Friday, July 1, 2022

सर्लाहीको विभिन्न ठाउँबाट भन्सार छलेर ल्याएको अवैध सामान बरामद





लोकतन्त्र समाचारदाता----

सर्लाही,असाढ १८

    सर्लाही  प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ३ लाख १८ हजार रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामान बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गस्तीमा खटिएका प्रहरी टोलीले शुक्रवार बिहान जिल्लाको बलरा नगरपालिका वडा न-२ जमुनिया स्थितबाट बोर्डर हुँदै भारततर्फ DL 3 S 2443 नम्बरको मोटरसाइकलमा जुटको २ वटा बोरामा राखेर लैंजादै गरेको अन्दाजी १० हजार मूल्य बराबरको सौंफी नामक मदिरा मोटरसाइकलसहित नियन्त्रणमा लिएका छन् ।

   यस्तै बिहिवार बलरा नपाकै वडा न-१० सुदामामा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको अन्दाजी १ लाख ५० हजार मुल्य बराबरको  साडी तथा विभिन्न मेसिनरी सामानहरु बरामद गरेको छ। सोही दिन प्रहरीले ब्रह्मपुरी गाउँपालिका वडा न-४ स्थित भारतबाट नेपालतर्फ भन्सार छलेर टाउकोमा बोकेर ल्याउँदै गरेको २५ किलोको बोरामा २० बोरा(५०० किलो)अन्दाजी ७३ हजार मुल्यको केराउ फेला पारि नियन्त्रणमा लिएको छ।

    यसैगरी सोही दिन गोडैता नपाको वडा न-२,बेल्वाजब्दीबाट प्रहरीले भारतबाट साइकलमा राखेर ल्याउँदै गरेको  अन्दाजी १५ हजार मुल्य बराबरको किरानाको सामान बरामद गरेको छ।उक्त सामान ल्याउने ब्यक्ति सामान फालेर साइकलसहित फरार भएको प्रहरीले जनाएको छ।

    बरामद गरिएका सबै अवैध सामानहरु नियन्त्रणमा लिएर अनुसंधान भइरहेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।


No comments:

Post a Comment