Wednesday, November 9, 2022

मलंगवाको बसपार्क नसार्दा निर्माणमा खर्च भएको ६ करोड रुपैयाँ पानीमा

 मलंगवाको बसपार्क नसार्दा निर्माणमा खर्च भएको ६ करोड रुपैयाँ पानीमा



लोकतन्त्र समाचारदाता

सर्लाही ,कात्तिक २३

   सर्लाहीको मलंगवा नगरपालिका वडा न.२ मा करिब ६ करोडको लागतमा अत्याधुनिक टर्मिनल भवन सहित अत्यधुनिक तरिकाले निर्माण गरिएकाे बस पार्क प्रयोग बिहिन बनेकाे छ ।

    स्थानीय तह र बस ब्यबसायीको गैर जिम्मेवारीले अव्यबस्थित रहेको बस पार्कलाई ब्यबस्थित भन्दै बसपार्क निर्माण गरिए पनि बसपार्क निर्माण गरिएको करिब १ बर्ष बितिसक्दा पनि बसपार्कमा बसहरु भेटिएको छैन ।  सर्लाहीको मलंगवा नगरपालिका वडा.९ जनसागर बजारमा पुरानो बसपार्क रहेको छ ।

   बजारमा अव्यबस्थित रहेको बसपार्कलाई ब्यबस्थित गर्न भन्दै झन्डै करिब ६ करोड भन्दा बढी लागतमा छुटै नया बसपार्क निर्माण गरिएको हो । नेपाल सरकारकै शहरी बिकाश तथा भवन निर्माण कार्यालय जनकपुर धाम मार्फद मोटो रकम लागतमा बसपार्क निर्माण गरियको लामो समय हुँदापनि बसपार्क प्रयोग बिहिन बन्न पुगेको छ ।

    तर मलंगवान नगरपालिका वडान.९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तार संगै सवारी साधनहरुको समेत चाप बढेको कारण नया बसपार्क निर्माण गरिएको तर स्थानीय तहले समेत बेवास्ता गरेका कारण ठुलो रकम खर्च गरेर निर्माण गरिएको बसपार्क प्रयोग बिहिन हुन पुगेकाे बताइएकाे छ ।

   टर्मिनल भवन सहित निर्माण गरिएको नया बसपार्क संचालनमा नआउदा जिल्ला सदरमुकान मलंगवामा बस,टेम्पु,कार,जिप रिक्सा र ट्रक लगायतका अन्य सवारी साधनहरु व्यस्थापनमा समस्या देखिएको छ । बजार बीचको अव्यबस्थित पार्किंङले गर्दा सवारी ब्यबस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । ठुलो रकममा निर्माण गरियको बसपार्क ठिकेदारले नगरपालिकालाई धेरै दिन पहिला नै बुझाई दिदा पनि नगरपालिकाको गैर जिमेवारी र ढिला सुस्तिको कारणले गर्दा बसपार्क संचालनमा आउँन नसकेकाे स्थानियले बताएका छन् ।

    उता बस ब्यबसायका नि.वर्तमान अध्यक्ष दिपलाल महतोले नयाँ बसपार्कमा बसहरु लैजान आफु तयार नरहेको कुरो बताएका छन् । महतोले नया बसपार्क उपयुक्त ठाउमा नभएकाले त्यहा बसहरु लैजान आनाकानी गर्दै आइरहेको र स्थानीयतहको समेत गैर जिम्मेवारीले गर्दा नया बसपार्क संचालान हुन् सकेको स्थानीयहरुको भनाइ रहेको छ। 



No comments:

Post a Comment