सर्लाही ,भदौ २४/
प्रहरीले सर्लाहीको बरहथवाबाट ४ हजार २ सय ८० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय बरहथवाबाट डिएसपी उद्धव सिंह भाटको कमाण्डमा खटिएको प्रहरी टोलीले बरहथवा न.पा वडा न-१ हजरियामा स्थानीय राजन परियार,सुरेश सहनी, किरण गुरुङ र मोहन लामाको घरबाट उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो ।ती चारैजना स्थानीयबासीको घरमा चेकजाँच गर्ने क्रममा तयारी अवस्थामा रहेको घरेलु मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चेकजाँचको क्रममा बरामद भएका घरेलु मदिरा बनाउन प्रयोग हुने सामानहरु नियन्त्रणमा लिएर इप्रका बरहथवामा राखेको प्रहरीले जानकारी दिए ।
Wednesday, September 9, 2020
अवैध घरेलु मदिरा नष्ट
पोखरीमा डुबेर सर्लाहीको फेन्हारामा एक किशोरीको मृत्यु ।
सर्लाही ,भदौ २४
सर्लाहीको विष्णु गाउँपालिका-५ फेन्हारा गाउँमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विष्णु गाउँपालिका-५ फेन्हारा बस्ने टोल बस्ने राम विशाल पंडितकी १५ वर्षिया छोरी गायत्री पंडित रहेकी छिन ।
आज(बुधबार)बिहान साढे १० बजे आफ्नी आमा सँगै घरदेखि ५०० मिटर पुर्वमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएकी किशोरीलाई प्रहरी र स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी सिमरामा पुर्याएका थिए ।निजको उपचारको क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीले जनाएको छ । घटना स्थलको मुचुल्का उठाइ मृतक पंडितको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरी प्रवक्ता प्रनी कुर्मीले जानकारी दिनुभयो ।
आज(बुधबार) तराई मधेसका महिलाहरुले मनाउने जितिया पर्व रहेको र सोही पर्वको लागि नुहाउन भनी आमाछोरी पोखरीमा गएको स्थानीयबासी एवं जिल्ला समन्वय समिति सर्लाहीका सदस्य विद्यानन्द पंडितले लोकतन्त्रलाई बताए ।
सर्लाहीको हरिवनमा झुन्डिएर एक युवकको मृत्यु
सर्लाही ,भदौ २४/
सर्लाहीको हरिवनमा बुधबार बिहान झुन्डिएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिवन नगरपालिका वडा न-११ बस्ने रेख बहादुर बम्जनका छोरा २२ वर्षीय बिक्रम हेम्जन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
युवकले ११ बजेको समयमा सुर्ती विकास नजिकै आफ्नै कच्चीघरको बलोमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएकोे जिप्रका सर्लाहीले बताएको छ ।
मृतक हेम्जनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा लगिएको छ ।घटनाको कारण नखुलेको र यश विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिसकेको जिप्रकाले बताएको छ ।
सर्लाहीमा सोमबार दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् ।
लोकतन्त्र समाचारदाता-----
सर्लाही ,भदौ २४
सर्लाहीमा सोमबार दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् ।
नयाँरोडबाट बरहथवा तर्फ आउँदै गरेको ना ३२ प ७६२८ नम्बरको मोटरसाइकलले बरहथवा -९ स्थित कुशुम चौकमा पैदल यात्री सोही ठाउँका किसन बहादुर गोलेकी ९ वर्षिया छोरी आरुसी गोलेलाई ठक्कर दिएको छ । सोही दुर्घटनामा मोटरसाइकल चालक बरहथवा-५ बस्ने मनोज कुमार साहको छोरा वर्ष १८ का सुभम साह समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै मंगलबार अपराह्न साढे ४ बजेको समयमा लालबन्दी नगरपालका वडा न-१७ रानिगंज स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आईरहेको ज १ स ९९६ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टिँदा ३ जना मानिसहरु घाईते भएका छन् ।दुर्घटनामा परि घाइते हुनेहरुमा ईश्वरपुर नगरपालिका वडा न-१४ श्रीनगर बस्ने वर्ष ४२ को रामबाबु महतो, महोत्तरी जिल्ला सोनमा गाउँपालिका वडा न-६ मगरथाना बस्ने वर्ष ७० का इजरायल मनसुर र वर्ष १६ का अलाउद्दिन मन्सुर रहेका छन् ।
दुर्घटनामा संलग्न सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते सबैको स्थानीय निजी अस्पतालमा उपचार भइरहेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीले जानकारी दिएको छ ।
