Friday, July 1, 2022

सर्लाहीका जिसस प्रमुख कौशल सिंह एक्सनमा आए, जिल्लाका २० वटै पालिकाहरु सँग गरे प्रगति समीक्षा बैठक

 



बखतियार अलि----                                      सर्लाही, असाढ १७

    नवनिर्वाचित जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख काैशल सिंह एकसनमा आएकाे छ । एक्सनमा आएपछि उहाँले आज(शुक्रवार)एक कार्यक्रमको आयोजना जिल्लाका  २० वटै पालिकाहरु सँग आर्थिक बर्ष २०७८/०७९ मा गरेकाे बिकास निर्माण तथा बित्तिय  ब्यबस्थापनकाे प्रगति समीक्षा गर्नुभएको छ ।

    समीक्षा बैठकमा मन्तव्य राख्दै उहाँले  जिल्ला समन्वय समिति सर्लाहीले  जिल्ला समन्वय समिति सर्लाहीकाे अधिकार क्षेत्रमा रही बार्षिक २ पटक प्रगति समीक्षा बैठक गर्ने बताउनु भयाे । पालिकाहरूकाे नियमित अनुगमन गर्ने बताउदै उहाँले अब जिल्लाकाे कुनै पनि पालिकामा हुने बेथिति र अनियमितता सहनीय नहुने बताउनु भएको छ ।कार्यक्रममा प्रमुख सिंहले  जनअपेक्षा अनुसार काम गर्न सबै स्थानीय सरकारलाई निर्देशन दिंदै  जनताकाे चाहना बमोजिम काम गर्न गराउन  सबै पालिका प्रमुखहरूलाई आग्रह समेत गर्नु भएको छ ।

   उहाँकै संयोजकत्वमा सम्पन्न भएको गोष्ठीमा  गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका २० वटा पालिकाहरुमा भए गरेका कार्यक्रमहरुको प्रगति उपर समिक्षा गरिएको थियो । गोष्ठीमा सहभागी नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले आ-आफ्नो पालिकाको  प्रगति विवरण प्रस्तुत गरेका थिए ।

    सदरमुकाम मलंगवा स्थित जिसस सर्लाहीको सभाहलमा आयोजित कार्यक्रममा जिसस उपप्रमुख जितेन्द्र कुमार महतो, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिसस अधिकारी होमनाथ सुवेदी, मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव, धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साह, कबिलासी नपा मेयर ब्रह्मदेव राय, उपमेयर पुनमदेवी कर्ण, नागरिक समाजका शिवचन्द्र चौधरी, जिसस सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतहरु लगायत पत्रकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

   कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी सुवेदीले गर्नुभएको थियो।

No comments:

Post a Comment