Tuesday, November 8, 2022

बिरेन्द्र सिंहको समर्थनमा जनलहर,जितको एकदम नजिक पुगेको सिंहको दाबी

 बिरेन्द्र सिंहको समर्थनमा जनलहर,जितको एकदम नजिक पुगेको सिंहको दाबी



मनोज यादव---

सर्लाही,कात्तिक २२

     नेपाली कांग्रेसका नेता एवं सर्लाही संसदीय निर्वाचन  क्षेत्र नम्बर न-४(क)बाट प्रदेश सभा सदस्य पदका उमेदवार एवं मधेश प्रदेश सरकारका पुर्व खेलकुद मन्त्री बिरेन्द्र सिंहको समर्थनमा जनलहर बढेको छ।यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका सिंहलाई पुनः दोस्रोपटक पनि चुनाव जिताउन जनताहरु कम्मर कसेर लागिपरेको देखिएको छ।

    यतिबेला उनी घरदैलो अभियानमा लागेका छन् ।घरदैलो अभियानको क्रममा जनताहरुको उत्साहलाई देखेर चुनावमा आफ्नो जित सुनिश्चित भएको र यस क्षेत्रका जनताले आफुलाई मतदान गर्ने छ भन्ने प्रति आफु विश्वस्त रहेको सिंहले दाबी गरेका छन् ।






No comments:

Post a Comment