Tuesday, November 8, 2022

मलंगवामा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्बन्धि सर्लाहीका संञ्चारकर्मीहरु सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २२

   पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य उमेदवार महेन्द्र राय यादवले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्बन्धि सर्लाहीका संञ्चारकर्मीहरु सँगको अन्तरक्रिया गर्नुभएको छ।

   सतारुढ गठबन्धनको सर्लाही निर्वाचन क्षेत्र नं २ का साझा उम्मेदवार एवम पुर्व कृषि मन्त्री महेन्द्र राय यादवको अध्यक्षतामा बसेको उक्त कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश सभा सदस्य तर्फ सर्लाही क्षेत्र नं २(ख) को सतारुढ गठबन्धनका साझा उम्मेदवार कौशल किशोर राय र क्षेत्र नं २ (क) का साझा उम्मेदवार सुनिल साह रहेका थिए।

नेपाल समाज पार्टीको अध्यक्ष समेत रहनुभएका पुर्ब मन्त्री राय यसपाली भने हसिया हतौडा चुनाब चिन्ह लिएर लड्नु भएको छ। उहाँले जनताले आफुलाई पुनः अत्याधिक मतले बिजय गराउने छ भन्नेमा  ढुक्क रहेको बताउनुभएको छ। 

     जानकी पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा बोल्दै यादवले देशको समृद्धि र बिकासको लागि भएपनि सतारुढ गठबन्धन देशको नेतृत्व गर्नु पर्ने र यसका लागि जनताले सतारुढ गठबन्धनका उम्मेदवारलाई जिताउनै पर्ने कुरामा जोड दिएका थिए।

 आफुले सर्लाहीका जनताको लागि सधै काम गरेको र यसपालि पनि सर्लाहीका जनताले साथ दिए आफु सँग धेरै बिकासका योजनाहरु रहेको बताए।

    उहाँले हुलाकी राजमार्ग,पक्की पुलहरु, डिप बोरिङ्ग,नदी नियन्त्रणका लागि बाँधको निर्माणकार्य लगायतका आयोजनाहरु आफ्नो  प्राथमिकता रहेको बताउनु भयो। 

   रायले राजनिती क्षेत्रको  लामो यात्रामा यो चुनाव आफ्नो  अंतिम रहेकोले  अंतिम पटक सेवा गर्ने मौका प्रदान गरिदन रायले जनतासँग अनुरोध गर्नुभएको छ।

   सोही कार्यक्रमका विशिष्ट अतिथि तथा सर्लाही क्षत्र नं २(क) र (ख) का क्रमश उम्मेदवार  सुनिल साह र कौशल किशोर रायले पनि आफुहरु सँग सर्लाही जिल्लाको बिकासको लागि थुप्रै योजनाहरु रहेको तर मौका नपाएको बताए।  यसपालि जनताले साथ दिए सर्लाहीबासीको लागि केही गर्ने इच्छा रहेको  समेत व्यक्त गरे।

No comments:

Post a Comment