Saturday, July 2, 2022
सर्लाहीका ८० भन्दा बढी क्लब तथा खेलाडी हरुको समूहलाई खेलकुद सामाग्री वितरण
सर्लाही जिल्लामा खेलकुदको विकास तथा खेलाडीहरूको उत्साह बढाउन मोप्प नेपाल संस्थाले जिल्लाका ८८ वटा क्लबहरुलाई विभिन्न खेलका खेलकुद सामग्रीहरु वितरण गरेको छ।
संस्थाका अध्यक्ष राम सोमारी साहको सभापतित्व तथा प्रदेश सांसद एवं प्रदेश मामिला सभापति अशोक यादवको प्रमुख आतिथ्यतामा तथा प्रदेश सांसद निरा कुमारी साहको विशिष्ठ आतिथ्यतामा शुक्रवार सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित कलवार धर्मशालामा एक कार्यक्रमको आयोजना गरि जिल्लामा रहेका विभिन्न युवा क्लब,विद्यालय तथा खेलकुदमा संलग्न युवाहरुको समुहलाई फुटबल,भलिबल,ब्याडमिन्टन तथा क्रिकेट खेलका सामाग्रीहरु वितरण गरिएको हो। वितरण गरिएका सामाग्रीहरुमा फुटबल २४ सेट,भलिबल २४ सेट,ब्याडमिन्टन २० सेट र क्रिकेट २० सेट रहेका छन् ।
खेलकुद सामाग्री वितरण गर्न आयोजना गरिएको कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,जसपा सर्लाही अध्यक्ष विरेन्द्र कुमार राय,मोप्प नेपालका संजय मण्डल,हारमोनियम स्पेस्लिष्ट विमल साह सोनार, विभिन्न युवा क्लबका खेलाडीहरु,क्लबहरुका पदाधिकारीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।
Friday, July 1, 2022
खेतीको लागि सरकारले नेपालमा रासायनिक मल उपलब्ध नगराए पछि सिमापारीबाट ल्याउँदा नेपाली सुरक्षाकर्मीले ल्याउन नदिएको किसानहरुको गुनासो
मनोज यादव---
सर्लाही,असाढ १७
सर्लाहीका किसानहरुलाई अहिले रोपाइँ गर्ने चटारो छ ।यस्तो बेला किसानहरुलाई मलको आवश्यक परेको छ । तर धान रोपाइँ गरिरहेका किसानहरुले रासायनिक मल पाउन सकेका छैनन्।
कतिपय किसानहरुले रोपाइँ सुरु गरिसकेका छन् भने कतिपय रोपाइँ गर्ने तयारीमा लागेका छन् । सिजनमै आएर रासायनिक मल नपाएपछि हुर्किसकेको बेर्ना सुक्ने चिन्ताले उनीहरूलाई सताएको छ।बेर्ना हुर्किएर रोप्ने अवस्थाको भए पनि मलको अभावमा किसानले रोपाइँ गर्न पाएका छैनन्। रोपिसकेको धान बालीको लागि अती आवश्यक रासायनिक मल आफ्नै देशमा बढी पैसा तिरेर भएपनि किन्न नपाए पछि बाध्य भएर भारतीय बजारबाट ल्याउनु परेको छ ।एकदुई बोरा मल साइकलमा बोकेर ल्याउँदा समेत नेपाल-भारत सिमानाकामा खटिएका नेपाली सुरक्षाकर्मीले ल्याउन नदिएको किसानहरुले गुनासो गर्दै आएका छन् ।
रोपाइँ गर्ने तयारीमा रहेका किसानहरु धान रोप्दा चाहिने डीएपी मल जति कोशिश गर्दा पनि नपाएको गुनासो गरेका छन् । मल नहाली रोपाइँ गर्दा फसल राम्रो नहुने भएकोले समयमा रोपाइँ नगर्दा हुर्किसकेका बेर्नाहरु बिग्रिन थालेको उनीहरुले दुःखेसो पोखेका छन् ।
मलको लागि सहकारीमा जाँदा आज आउँछ, भोलि आउँछ भन्ने कर्मचारीहरुले आश्वासन सुन्दासुन्दै मलको लागि सहकारीमा धाउन थालेको महीना दिन भइसकेको छ तर अहिलेसम्म एक बोरा पनि पाउन सकेका छैनौं ,किसानले बताए ।
