्षेत्रको मर्म र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उल्लिखत 

विद्यालय, विद्यार्थी, बालबालिका र शिक्षकलाई निर्वाचनसँग सम्बन्धित कृयाकलापमा राजनीतिक दलहरुले 

सहभागि गराउन नहुने प्रावधानको समेत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा  दलले 

कडाइकासाथ पालना गर्न सुझाव दिएको छ।

   मानव अधिकारकर्मी सुन्दर श्याम राय , नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका सचिब कामेश्व्र पासवान ,एनसिई सर्लाहीका कोषाध्यक्ष श्रीप्रसाद यादव सहितको टोलीले उक्त सुझाव पत्र उहाँ(नेता/उमेदवार) हरुको घरदैलो कार्यक्रम भएरहेको स्थानमै पुगेर हस्तान्तरण गरेका  हस्तान्तरण गरेका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने बुधबार मलंगवा आउँने

 राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने बुधबार मलंगवा आउँने



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २१

    राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार सर्लाही आउने भएको छ । मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रलाइ सम्वोधन गर्न लामिछाने सर्लाहीको सदरमुकाम मलंगवा  आउन लागेका पार्टीले जानकारी दिएको छ।

   यसपालि भोटको घण्टी जन्ताको कानमा बज्नु पर्छ, भरष्टचारको बेथिति खोल्नु पर्छ, भन्ने मुल नाराका साथ सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० मा रहेको तिनबिघे मैदानमा  जिल्ला कमिटिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न लामिछाने आउन लागेको हो।

    कात्तिक २३ गते बुधबार बिहान ७ बजेको लागि तय गरेको लामिछानेको सम्बोधन कार्यक्रममा जिल्लाभरीबाट करिब १० हजार समर्थकहरुको उपस्थित रहने पार्टीले दाबी गरेको छ।