Saturday, July 2, 2022

सर्लाहीका ८० भन्दा बढी क्लब तथा खेलाडी हरुको समूहलाई खेलकुद सामाग्री वितरण





लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ १८

    सर्लाही जिल्लामा खेलकुदको विकास तथा खेलाडीहरूको उत्साह बढाउन मोप्प नेपाल संस्थाले  जिल्लाका ८८ वटा क्लबहरुलाई विभिन्न खेलका खेलकुद सामग्रीहरु वितरण गरेको छ।

  संस्थाका अध्यक्ष राम सोमारी साहको सभापतित्व तथा प्रदेश सांसद एवं प्रदेश मामिला सभापति अशोक यादवको प्रमुख आतिथ्यतामा तथा प्रदेश सांसद निरा कुमारी साहको विशिष्ठ आतिथ्यतामा शुक्रवार सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित कलवार धर्मशालामा एक कार्यक्रमको आयोजना गरि जिल्लामा रहेका विभिन्न युवा क्लब,विद्यालय तथा खेलकुदमा संलग्न युवाहरुको समुहलाई फुटबल,भलिबल,ब्याडमिन्टन तथा क्रिकेट खेलका सामाग्रीहरु वितरण  गरिएको हो। वितरण गरिएका सामाग्रीहरुमा फुटबल २४ सेट,भलिबल २४ सेट,ब्याडमिन्टन २० सेट र क्रिकेट २० सेट रहेका छन् ।

   

उक्त खेलकुद सामाग्रीहरु मधेश प्रदेश सांसद निरा कुमारी साहको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वितरण गरिएको आयोजक संस्थाका कार्यक्रम निर्देशक तथा खेलकुद सामाग्री वितरण कार्यक्रमका संचालक बिरेन्द्र कुमार गुप्ताले जनाएको छ।

    खेलकुद सामाग्री  वितरण गर्न आयोजना गरिएको  कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,जसपा सर्लाही अध्यक्ष विरेन्द्र कुमार राय,मोप्प नेपालका संजय मण्डल,हारमोनियम स्पेस्लिष्ट विमल साह सोनार, विभिन्न युवा क्लबका खेलाडीहरु,क्लबहरुका पदाधिकारीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको  उपस्थिति रहेको थियो।

    

   

    


No comments:

Post a Comment