Friday, July 1, 2022

बागमती र मनुष्माराको बाढीमा फसेका ८१ जना किसानहरुको सकुशल उद्धार




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ १७

   सर्लाही जिल्लातर्फको बागमती नदी र मनुष्मारा खोलामा आएको बाढीमा फसेका रौटहट जिल्लाका ८१ जना किसानहरुको बुधवार राती सकुशल उद्धार गरिएको छ ।

     रौतहट जिल्लाको राजदेवी गाउँपालिका वडा न-४ घरभइ बागमती पारी सर्लाहीतर्फको खेतमा रोपाइ गर्न आएका किसानहरु अचानक बागमती नदी र मनुष्मारा खोलामा बाढी आई दुवै नदीको बीचमा फसेको भन्ने खवर पाउनासाथ प्रहरी चौकी छन्कीटोल र इप्रका गडहियाबाट खटिगएका प्रहरी टोलीले स्थानीयबासीहरुको सहयोगमा डुंगाको सहायताले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिए।

   सकुशल उद्धार गरिएका ८१ जनै मानिसहरुलाई बलरा नगरपालिका वडा न-१,हथिऔल स्थित एक प्राथमिक विद्यालयमा राखि भोलीपल्ट (बिहिवार) घर पठाएको प्रहरीले जनाएको छ।

    अहिले केही दिनदेखि लगातार वर्षा भइरहेकाले खोलाहरुमा जुनसुकै बेला आकस्मिक बाढी आउन सक्ने हुँदा खोला छेउमा बसोबास गर्ने नागरिकहरुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ


No comments:

Post a Comment