Friday, July 1, 2022

सर्लाहीमा सामाजिक कुरिती विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न


सर्लाहीमा सामाजिक कुरिती विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ १७

     सर्लाहीको सदरमुकाम मलंगवामा सामाजिक कुरिती विरुद्ध सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको छ। 

    जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजनामा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर देवकोटाको अध्यक्षता तथा मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहभागी अतिथिहरुले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक सबै प्रकारका विभेद अन्त्य गरि सभ्य समाजको निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।     कार्यक्रममा बोल्दै प्रजिअ देवकोटाले आर्थिक समानता समृद्धि, सामाजिक न्यायको सुनिस्चितता समानुपातिक समाबेशि र सहभागितामुलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माणमा सबैले पक्षले आ-आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताउनु भएको थियो ।उहाँले समाजमा रहेका कुरिती र कुसंस्कारका कारण महिला तथा सिमान्तकृत समुहका व्यक्तिहरुमा परेको प्रभावका बारेमा सहभागी अतिथिहरुलाई सहजीकरण गर्नुभएको थियो ।

    जिल्ला प्रशासन कार्यालय मलंगवाको सभाजलमा आयोजना भएको कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, मानव अधिकारकर्मी,महिला अधिकारकर्मी, सुरक्षाकर्मी  लगायतको उपस्थिति रहेको थियो । 

No comments:

Post a Comment