नेपालमा मल नपाएपछि यहाँका किसानहरु भारतीय बजारमा गएर मल ल्याउने गरेका छन् । भारतीय बजारमा सहज रूपमा मल खरीद गर्न पाए पनि बोर्डरमा खटेका नेपाली सुरक्षाकर्मीले ल्याउनमा रोक लगाएको एक किसानले सुनाए। उताका सुरक्षाकर्मीले कुनै रोकटोक नगरेपनि हाम्रै तिरको सुरक्षाकर्मीले रोक्ने गरेको उनले भने । जब हाम्रो सरकारले समयमा मल उपलब्ध गराउन सक्दैन भने कमसेकम भारतबाट त ल्याउन दिनुपर्यो । सरकारले किसानलाई आवश्यक परेको बेला सहुलियत रुपमा मल खाध उपलब्ध गराउनु पर्यो या त भारतबाट ल्याउँदा सिमानाकामा कुनै किसिमको रोकटोक नगरी ल्याउन दिनुपर्यो किसानहरुले भने।
ठूला ब्यापारीहरु सिमानाकामा खटिएका सुरक्षाकर्मीहरु तथा तिनका प्रमुखलाई महिनावारी रुपमा मोटो रकम बुझाएर ट्रक, ट्याक्टर लगायतका सवारीसाधनमा लोड गरेर बोराको बोरा मल खाध भारतबाट ल्याउँदा कुनै रोकटोक नगर्ने तर किसानले एकदुई बोरा साइकल अथवा टाउकोमा बोकेर ल्याउँदा पक्रेर मोटो रकम माग्ने र उनीहरूले मागेजतिको रकम नदिएको खण्डमा एक बोरा मल मात्रै रहेपनि भन्सारमा लगेर बुझाइदिने गरेको किसानहरुले गुनासो गरेका छन्।
कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख एवं कृषि प्रसार अधिकृत कमलदेव प्रसाद कुशवाहाले रोपाइँ गर्ने सिजनमै आएर मलको अभाव हुने समस्या एकदुई पटकपटको मात्र नभइ यो हरेक वर्षको समस्या रहेको बताए ।सर्लाहीमा झण्डै ४० देखि ४६ हजार हेक्टर जग्गामा धानबाली हुने गरेको छ। जिल्लामा मल आपुर्ति गर्ने जिम्मा कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङले लिएको छ।कृषि सामाग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आपुर्तिको जिम्मा लिएको छ।कृषि सामाग्रीले ६ सय १५ मेट्रिक टन डिएपी,३० मेट्रिक टन युरिया र साढे ३ मेट्रिक टन पोटास ल्याएको छ।त्यसैगरी साल्ट ट्रेडिङले ७ सय ४० मेट्रिक टन डिएपी र ८ सय ३३ मेट्रिक टन युरिया ल्याएको र उक्त मलहरु विवाद रहित तरिकाले क्षेत्रफलको हिसाबले पालिकाहरुमा वितरण गर्ने निर्णय भएको र सोही निर्णय अनुसार अहिले डिलरहरु मार्फत वितरण भइरहेको कृषि ज्ञान केन्द्र प्रमुख कुशवाहाले जानकारी गराउनुभयो ।तर हाल वितरण भइरहेको मल अपर्याप्त रहेकोले गर्दा जिल्लामा मलको अभाव भएको उहाँले बताउनुभयो ।
देशकै अन्न भण्डार मानिएको तराईमा मल खाधको अभावमा हजारौं बिगहा खेतियोग्य जमिन बाँझो बन्दै गएको छ।यहाँ किसानहरु खेतिपाती गर्न छाडेर अन्य बैकल्पिक रोजगार तर्फ लाग्न थालेका छन् ।जसले गर्दा हाम्रो देशमा अन्नको कमि हुँदै गएको छ। देशलाई यस्तो समस्या बाट जोगाउन र पलायन भइसकेका र पलायन हुने तयारीमा रहेका किसानलाई कृषिकार्य तर्फ फर्काउन सरकारले किसानको समस्या समाधान गर्न ठोस कदम चाल्नुपर्ने बुद्धिजीवीहरु बताउँछन् ।
सर्लाहीको विभिन्न ठाउँबाट भन्सार छलेर ल्याएको अवैध सामान बरामद
लोकतन्त्र समाचारदाता----
सर्लाही,असाढ १८
सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ३ लाख १८ हजार रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गस्तीमा खटिएका प्रहरी टोलीले शुक्रवार बिहान जिल्लाको बलरा नगरपालिका वडा न-२ जमुनिया स्थितबाट बोर्डर हुँदै भारततर्फ DL 3 S 2443 नम्बरको मोटरसाइकलमा जुटको २ वटा बोरामा राखेर लैंजादै गरेको अन्दाजी १० हजार मूल्य बराबरको सौंफी नामक मदिरा मोटरसाइकलसहित नियन्त्रणमा लिएका छन् ।
