Tuesday, September 8, 2020

शल्यक्रियाबाट मृत्यु भएकी सुत्केरीका परिवारलाई सहयोग गर्ने बढे

 


सर्लाही ,भदौ २३
      सर्लाही सदरमुकाम मलंगवा वडा न-९ स्थित अमर्त्य पोलिक्लिनिकमा शल्यक्रिया मार्फत सुत्केरी गराउने क्रममा  मृत्यु भएकी मलंगवा -१० की २४ वर्षिया सविता भन्ने सहती कुमारी साहको  परिवारलाई विभिन्न संस्था तथा ब्यक्तिहरुले आर्थिक र खाद्यान्न सहयोग गरेका छन् । आईतबार राहत सहयोग गरिएको छ ।
    यसै क्रममा आइतवार  जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चौधरी तथा भोर नामक गैर सरकारी संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले मृतका पति प्रमोदलाई राहत सामग्री प्रदान गरेका छन्  । समन्वय समितिका प्रमुख चौधरीले नगद रु १५ हजार सहित तीन बोरा चामल, एक बोरा आलु, बीस किलो प्याज, तेल लगायत सहयोग गरेका हुन । त्यस्तै, चन्द्रनगर गाउँपालिका निवासी भोर नामक गैर सरकारी संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले परिवारलाई  कम्तिमा एकमहिना सम्म खान पुग्ने गरी दुई बोरा चामल, दाल लगायत खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
     यसअघि मलंगवा नगरपालिकाका मेयर निरसल साहले पनि नगद रु ११ हजार रुपैया सहयोग गरेका थिए भने मलंगवा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष मुकेश झाले दुई बोरा चामल, एक बोरा आलु र नगद ११ हजार दश रुपैया सहयोग गरेका थिए ।

No comments:

Post a Comment