Monday, November 7, 2022

गोडैतामा नगर स्तरीय विपद व्यवस्थापन तथा न्युनिकरण ऐन सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न




गोडैतामा नगर स्तरीय विपद व्यवस्थापन तथा न्युनिकरण ऐन सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न



लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक २१

     सर्लाहीको गोडैता नगरपालिकामा नगर स्तरीय विपद जोखिम न्युनिकरण व्यवस्थापन ऐन निर्माण सम्बन्धि दुईदिने अभिमुखिकरण गोष्ठी सोमबार सम्पन्न भएको छ ।

     गोडैता न.पा मा नगरपालिका स्तरीय ऐनको निर्माण गर्ने उदेश्यले गोष्ठीको आयोजना गरिएको बिपद तथा जलवायु परिवर्तन सम्बन्धि श्रोत ब्यक्ति बिजय सिंह ठकुरीले जानकारी दिएको छ।

    आर.आर.पि.के मलंगवा र गोडैता नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सम्पन्न भएको उक्त अभिमुखिकरण गोष्ठीमा बिपद सम्बन्धि अवधारणा,बिपद व्यवस्थापन चक्र,सेन्डाई(जापान)कार्य ढाँचा सम्बन्धि छलफल ,प्रारम्भिक दृत लेखाजोखा फारम सम्बन्धि जानकारी ,स्थानीय बिपद व्यवस्थापन समितिको काम,कर्तब्य र अधिकार सम्बन्धि छलफल तथा ड्राफ्ट ऐन सम्बन्धि छलफल गरिएको ठकुरीले जनाएको छ।

    नगर प्रमुख देवेन्द्र यादवको अध्यक्षता ,प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद यादव तथा नगर उपप्रमुख अन्जना कुशवाहाको विशिष्ट आतिथ्यतामा आइतवार र सोमबार गरि दुईदिन सम्म चलेको गोष्ठीमा विभिन्न शाखाका शाखा प्रमुख,नेपाल रेडक्रस सोसाइटी गोडैताका प्रतिनिधि,प्रहरी कार्यालय गोडैताका प्रतिनिधि र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो।



No comments:

Post a Comment