यस्तै बिहिवार बलरा नपाकै वडा न-१० सुदामामा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको अन्दाजी १ लाख ५० हजार मुल्य बराबरको साडी तथा विभिन्न मेसिनरी सामानहरु बरामद गरेको छ। सोही दिन प्रहरीले ब्रह्मपुरी गाउँपालिका वडा न-४ स्थित भारतबाट नेपालतर्फ भन्सार छलेर टाउकोमा बोकेर ल्याउँदै गरेको २५ किलोको बोरामा २० बोरा(५०० किलो)अन्दाजी ७३ हजार मुल्यको केराउ फेला पारि नियन्त्रणमा लिएको छ।
यसैगरी सोही दिन गोडैता नपाको वडा न-२,बेल्वाजब्दीबाट प्रहरीले भारतबाट साइकलमा राखेर ल्याउँदै गरेको अन्दाजी १५ हजार मुल्य बराबरको किरानाको सामान बरामद गरेको छ।उक्त सामान ल्याउने ब्यक्ति सामान फालेर साइकलसहित फरार भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै अवैध सामानहरु नियन्त्रणमा लिएर अनुसंधान भइरहेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।
सर्लाहीका जिसस प्रमुख कौशल सिंह एक्सनमा आए, जिल्लाका २० वटै पालिकाहरु सँग गरे प्रगति समीक्षा बैठक
बखतियार अलि---- सर्लाही, असाढ १७
नवनिर्वाचित जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख काैशल सिंह एकसनमा आएकाे छ । एक्सनमा आएपछि उहाँले आज(शुक्रवार)एक कार्यक्रमको आयोजना जिल्लाका २० वटै पालिकाहरु सँग आर्थिक बर्ष २०७८/०७९ मा गरेकाे बिकास निर्माण तथा बित्तिय ब्यबस्थापनकाे प्रगति समीक्षा गर्नुभएको छ ।
समीक्षा बैठकमा मन्तव्य राख्दै उहाँले जिल्ला समन्वय समिति सर्लाहीले जिल्ला समन्वय समिति सर्लाहीकाे अधिकार क्षेत्रमा रही बार्षिक २ पटक प्रगति समीक्षा बैठक गर्ने बताउनु भयाे । पालिकाहरूकाे नियमित अनुगमन गर्ने बताउदै उहाँले अब जिल्लाकाे कुनै पनि पालिकामा हुने बेथिति र अनियमितता सहनीय नहुने बताउनु भएको छ ।कार्यक्रममा प्रमुख सिंहले जनअपेक्षा अनुसार काम गर्न सबै स्थानीय सरकारलाई निर्देशन दिंदै जनताकाे चाहना बमोजिम काम गर्न गराउन सबै पालिका प्रमुखहरूलाई आग्रह समेत गर्नु भएको छ ।
उहाँकै संयोजकत्वमा सम्पन्न भएको गोष्ठीमा गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका २० वटा पालिकाहरुमा भए गरेका कार्यक्रमहरुको प्रगति उपर समिक्षा गरिएको थियो । गोष्ठीमा सहभागी नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले आ-आफ्नो पालिकाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सदरमुकाम मलंगवा स्थित जिसस सर्लाहीको सभाहलमा आयोजित कार्यक्रममा जिसस उपप्रमुख जितेन्द्र कुमार महतो, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिसस अधिकारी होमनाथ सुवेदी, मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव, धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साह, कबिलासी नपा मेयर ब्रह्मदेव राय, उपमेयर पुनमदेवी कर्ण, नागरिक समाजका शिवचन्द्र चौधरी, जिसस सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतहरु लगायत पत्रकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी सुवेदीले गर्नुभएको थियो।
सर्लाहीमा सामाजिक कुरिती विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
सर्लाहीमा सामाजिक कुरिती विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
लोकतन्त्र समाचारदाता---
सर्लाही,असाढ १७