ठूलो मात्रामा अवैध घरेलु मदिरा नष्ट
ठूलो मात्रामा अवैध घरेलु मदिरा नष्ट
लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ २४
प्रहरीले सर्लाहीको दक्षिण–पश्चिम भेगका विभिन्न गाउँ स्थित एकान्त ठाउँमा लुकिछिपी अवैध रुपमा संचालित भट्टी पसलहरुबाट ३ हजार १ सय ८० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट गर्नुका साथै मदिरा बनाउन प्रयोग हुने सामानहरु नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धव सिंह भाटको कमाण्डमा खटिएका प्रहरी टोलीले जिल्लाको बरहथवा नगरपालिका वडा न-८ टाँडी र गोडैता नगरपालिका वडा न-५ रामबनबाट अवैध मदिरा तथा सरसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिप्रका सर्लाहीका अनुसार बरहथवा नपा–८ टाँडीका कैलाश साहको मदिरा सहित ठुलो ड्रम ८ वटा ,ग्यालिन २१ वटा तथा गोडैता नपा–५ रामवन निवासी अरबिन्द्र साहको पनि मदिरा सहित ठुलो ड्रम ५ वटा र ८ वटा सानो ग्यालिन बरामद गरीएको छ ।
प्रहरीले समय–समयमा अवैध रुपमा लुकिछिपी संचालन भइरहेका घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु भत्काउने गरेपनि त्यसको उत्पादन भने रोकिएको छैन् ।नेपाल -भारत सिमावर्ती गाउँमा संचालित भट्टी पसलमा मदिरा पिउन भारतीयहरु लुकिछिपी आउने गरेको स्थानीयहरुले बताएका छन् ।
Tuesday, September 8, 2020
सर्लाहीमा थप एकजनाए कोरोना संक्रमितको मृत्यु /मृतकको शव नेपाली सेनाद्वारा व्यवस्थापन
लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ २२
सर्लाहीमा थप एकजना पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न- ३ सुन्दरपुर निवासी संतोष साहको कोरोनाको मृत्युु भएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।सर्लाहीमा कोरोना संक्रमित शवको प्रथम पटक नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
सुन्दरपुरदेखि पश्चिम लखन्देही खोला किनारमा नेपाल सरकारले तोकेको प्रोटोकल अनुसार आइतवार साँझ सवा ७ बजे कोरोना संक्रमितको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । शव व्यवस्थापन स्थलमा जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली सेना रणशेर गणका गणपति प्रमुख सेनानी सुरज राउत, नेपाल प्रहरीका उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिप सिंह लगायतको उपस्थिती रहेको थियो । रणशेर गणका सेनानी ऋषिकेश न्यौपानेको कमाण्डमा रणशेर गणको सुरक्षा टोली र डेडबडी म्यानेजमेण्ट टोलीको उपस्थितीमा कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।
शल्यक्रियाबाट मृत्यु भएकी सुत्केरीका परिवारलाई सहयोग गर्ने बढे
सर्लाही ,भदौ २३
सर्लाही सदरमुकाम मलंगवा वडा न-९ स्थित अमर्त्य पोलिक्लिनिकमा शल्यक्रिया मार्फत सुत्केरी गराउने क्रममा मृत्यु भएकी मलंगवा -१० की २४ वर्षिया सविता भन्ने सहती कुमारी साहको परिवारलाई विभिन्न संस्था तथा ब्यक्तिहरुले आर्थिक र खाद्यान्न सहयोग गरेका छन् । आईतबार राहत सहयोग गरिएको छ ।
यसै क्रममा आइतवार जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चौधरी तथा भोर नामक गैर सरकारी संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले मृतका पति प्रमोदलाई राहत सामग्री प्रदान गरेका छन् । समन्वय समितिका प्रमुख चौधरीले नगद रु १५ हजार सहित तीन बोरा चामल, एक बोरा आलु, बीस किलो प्याज, तेल लगायत सहयोग गरेका हुन । त्यस्तै, चन्द्रनगर गाउँपालिका निवासी भोर नामक गैर सरकारी संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले परिवारलाई कम्तिमा एकमहिना सम्म खान पुग्ने गरी दुई बोरा चामल, दाल लगायत खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
यसअघि मलंगवा नगरपालिकाका मेयर निरसल साहले पनि नगद रु ११ हजार रुपैया सहयोग गरेका थिए भने मलंगवा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष मुकेश झाले दुई बोरा चामल, एक बोरा आलु र नगद ११ हजार दश रुपैया सहयोग गरेका थिए ।


