Monday, November 7, 2022

मलंगवामा कवि कोकिल मैथिली महाकवि बिद्यापतिको स्मरण समरोह सम्पन्न




लोकतन्त्र समाचारदाता---सर्लाही, कात्तिक २१ 

    कवि कोकील विद्यापतिको स्मृति र सम्मानमा मैथिली पर्वर्धन समिती मलंगवाले सोमबार सदरमुकाम मलंगवामा ``बिधापति स्मृति समारोह´´को आयोजना गरेको छ।

      मलंगवा निवासी चिरन्जिबि मिश्रको निजि निवासमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता उमेश चन्द्र मिश्रले गरेका थिए भने प्रमुख अथिति राजेन्द्र महतो र मेथुर चौधरी थिए र साथै धिरेन्द्र मिश्र,सुमन मिश्र, सतिश झा, जग्बन्धन झा, विजय झा, सृनिल झा, हलेव्श्रर झा, पवन झा, निखिल झा, निर्मल झा, सुभम झा एवम अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।   

              

    आफ्नो काब्य प्रतिभा र विद्धताका कारण मैथिली जनमानसमा प्रयाप्त सम्मान र आदर पाएका कवि विद्यापतिको  आदर र सम्मानको लागि हामी समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष मिश्रले बताए। मैथली    साहित्य र भाषाको क्षेत्रमा उनको योगदान असामन्य रहेको र उनी सधेैभरीको लागि मैथलीबासीहरुको मुटुमा बस्न सफल भएको कुरा पनि बताए।

   प्रमुख अथिति तथा पूर्व उप-प्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य उमेदवार  राजेन्द्र महतोले मैथली भाषाको महान कवि कोकील बिधापतिको स्मरण कार्यक्रममा उपस्थित हुनपाएकोमा खुसी व्यक्त गरे। बिधापति जस्तो मैथली भाषाका महान कविले गर्दा मथिला राज्य अथात मधेशी जनताको गौरव बढेको छ। मैथली भाषा र संसकृति जोगाउन बिधापति जस्तो अरु महान कवि यो मिथिला राज्यमा जन्मिनु पर्ने पुर्व उप-प्रधानमन्त्री महतोले बताए। कार्यक्रमको अर्को प्रमुख अतिथि तथा आसन्न निर्वाचनको सर्लाही क्षेत्र नं २(ख)का प्रदेश सभा सदस्य उमेदवार मेथुर चौधरीले बिधापतिले माथि उकालेको मैथली भाषा र संसकृति बिस्तारै हराउदै गएको कुरामा दुख प्रकट गरे र यसलाई जोगाउन सामुदायिक स्तरबाटै पहल गर्नुपर्ने कुरामा जोड दिए। 

    हरेक वर्ष महाकवी विद्यापति स्मृति पर्व समारोहको अवसर पारेर मैथिली अभियानमा महत्वपुर्ण योगदान पुर्‍याउने  मैथिलीसेवीलाई विभिन्न पुरस्कारवाट सम्मानित गरिदै आएको अध्यक्ष मिश्रले  जानकारी दिए ।


    

No comments:

Post a Comment