सर्लाहीको सदरमुकाम मलंगवामा सामाजिक कुरिती विरुद्ध सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजनामा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर देवकोटाको अध्यक्षता तथा मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहभागी अतिथिहरुले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक सबै प्रकारका विभेद अन्त्य गरि सभ्य समाजको निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै प्रजिअ देवकोटाले आर्थिक समानता समृद्धि, सामाजिक न्यायको सुनिस्चितता समानुपातिक समाबेशि र सहभागितामुलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माणमा सबैले पक्षले आ-आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताउनु भएको थियो ।उहाँले समाजमा रहेका कुरिती र कुसंस्कारका कारण महिला तथा सिमान्तकृत समुहका व्यक्तिहरुमा परेको प्रभावका बारेमा सहभागी अतिथिहरुलाई सहजीकरण गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय मलंगवाको सभाजलमा आयोजना भएको कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, मानव अधिकारकर्मी,महिला अधिकारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
राजविराजमा पुगेर मन्त्री सिंहले गरे प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताकाे उदघाटन
बखतियार अलि- राजविराज १७ असार । मधेश प्रदेशका बालबालिका युवा तथा खेलकुद मन्त्री माननीय बिरेनद्र प्रसाद सिंहले अाज राजविराज पुगेर प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ काे प्रमुख अतिथिकाे रूपमा समुदघाटन गर्नु भएकाे छ । महेन्द्र नारायण निधि नाम रहेकाे प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ काे वहाले उदघाटन गरेकाे हाे । यश प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाकाे क्रिकेट टिमहरूले सहभागीता जनाएको छ । याे प्रतियाेगिता १५ दिन भनदा बढि समय सम्म चलने अायाेजकले बताएकाे छ । जसमा प्रदेशकै नामचिन ख्याती कमाएका खेलाडीहरू सहभागी रहेकाे छ । क्रिकेट टुर्नामेन्ट देखनकाे लागि मात्र प्रदेश भरिबाट हजाराै हजार खेल प्रेमि दर्शक यश प्रतियाेगिता सहभागी भएका छन ।
बागमती र मनुष्माराको बाढीमा फसेका ८१ जना किसानहरुको सकुशल उद्धार
लोकतन्त्र समाचारदाता---
सर्लाही,असाढ १७
सर्लाही जिल्लातर्फको बागमती नदी र मनुष्मारा खोलामा आएको बाढीमा फसेका रौटहट जिल्लाका ८१ जना किसानहरुको बुधवार राती सकुशल उद्धार गरिएको छ ।
रौतहट जिल्लाको राजदेवी गाउँपालिका वडा न-४ घरभइ बागमती पारी सर्लाहीतर्फको खेतमा रोपाइ गर्न आएका किसानहरु अचानक बागमती नदी र मनुष्मारा खोलामा बाढी आई दुवै नदीको बीचमा फसेको भन्ने खवर पाउनासाथ प्रहरी चौकी छन्कीटोल र इप्रका गडहियाबाट खटिगएका प्रहरी टोलीले स्थानीयबासीहरुको सहयोगमा डुंगाको सहायताले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिए।
सकुशल उद्धार गरिएका ८१ जनै मानिसहरुलाई बलरा नगरपालिका वडा न-१,हथिऔल स्थित एक प्राथमिक विद्यालयमा राखि भोलीपल्ट (बिहिवार) घर पठाएको प्रहरीले जनाएको छ।
अहिले केही दिनदेखि लगातार वर्षा भइरहेकाले खोलाहरुमा जुनसुकै बेला आकस्मिक बाढी आउन सक्ने हुँदा खोला छेउमा बसोबास गर्ने नागरिकहरुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ
Subscribe to:
Posts (Atom)
















